बा! हिजो जस्तो लान्ने सँगै बोलेकै मान्छे टाढा हुन्छ। मन बिछिप्त हुन्छ जब बा को याद गाडा हुन्छ। हुन्थ्यो मन ढुक्क उभिँदा बा छेकिन्थ्यो सबै कष्ट। ऐना हेर्दा आफ्नै आँखामा बालाई नै देख्छु म स्पष्ट। सानो छ्दाँ के-के गरियो बा को पिटाइ खाइयो कति। मान्छेले त्यसै भनेका होइनन् त्यो त हो नि ओखती। आमा भनेको त आमै हो भन्छन् सब बा ले के गरे। बा-आमा जीवनका दुई पाटा कसरी पो छुटाऊँ म हरे? खेतका आलिमा हिँडेको याद आउँछ बा सँगै मैले। सम्झना नै हो जिन्दगी जाने समय फर्किँदैन कैले । गाउँकै आउँछ याद जब बा लाई सम्झन्छु घरी घरी। कसैले कान्छा! भन्दा मनमा बाकै चित्र आउँछ फेरि। बा का दुःख बुज्दैछु म, आमा भन्नू हुन्छ धेरै जसो। दैवको लीला यो राम्रा मान्छे नै हुने उस्कासधैं जसो। समयको खेल भोलि कसले देखेको छ भन्छन् सबै। ऐले सम्मान गरौँ बालाई फुली सक्यो हेर केस सबै। (यो कविता बुवाको सम्झनामा लेखिएको हो।) - सुदर्शन सापकोटा २०७७-०५-०३
I am waiting for you....you are welcome to my blog.