Skip to main content

Posts

Showing posts from August 21, 2022

म मदहोश छु।

 म मदहोश छु। नसालु देखिने यी आँखा छन्। गल्ती सब यी नै आँखाका हुन्, म त निर्दोष छु । छैन मैले छैन सोमरस पिएको, तैपनि म मधहोश छु ।  बारुली कम्मर  टमक्क मिलेको जिउ डाल मिजासिलो बोली। छैन मैले देखेको कतै म त त्यसै कायल छु।  पानीको थोपा जस्तो जोबन, मरभुमी मय छ यो मन। छैन केही दोष मनको फिका फिका लाग्छन् धक मान्छेका धनको बेचैन मेरो मन, मै सँग आज गयल छ।  पहिलो गाँस मै ढुङ्गा किरिक्क टोक्दा दाँत सिरिङ्ग भए झैँ, तिम्रो खोजीमा लागेका यी नयन  अन्धा हुँदा, छुन पुग्छन् कैले चिसा मन अनि आङै झसङ्ग सीरिंग हुन्छ। बचपन यो मन, त्यसै घायल छ।  यो जोबनको त्यो जवानी सागको मनोवाद  यी आखाहरु मात्र छन् संवादमा। म छैन मातमा। म त निर्दोष छु । छैन मैले छैन सोमरस पिएको,  तैपनि म मदहोश छु।