सूर्य बाट फुत्किए पनि पृथ्वीले आफ्नो इतिहास बिर्सेको छैन।आफ्नै जननीलाई वरिपरि घुमिरहेछ। पृथ्वीले आफ्नो इतिहास नभुलेकोले आज कहिले रात र कहिले दिनमा हामीले हाम्रो जीवन बिताइरहेका छौ। पृथ्वी बाट चोइटिएको चन्द्रमा पनि, आफ्नै जननी वरिपरि घुमेर आफ्नो अस्तित्व खोजिरहेको छ। जननि भनेको इतिहास हो। यहाँ बाट पनि प्रस्ट हुन्छ कि इतिहास हरेक चिजको अस्तित्वको लागि कति महत्त्वपूर्ण छ भनेर। अब नेपालको कुरा गरौँ। अहिले म जुन माटोमा जन्मिएर, उभिएर आफलाइ, म नेपाली हुँ भनिरहेको छु, के यो म जन्मिएर मात्रै भन्न पाएको हो त? आफुलाइ नेपाली भन्दा मलाई गर्व किन लागेको होला। किन हो त? अनि के यो धर्तीमा, यो भूमिमा, हाम्रा पुर्खा/ अग्रज नजन्मेको भए के हुन्थ्यो? पृथ्वीनारायण, बहादुर सहा, भक्ति थापाहरु , सहिदहरू नजन्मेको भए, अनि उनीहरूले वीरतापूर्वक आफ्नो भूमि नसम्हालेको भए के हुन्थ्यो? खै के हुन्थ्यो, सायद हाम्रो इतिहास हुँदैनथ्यो। हामी इतिहास विहीन हुन्थेम। नेपालको जन्मनै हान्दैनथ्यो सायद। अनि नेपाल नभए पछि हामी नेपाली पनि हुँदैनथ्यौँ। एउटा नेपाली भएर इतिहासलाई सम्मान गर्दै गर्दा म कसरी भुल्न सक्छु। नेपाल...
I am waiting for you....you are welcome to my blog.