Skip to main content

Posts

Showing posts from July 24, 2022

बाल गीत

बाल गीत  माथि हेर्दा हिमाल देख्छु बेसी फाँट तल। कति राम्रो हाम्रो देश हुन्छ सधैँ झलमल।  चुरे भन्दा पहाड उँचो, सबै भन्दा हिमाल। हिमाल हाम्रो सान, मन हाम्रो छ विशाल।  धाराको सफा पानी, नदीमा बग्छ सधैँ जल। घिउ बन्छ मोथी दही, तोरी पेल्नलाई  कल।  मकैको हुन्छ ढोड, कोदो टिप्दा बाँकी नल। धान कुट्ने ढिकी, मसलालाई पिस्ने खल।  दाजुलाई दिने मफलर, दिदीलाई  दिने सल। दुख सुख साटौँ मिलेर, बिरुवालाई दिने मल।  ढुङ्गा फोर्ने घन चाहियो हजुर अप्ठ्यारोमा गल। सबै मिली काम गरौँ एकतामा नै छ हाम्रो बल।