Skip to main content

Posts

Showing posts from July 2, 2023

एक दिन उड्छ सास, हुन्न केही खास।

एक दिन उड्छ सास, हुन्न केही खास। एक दिन उड्छ सास, बन्छ लाश, हुन्छ सत्यनाश, केही हुन्न खास। के रुन्छस् ? किन हुन्छन् निरास। हाँस् न हाँस् तलाइ छोड्दै यो जिन्दगीले।  खोज्न थाल! गाँस बाँस कपास न उडिन्नजेल सास, उडेपछी त, बन्छ लास। हुन्छ सत्यनाश।  उठ उठ। काममा जुट। कसैलाई छैन छुट। गर सकेको काम। राख आफ्नो नाम। आफ्नो मुटु छाम। हरे राम! जिउँदै छ्स।  फेर लामो सास। नयाँ कुरा गर केही खास। फेरुन्जेल सास। नमर्दै किन बन्ने लास। मरेपछि! गर्दैन कसैले आश। हुन्न केही खास। तातो रगत तेसै सेलाउने छ। हावामा सास बिलाय सरि यो जीवन बिलाउने छ। हेर, छोड्दे लोभ। गर्दे माफ। अधैर्य,असान्त छ्न सब। के को मोज, के को रबाफ? सन्सार  हुन्छ चुपचाप हुँदा तँ सखाफ। भएर दुखी आफै को सग खोज्छ्स के को जवाफ? एक दिन उड्छ सास। हुन्छ लाश। केही छैन खास।  शान्त पार मन। कोमल बन झन। बुझ आफ्नो मन। सफा राख आफ्नो तन। खोज केहि घर्तीको ज्ञान, जान्न। कोसिस गर राम्रो नराम्रो छान्न। समय कति छ र सक्दैन कसैले भन्न। दिनले रात कुरे जस्तो रातले दिन कुरे जस्तो त कसलाइ कुरिरहेको छ्स? तँलाइ कस्ले कुरिरहेको छ? हे राम! बुझ न बुझ, यो सत्य हो। उ