Skip to main content

Posts

Showing posts from August 8, 2021

निराशावादी किन ?

निराशावादी तिम्रा दृष्टिहरू प्रदूषित भइसके, तिमी देख्दैनौ केही स्वच्छ मन तिम्रा फोहोरी भइसके, तिमी देख्दैनौ केही सुन्दर तिमी कुरूप, तिम्रो मन कालो तिमी देख्छौ केवल चारै तिर स्वार्थको जालो गर्दैनौ तिमी केही आफै खुट्टा तान्छौ अरूको हरपल बिलौना मात्र गल्ती तिमी अरूको देख्छौ। आफू पानीमा बसेर ओभानो  हुन खोज्छौ। तिमी सारै नै छौ। तिमी गाह्रो नै छौ। सजिलो बन्न नसके पनि सरल त बन्न सक्छौ नि?  यो कुण्ठा के का लागि? यो रिस कसका लागि? यो आसाबादी जिविन मा निराशावादी तिमी किन?