Skip to main content

Posts

Showing posts with the label poem by Zircon

हाम्रो देश नेपाल हामी नेपाली पहिला

आऊ साथी अव केही गर्नु पर्छ। विश्वासका साथ अघि बढ्नु पर्छ। कति बस्ने अरूको मुख मात्र ताकेर सगरमाथा हाम्रै हो हामी आफै चढ्नु पर्छ। पछि पर्‍यौ हामी यस्तै कुरै नबुझी सागुरीन हुन्न अव विश्वलाई पड्नु पर्छ! देशको तस्बिर बुझी देशलाई लिड गरौँ उमार्न केही यहाँ बाझो खेत खन्नु पर्छ। हाम्रो देश नेपाल हामी नेपाली पहिला भई एक यसरी समस्या संग लड्नु पर्छ।

कालो माथि प्रश्नै प्रश्न।

कालो माथि प्रश्नै प्रश्न। यो रात कालो हो कि आकाश? यी सोच हरू काला हुन कि मान्छे? आखिर कालो के हो? कालो रङ्ग हो कि जिन्दगी? कालो भविष्य हो कि वर्तमान? कि भूत हो कालो? डरलाग्दो केही पो हो कि कालो? कालो मानक हो कि मापन? कि मजाक हो कालो? कालो मन हो कि मोबिल? कालो धन हो कि धन्दा कालो हो? कालो केटा हो कि केटी? कि कालो रङ्ग मात्र हो? रङ्गहरू बिचको मिश्रण हो त कालो? रातो निलो र पहेँलो रङ्ग भेटिन्छ त कालोमा ? कालो के हो त? आँखा चिम्म गर्दा  देखिने कालो चाहिँ के हो? बिचार पनि कालो हुन्छ? प्रकाश र अन्धकार दुबैमा कालो किन लुक्दैन? कालो के हो यस्तो जो लुकाउन गार्‍हो छ? कालो कर्म कालो धर्म कालो सर्म ............ कालो बुज्न गार्हो छ। त्यसैले, कालो तिर भन्दा सफा तिर लागौँ। सफा मन। सफा तन। सफा धन। बनाऊ सबैले। कालो के हो गोरो के हो भन्दै किन गर्नु पर्‍यो भना भन। - सुदर्शन सापकोटा 

आडम्बरी दृष्टि

एकोहोरो एकनास उ एक चित्र बनाइरहेको छ दिमागमा! उ भनिरहेछ एकोहोरो उ देखिरहेको छ एकोहोरो त्यहि दिमागले आफुले आफैलाइ, म त सहि छु। उ गलत छ। अरु गलत छ्न।   आफ्नो कमजोरी थाहा पाउन उस्को दिमाग्ले छोडिसक्यो। मन त! उस्को आफ्नै एकोहोरो दिमाग्ले मोडिसक्यो। कतै आफ्ना कमजोरी देखिए, त्येही दिमागले रटेका खेस्रा आदर्शले – खुरिखन्ड डाँडाँहरुलाइ हिउँले ढाकेझै ढाकिहाल्छ। उ आफै दङ हुन्छ। उ सधै सोचमा हुन्छ। भनौं उ सधै अप्सोचमा हुन्छ। उज्यालोसँग डराएर आडम्बरको अन्धकारमा रमाएर घामको ताप सग थरथराहट हुँदै चिसा कुन्ठा पग्लने डरले सत्य सग जुद्न पर्दा कामिरहेको हुन्छ। उस्का सोचहरु नदिले बनाएका गहिरा खोच जस्ता छ्न कहिले। त्येहि खोच दायाँ बायाँ ठडियका अग्ला पहाड जस्ता छ्न कहिले। उस्का कमजोर सोचहरु उचो ठाउँ अडिन नसकेर बेला बखत पैरो झै नदिमा पैरिरहन्छ्न। उ आफ्नै गलत सोचले गतल देखिरहेको छ। एकोहोरो झरिरहेको छ पैरो झै, कैले खोलामा कैले बाटोमा। तै पनी रोक्ने प्रयास गरिरहन्छ खोलालाइ माटोले। यति पनि बुझ्दैन खोलाले कहिलै भन्दैन, बाटोले? उ आफुले आफैलाई त भेट्टाउन सकेको छैन। अनि अरुले उछिनेको एकोहोर...