Skip to main content

Posts

Showing posts with the label by sapkota

सकरात्मक सोच ।

हामी आफ्नो जीवनकालमा धेरै पटक भन्ने गर्छौ, सुन्ने गर्छौ जीवनमा सफलता प्राप्त गर्नको निम्ती सपना देख्नु जरुरी हुन्छ!"उदेश्य के लिनु उडी छुनु चन्द्र एक" भनेर कवि लक्ष्मी प्रसाद देवकोटाले यही कुरा इङीत गर्न खोजेका हुन! चन्द्रमा छुने चाहना गर्नेले कमसेकम समयको एउटा बिन्दुमा सपना देख्नु जरुरी हुन्छ! यहाँ निन्द्रामा देखिने सपनाको कुरा गरिरहेको छैन मैले! उसो भए यो सपना के हो त?? प्रख्यात अणु बैज्ञानीक अब्दुल कलाम भन्छन " सपना त्यो होइन जो निन्द्रामा देखिन्छ, सपना त त्यो हो जसले सपना देख्नेको निन्द्रा खोस्छ"! सपना त्यो हो जुन वर्तमानमा घटिरहेको हुँदैन, तर पनि घटिरहेको महशुस गराउछ! अनी त्यो प्राप्तिको सम्भावनाको सन्केत गराउछ र त्यस निम्ती उक्साउछ! यहाँ प्रश्न उठ्न सक्छ जीवनमा सफल हुने सपना त सबैले देख्छन तर किन सबै सफल हुँदैनन? तर वास्तविकता त्यस्तो हुँदै होइन! जोसँग सकारात्मक सोच हुँदैन उसले त सपना देखेकै हुँदैन!उसले केवल अरुको सफलता देखेर सो प्राप्तिको कल्पना मात्र गरिरहेको हुन्छ! मतलव उ अरु कसैको साकार भएको सपनाको चाहना मात्र गरिरहेको ह...