Skip to main content

Posts

Showing posts from July 21, 2024

कोही कोही त्यसै राम्रा लाग्छन्।

कोही कोही त्यसै राम्रा लाग्छन्। मीठो बोली। रसिलो लबज। सम्मान पूर्ण आवाज। अरू केही भन्नै पर्दैन... कोही कोही त्यसै राम्रा लाग्छन्। सुरिलो स्वर। मृगृणी चाल। हँसिलो अनुहार। रमाइला रहर। अरू केही भन्नै पर्दैन... कोही कोही त्यसै राम्रा लाग्छन्। गतिशील बिचार। साधारण जीवन शैली। मायालु व्यवहार। फुर्तिलो स्वभाव। केही भन्नै पर्दैन... कोही कोही त्यसै राम्रा लाग्छन्। सफा मन। कोमल ह्र्दय। आध्यात्मिक चेत। स्वच्छ आचरण। केही भन्नै पर्दैन.... कोही कोही त्यसै राम्रा लाग्छन्। नरम बोली। मिजासिलो स्वभाव  लोभ्याउने  व्यक्तित्व  गर्बिला कामहरू। केही भन्नै पर्दैन... कोही कोही त्यसै राम्रा लाग्छन्। देश भक्तिपूर्ण भावना। सुरवीर  सम्मान पुर्न व्यवहार फत्तिलो काम। अरू केही भन्नै पर्दैन  कोही कोही त्यसै राम्रा लाग्छन्। - सुदर्शन सापकोटा  २०७७-०५-२४