Skip to main content

Posts

Showing posts from January 29, 2023

हाम्रो धन हाम्रो संस्कार !

हाम्रो धन हाम्रो संस्कार ! पुजा गर्नु वर पिपल पारी सनिवारको दिन। चौतारिमा आराम गरौ मिलाएर एक छिन। तुलसीको पानी खानु राम्रो, धरमै राखौ मोठमा। गौमाताको पनि सेवा गरौ गएर कतै गाईगोठमा। शुद्ध हुन्छ शरिर लिने गरे गोरस हाम्रो खानामा। सकिदैन यसको फाइदा लेखेर यो सेतो पानामा। कुस पनि चाहिन्छ,लगाउनु पर्छ गरा कान्लामा। कर्म गर्दा समाउ पर्छ कुसपनि सबैको सल्लामा। शिवजिलाइ मन पर्छ चडाउँदा तीन पाते बेलपत्र।   पुजा गरौ सिवजिको सके बस्ने गरौ उनकै व्रत। पारिजात फुले पछि आयो झै लाग्ने दशौँ ठूलो चाड। मखमली फुल फुल्दा लाग्छ, आयो झै तिहार चाड। कति राम्रो देख्छ, हेरै! हरियाली खेतीपाती बारिमा। जस्ले जे भने पनि नरिहरुलाइ राम्रो देख्छ सारिमा। गंगा को सिर हिमाल हो, छ्न धेरै हाम्रो देशमा पनि। गंगालाइ नै देख्छु म शिव भगवानको केशमा पनि। बसेका छ्न भोले बाबा बगमती किनारमा रमाइ। मुक्तिनाथको बास छ हाम्रो देशको सिरानमा थमाइ। यहि धर्तिमा जन्मेका छ्न माता जानकी र बुद्ध। ध्यान, धर्म, र कर्मले मात्र हुन्छ हाम्रो जीवन शुद्ध।