Skip to main content

Posts

Showing posts from November 13, 2016

के अब एकै छिन तिम्रो लालित्यमा लिन हुन सक्छु?

धोम्स र लाचारीका समाचार सुन्दा सुन्दै, बन्दमा हिन्दा हिन्दै, भिड बाट निक्लिदा निक्लिँदै, काठमन्डौको धुलो नाकले छान्दा छान्दै,म थाकिसके । के अब एकै छिन तिम्रो काखमा सुस्ताउन सक्छु? आँखालाई छक्क पार्ने, कस्मेटिक रूपहरू देख्दा देख्दै, देवकोटाका कविताहरू, शेक्स्पियरका नाटकहरू, बुद्धि सागरहरूका उपन्यास, नियाल्दा नियाल्दै, म थाकिसके । के अब तिम्रो सामीप्यमा हराउन सक्छु? मानव जीवन बुझाइएका…. नेल्सन मन्डेला र गान्धीहरूका जीवनी, ली क्यान यु र अब्रामलिङकनका सोचहरू, पुष्कर साह र हरिवंशका अनुभवहरू, पढ्दा पढ्दै, म थाकिसके । के अब एकै छिन यी आँखालाई तिमिमा भुलाउन सक्छु? यी स्केल बिनाका पैतालाले धर्तीलाई नाप्दा नाप्दै, चिसो बतास चल्ने ती डांंडाहरु उक्लँदा उक्लँदै, अविरल बगिरहने कैयन नदी हरू तर्दा तर्दै, म थाकिसके । के अब एकै छिन तिम्रो छातीमा निदाउन सक्छु? उत्प्रेरणाका जिगाँसु धागाले सुन्दर सपनाहरू बुन्दाबुन्दै साथीभाइका रमाइला गफ सुन्दा सुन्दै, कामै कामको चाग्ङ मेट्दा मेट्दै, म थाकिसके। के अब एकै छिन तिम्रो लालित्यमा लिन हुन सक्छु? -सुदर्शन सापकोटा