Skip to main content

Posts

Showing posts from May 9, 2021

परे पानी खेत पनि रोपौला, उड्ने चरिलाई डोकाले छोपौला।

  असारको  मास छ। गरा काल्ला अनि अलिमा घाँस छ। रोपाई छ भोलि पन्छाउनै पर्ने, काम गारो भए पनि मनमा धेरै आस छ। भोलिको रोपो पछि धान फल्नेछ। बारी साफा भयो भने मेलो राम्रो चल्नेछ। पानी पनि पुग्ला कि नपुग्ला जम्मा एउटा मूल छ। रोपाइ को सबैलाई चटारो हली-गोरु पानी अन्योल छ। घाम पनि कस्ता चर्का । भोलि पार्छ कि के हो मर्का! गरै भरी भूवानै भुवान ......। कसरी पो पुग्ला पानी छैन ठुलो मुहान। असारको  मास छ। गरा काल्ला अनि अलिमा घाँस छ। कोदालो पनि कस्तो छ भुत्तो.......। पानी पनि उस्तै फोहोर डर, लागला भनी लत्तो। माटो मोलिलो बनाउन न त छ मल न त छनै जुत्तो। कसरी पो रोप्ने हो धन!? अन्धालाई  हात्ती भयो भित्तो। असारको  मास छ। अलिकति आस छ। घरको छानो भरि पनिकै राज छ। त्यै छानो मुनि आफ्नो एउटा बास छ। कुराकानी खास छ। असार को मास छ।  परे पानी खेत पनि रोपौला। उड्ने चरिलाई डोकाले छोपौला।  - सुदर्शन सापकोटा (२०६९-०३-२७)

I love you!

 I love you!  The sound was coming from near somewhere, I was just able to listen a little bit, It was Wednesday evening at 5:30pm. Dim light of the sun, Dark night was ready to welcome all us. Foot-trial being hidden within such darkness, Everyone was rushing to get to their salter. The sound was still coming. 'I love you!' I was alone on the way home. I stopped! I'm curious as to why such a lovely sound kept hitting my ear! In the meantime, a young girl appeared, I was surprised! Because this girl had a dream while she was walking. When I clapped, she saw me and she was also really surprised!

पुर्खा हुनेछौ एक दिन

सम्झना नै हो जीवन, समयले कसैलाई पर्खन। मानवको मनमा कति धेरै आइरहन्छ तर्कना। आमा सम्झेर आउँछ कति धेरै याद सास छाइन्जेल। छोराछोरीहरू नै हुन आमाका पियारा बाचुन्जेल। कता बाट हेरिरहनु भएको छ हामीलाई लुकेर। याद आउँछ सम्झनामा यी आँखा मेरा सुकेर। काल पनि कालो हुन्छ कि के हो देखिन आँखाले। थाहा हुन्न टपक्क टिपी लान्छ कति खेर सासले। रिस रागमा डुब्न खोज्छ मन्छेको मन, बुझ्दैन केही। पू्र्खाहरु हाम्रा सम्झना हुन, हामी पनि त्यही त हो हुनी। हामी हौँ सन्तति हाम्रै पुर्खाको, पुर्खा हुनेछौ एक दिन। राम्रो काम गरे भावी सन्ततिले सम्झन्न छन् एक छन्