Skip to main content

Posts

Showing posts from July 25, 2021

यो लडाइ शब्दको हो।

यो लडाइ शब्दको आवाज मेरो हतियार स्वतन्त्रताको पुजारी हौ भने  तिमी बन मेरो मतियार ! म बोल्छु तिमी नि आफ्नो आवाज उठाऊ परिधि भन्दा बाहिर निस्कन सिक आँट र साहस जुटाउ ! शब्द शब्द गोली गोली किन कुर्ने भोलि भोलि। आज-आज!  सुन आज  बोल आज। मनको कुरा खोल आज। नकुर भोलि ! जिन्दगी आज माटो माथी  भोलि हुनेछ माटो मुनि। केहि कुरा छैन टाढा जिन्दगीमा फुल टिप्दा किन भुल्छौ काडा। १ २ ३...अब धेरै दिन। माया भए भन। मायाले हेर सबै मायानै त छ रनबन। शब्द शब्द जोड तिमी। मनलाई मायाले गोड तिमी। सुनाइदेउ तिमी मन मुटु खोली। आज आज!  नकुर भोलि। गोलि गोलि। शब्द शव्द ..... बोल बोल.. नकुर भोलि।