सही मान्छे चुनौँ। हिजो अर्कैलाई चुन्यौ.... । अस्थि अर्कैलाई चुन्यौ ... बर्सौँ देखि एउटै सपनामा भुलेर गाउँ गाउँ टोल टोल डुलेर पनि हामीले अर्कै भनी तिनैलाई चुन्यौ । न हामीले विकास गर्ने लाई चुन्यौ । न हामीले निकास दिने लाई चुन्यौ । त्यही गोल चक्करमा रमाउने अहम् र भ्रष्टाचारमा डुब्नेलाई चुन्यौ । हामी ! धेरै पट्क चुक्यौ अब चुक्न हुन्न! काम नगर्ने जति कसैलाई चुन्न हुन्न। हामीले खाली नेताकै फोस्रा भाषण सुन्यौ। अनि अरूकै लागी नेता चुन्यौ । चुनावको बेला नेता रुने। चुनाव पछि जनता रुवाउने लाई चुन्यौ। हामी चुक्यौ! पटक पटक अब चुक्न हुन्न। हो हामी चुक्यौ धेरै पल्ट त्यही भयो हाम्रो फल्ट। अहिले भोग्दै छौ त्यसको रिजल्ट अति भो! अब राम्रालाई मात्र चुन्न पर्छ यो पल्ट। अब हाम्रो होइन राम्रोलाई, सडेका होइन पढेकालाई, चुन्न पर्छ। देशको माया गर्नेलाई, देशलाई परेको बेला पछि नपर्नेलाई चुन्नु पर्छ। अब काम नगर्नेलाई त चुनै हुन्न। अनि पछि पछुतो हुन्न। अब, अलि बुझेका, जनतामा रुझेका, आफ्नो ठाउँको लागि गर्ने, देशको लागि लागिपर्ने, जनताको सेवा गर्नेलाई चुन्न पर्छ। अब सबैल...
I am waiting for you....you are welcome to my blog.