Skip to main content

Posts

Showing posts from March 10, 2024

क्रान्तिको लागि भुमिगतहुँदै नदिहरु

एउटा यस्तो कल्पना। अजब को कुरा अब साकार हुँदै छ। हिमाल देखि पहाड , पहाड देखि तराइ सम्म। मेची देखि महाकाली एकनासले फैलिरहेको छ। मान्छेहरू चकित हुँदै छन्। नेपालमा फेरि क्रान्ति हुँदै छ। हो! अब ठुलै क्रान्ति होला जस्तो छ। बर्सौँ देखि चुपचाप हिउँदको खडेरी र बर्खाको बाढी सहेर बसेका कैयन नदिहरु अब जुरमुराउनु लागेका छन्। पानीको सालिन्ता र गडगडाहटमा लुकेको शक्ति निस्किँदै छ। हो! अब ठुलै क्रान्ति होला जस्तो छ। क्रान्ति गर्न नदि हरु लागि रहेका छन्। विश्वास गर्नुस्! गाउँ गाउँमा, पूर्व मेची देखि महाकाली, हिमाल देखि तराइ सम्म नदिहरु एका एक भूमिगत हुँदै छ। अब ठुलै कुरा हुन्छ जस्तो छ। नदी नभएको जिल्ला छैन कतै। कति नदिहरु क्रान्तिको लागि भूमिगत हुँदैछन भने धेरै भूमिगतको तयारीमा छन्। पहाडका गर्भ अब पुरै नदिहरुले सिञ्चित हुँदै छन्। हो! अब धेरै कुरा पो हुन्छ जस्तो छ त। साँच्चै नै नदिहरुले नेपालमा कोही राजनीतिकले पार्टी गर्न नसकेको ठुलै क्रान्ति गर्लान् जस्तो पो छ त। अहिले पहाडहरू नदी क्रान्तिको लागि आफ्नो पुरै ज्यान सुरुङ खान्न दिइरहेका छन्। जब यो क्रान्ति सफल हुन्छ नि ठुलै शक्ति देशल