कसले बनाउँछ देश? न जवानीलाई भाग गरेर बुढेसकाल शेष रहेकाले बनाऊ छ देश। न त झिसमिसे साँझलाई बिहानीको संन्ग्याँ दिनेले बनाउँछ देश। शव्दजालमा जनतालाई फाल हाल्न लगाउनेले त के बनाउला खै?! सेतो कपालको छुट्टैछनी महत्त्व, किन उ गधालाई नुहाए जस्तो कालो बनाउँछ केश। दुई खुट्टीकला उक्लन धपेडी हुन्छ, फेरि पनि उही मानिस तय गर्छ देश बनाऊने रेस। कामभन्दा कुरै बडी, धरहरामा पनि िलप्ट खोज्छ,चढ्न छोडी सिडी, अनि कसरी बन्छ देश? अधिकारको मात्र कुरा गरेर कर्तव्य भुलेकाले, पटक पटक प्रधानमन्त्री हुँदा, सम्झन लायक केही नगर्नेले के बनाउला। भइरहेको देशको सिस्टम मात्र बिगार्नेले अब कसरी देसलाई विकासले सिँगार्ला? आन्दोलन भयो। आन्दोलनले नेता बनायो। पाटी बनायो पाटिले सरकार बनाए मन्त्रीहरू बनाए। मन्त्रीहरूले आफ्नो घर गाडी ठडाए। तर देश बनेन। अब देश कसले बनाउँछ? नागरिकता र नदिमा राजनीति गर्नेले कसरी बनाउला! राजनीतिक धर्म छोडेर धर्ममा राजनीति गर्ने ले त के बनाउला? जातलाई उचाली मतमा खेल्नेले कसरी के बनाउला? साना साना कुरामा विदेश मुख ताक्नेले देशमा उत्पादन ...
I am waiting for you....you are welcome to my blog.