Skip to main content

Posts

Showing posts from November 10, 2024

बुवाको सम्झना

बुवाको सम्झना  सबैका बा हुन्छन्, बा का पनि बा, हजुरबा, हजुरबा का बा, जिजुबा। जिजुबा, एक इतिहास वर्तमानको, जिजुबा जिउँदै देख्नु पनि, सौभाग्य हो। एक जुनीको चोला हो मान्छे, एक छोरा, बुवा, हजुरबुवा, अनि जिजुबा हुँदै, इतिहास बन्छ। जिजुबाको इतिहास हजुरबुवाले बोक्नुहुन्छ, हजुरबुवाको इतिहास बा सँग हुन्छ। बुवाको इतिहास छोरा सँग रहन्छ, सबै एक, तर अर्को इतिहास बन्ने निरन्तरता जस्तो। बिरुवा ठूलो हुँदै फैलिंदै जाँदा फैलिएको हाँगा जस्तै एउटा छहारी बन्छ बा हरूको इतिहास। साँचै, बा हरू छहारी जस्तै हुनुहुन्छ, जिन्दगीका घाम-पानीसँग जुधेर परिवारलाई छहारी दिनुहुन्छ। बुवाको छाया हुँदा नै जीवनमा सुरक्षा र शान्तिको अनुभूति हुन्छ। तपाईंको बलिदानले बनेको हो हाम्रो बाटो, तपाईंको पसिनाले बनेको हो हाम्रो माटो। दुख सहेर पनि हाँस्न सिकाउनु भयो, तपाईंको मुस्कानमै लुकेको थियो हामीलाई हौसला दिने बल। तपाईं हरेक खण्डमा खम्बा झैं अडिग हुनुहुन्थ्यो, तपाईंको आशीर्वादले नै खडा भएको हो यो जीवन। तपाईंको काँधमा बसेर देखेका थियौं संसार, तपाईंको शब्दमा भेटेका हो संस्कार। तपाईंको प्रत्येक पाइला हाम्रो मार्गदर्शन बन...