नयाँ पुरानो। कति अगिलाई पुरानो भन्ने, आफ्नै उमेर कति गन्ने? आज आज भोलि भो, हिजोलाइ आज पुरानो भन्ने? नयाँ दिन आज भोलि पुरानो हुँदै गैरहेछ - उमेर बढेछ। एक एक दिन गरि महिना, महिना थपिदै बर्ष बितेछ। एक बर्ष दुई बर्ष भन्दै जिन्दगी यहाँ बितिरहेछ हेर। समयले नबोली नबोली हामिलाइ धकेली रहेछ पर। म उस्तै छैन, तिमी पनि उस्तै छैनौ,कोहि छैन उस्तै। समयलाइ नचिन्दा नै हुन्छौ हामी कतै हराए जस्तै। पुरानो पनि कुनै समय नयाँ थियो, नयाँ पुरानो हुनेछ। समयको नियम सिधा छ, नबुझेरै अलमल्ल भएछ। एकै र उस्तै त समयले मान्दैन,उस्तै भैइराख पनि भन्दैन। नयाँ समयको गर्भमा छ,आजले हिजोलाई नयाँ मान्दैन। - सुदर्शन
I am waiting for you....you are welcome to my blog.