Skip to main content

Posts

Showing posts from June 13, 2021

जुरेको प्राकृतिक प्रकोप एउटा उदाहरण मात्र हो ।

  जुरेको प्राकृतिक प्रकोप एउटा उदाहरण मात्र हो । हालै सिन्धुपाल्चोकको जुरेमा गएको भीमकाय पहिरोले भएको क्षतिको सायदै आकलन गर्न सकिएला । यस्ता ठुला प्राकृतिक प्रकोपले समाज र देशमा वहुआयामीक असरहरू परेको हुन्छ । जुरेको पहिरो त एउटा उदाहरण मात्र हो । नेपालमा बर्सिनै विभिन्न प्राकृतिक प्रकोपहरू जस्तै – बाढी, पहिरो, भूकम्प भूक्षय आदिको कारणले ठुलो धन जनको साथै सयौँ हेक्टर खेतीयोग्य जमिनको क्षति भइरहेको छ । आखिर किन हाम्रो देशले यस्ता प्राकृतिक प्रकोपहरू बाट हुने क्षतिको नियति भोगिरहनु परेको छ त? सरसरती हेर्दा यसका मुख्य दुई कारणहरू हुन सक्छन् । एउटा  नेपाल अत्यन्त क्रियाशील र कमजोर भौगर्भिक अवस्थामा रहेको छ । अर्को कारण भनेको सरकारी नीतिगत तथा व्यवहारिक अन्योल पूर्ण अवस्था देखिन्छ । भौगर्भिक अवस्थाको कुरा गर्दा नेपाल दुई ठुला टेक्टोनिकस् पेल्टहरुको कोलाइजन जोनमा पर्छ । यी नै दुई पेल्टहरुको टकराब को कारण नेपालमा बेलाबेलामा भुईँचालो गई ठुलो धन जनको क्षति हुने गरेको छ । अर्को कुरा नेपाल सानो भइकन पनि यहाँ भौगोलिक विविधता धेरै पाइन्छ । जहाँ संसारको अग्लो चुचुरो सगरमाथा देखि सम्म तराईको फाँट अटेक