यदि यो मन ढुङ्गा भइदिए....! तपाइको मन कस्तो छ? कस्तो गजबको प्रश्न। कसैले भन्यो आज, "कस्तो ढुङ्गा जस्तो मन"! कस्तो ढुङ्गा जस्तो मन?! मलाई त अचम्म लाग्यो। यदि यो मन ढुङ्गा भइदिए....! सायद, मनै-मनको घर हुन्थ्यो। बाटाहरू मनै मनले बिच्छाईएका हुन्थे। एउटा राम्रो मन खोज्न मन्छेको भिड खोज्नु पर्दैनथ्यो। मन खोज्नलाई त्यति गार्हो नि हुन्थ्यो। तपाईँका आँखा मनमै ठोक्किरह्न्थे दिन-दिन। मन पढ्नलाई कुनै मनोवैज्ञानिककोमा जानुपर्दैनथ्यो। अब यो जियोलजिस्टको पो काम हुन्थ्यो। यदि यो मन ढुङ्गा भइदिए ! सबै भन्दा आग्लो मन हाम्रै देशमा हुन्थ्यो। मन कति धेरै उँचो हुन्थ्यो। नेपालको परिचय फेरिन्थ्यो। हाम्रो देश मनै मनले भरिएको हुन्थ्यो। राम्रा मनको कुनै कमी हुने थिएन। यदि यो मन ढुङ्गा भइदिए....! घर, स्कुल र हस्पिटल र कार्यालयहरू सबै बलिया अनि राम्रा मनमै अडिएका हुन्थे। धनीहरू सँग पनि मनको कमी हुने थिएन। मन देशव्यापी हुने थियो। नदी पनि मनै मन सँग मन माथि बगिरहेको हुन्थ्यो। नदिकै साहायताले हिमाली, पहाडी मन मिलेर तराईमा फैलिएको हुन्थ्यो। अनि य...
I am waiting for you....you are welcome to my blog.