Skip to main content

Posts

Showing posts from August 23, 2020

आफ्नै आमा माथी प्रश्न नगरौं।

विचारहरू धेरै छन्।  हुन पनि सक्छन्। कहानी जे पनि बनाउन सकिन्छ। तर जे पनि मान्न सकिँदैन। तपाईँको इतिहास सुरुमा आमा सँग जोडिएको छ। बा पनि तपाईँ इतिहास सँग हुनुहुन्छ। बा आमाको इतिहास हजुरबा आमा सँग जोडिएको छ। हाम्रा पुर्खाहरू नै हाम्रा इतिहास हुन।  हाम्रा पुर्खाहरू जोडिएको भूगोल हो यो। हाम्रा पुर्खाहरूले जोडेको भूगोल हो यो। अझ भनौँ, तपाईँ यो भूगोल सँग जोडिनु भएको छ। तपाईँको समाज,  संस्कृति सँग जोडिएको छ। संस्कृति तपाईँको जीवन सँग जोडिएको छ। तपाईँ जस्तै म पनि भूगोल- संस्कृति सँग जोडिएको छु। जीवन हाम्रो सरल नै छ। अनि इतिहास पनि। हामीहरू शाखा नदि जस्तै हौ।  हामी जोडिने मूल नदिमा नै हो। मूल नदी भनेको देश हो। इतिहास नदि को हुन्छ। जसरी मूल नदिको पानी कुन शाखाको हो भन्न सकिँदैन । यसको छुट्टै अस्तित्व हुन्छ। जस्तो विभिन्न भाषा संस्कृति र जातहरू मिलेर छुट्टै देश बनेको हुन्छ।  हाम्रो देश नेपाल जस्तै। त्यसैले हाम्रो इतिहास बुझौँ। बुझाऔँ। हाम्रो इतिहास अरूले भनेको जस्तो होइन।  म कसको छोरा- छोरी हुँ भनेर अरूलाई सोध्ने होइन। आफ्नै बा आमालाई सोधौँ। कसैले लेखिदिएको कहानी