सेती नदिएको दाइने किनारामा रहेको बझाङ जिल्लाको झोता बजार बाट लगभग दुई किलोमिटर कालोपत्रे हुँदै सडक माथिल्लो तटमा आइपुग्दा आकासिएका पहाडहरू देखिन्छ। नदिएको दाइने किनारा बाट एउटा गोरेटो बाटो नागबेली चालमा पहाड चढ्छ। अनि हामी त्यो नागबेली गोरेटो उकालो बाटो नछुटाई जाने हो भने लगभग १.५ घण्टाको मध्यम हिँडाइमा पहाडको मध्य भागमा रहेको एउटा निकै पिछडिएको गाउँ पुगिन्छ। विकास र सुविधाको हिसाबले हेर्ने हो भने वरिपरि बस्तीको दाँजोमा झोता बजार निकै राम्रो छ। बिजुली, पानी, सड्क, स्कुल, खेतीयोग्य जमिन, घरायसी किनमेल गर्न पसलहरू आदि राम्रो छन्। तेहि झोता बजार नजिक रहेको त्यो गाउँमा कुनै विकासका आयोजनाको आँखा अहिले सम्म पुगेको छैन। न खाने पानी राम्रो छ, न बिजुली छ , न सड्क छ, शिक्षाको अवस्था नाजुक देखिन्छ। सरसफाइको चेत अझै निम्न छ। गाउँ सम्म जाने गोरेटो बाटो पनि धरापपूर्ण छ। मानिसहरू एक्ला हुँदै छन्, घरहरू रित्तिँदै छन्। तन्नेरीहरू धेरै सहर पसेकाछ्न्न , कोही भारत/खाडि मुलुक पसेकाछ्न। बुढा बा आमा र साना बच्चाहरू मात्र देखिन्थे। गरिब झन् गरिब हुँदै छन्। त्यही गरिबी देखाएर केही सीमित मानिसहर
I am waiting for you....you are welcome to my blog.