Skip to main content

Posts

Showing posts from August 9, 2020

सिन्दुपल्चोकको लिदि गाउँमा पहिरो किन गयो ?

सिन्दुपल्चोकको लिदि गाउँमा पहिरो किन गयो ?  सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदि गाउमा बि.सं. २०७२ को भुकम्प लगतै ५ बर्ष अगाडि साथिहरु सघै म पनि पुगेको थिए। यो गाऊमा शुक्रबार बिहान करिब ६ बजे आएको पहिरोले निकै दुखित तुल्यायो। खास्मा यो ठाउमा पहिरो किन गयो त र यसको समाधान के हुन सक्छ भनेर धोत्लिदा निम्न कुराहरु हुन सक्ने लागेको छ।  फोटोः कान्तिपुर (फोटोः ५ बर्ष अगाडिको ) लिदि गाउँमा पहिरो किन गयो त?  बि.सं. २०७२ को भुकम्प जाँदा यो ठाउँमा ठुला र लामा चिराहरु जमिनमा देखिएका थिय। भिरालो जमिनमा यसरी  चिरा पर्दा बर्खाको पानि सतह बाट नबगी जमिन भित्र पसेर यस ठाउँको माटो झन खुकुलो बानायो र का लान्तरमा पानीको बललाइ थेग्न नसकी जनिम भासिनगहि पहिरोको रुप लियो।  मुख्य कारण त बार्खाको भल पाानिको सहि निकास नपाउदा यो पहिरो गएको हुन पर्छ। यस्तै पहिरो गाउको अर्को ठाउँ बाट पनि जान सक्छ। (चिराहरु, फोटोः ५ बर्ष अगाडिको) समाधान के हुन सक्छ त? पहिलो उपाय त जोखिम युक्त ठाउबाट बस्ति सार्नु नै हो। दोस्रो समाधान भनेको बर्खाको पानिलाई सहि निकास दिनु नै हो। यो कसरि सकिन्छ त? सुरुमा यस ठाउँको जियियोलोजिकल र हाइड्र

म त बूढो भएछु।

म त बूढो भएछु। आँखा मेरा धमिला भए अक्षरहरू हेर्छु भन्दा। म त थाक्छु औँला भाँची आफ्नै उमेर गन्दा। गोरेटोमा हिँडेका यी गोडाहरू लुला भए त्यसै। कति हिँडियो जवान हुँदा सझना आउँछ यसै। बन पाखा खेत वारि उकाली र उराली गर्दै गर्दा। कति जोस थियो ज्यानमा ठुला घाँस भारी सार्दा।  सम्झना नै हुने रहेछ आफ्नै जीवन ज्यान बूढो हुँदा।  कमलो हुने रहिछ मन, सारै दुःख लाग्ने कोही रुँदा। जमाना फेरियो के-के देखियो के-के आफ्नै कालमा। हिँडेरै काठमाडौँ आएको म, उडेर जान्छु विदेशमा। महिनौँ लाग्थ्यो एक चिठ्ठी पनि पाहुँन र पठाँउन कतै। अहिले त हेर्छु फोटो कुरा गर्छु, छ मोबाइल यतै कतै। २०७७-०४-२६ (यो कविता मान्छे बुढो हुँदा मनमा आउने मनोभावलाई अन्दाज गरी लेखिएको हो।)