फरक घाँसको कथा। इस्कूसमा पढ्दा सम्म घाँस काटियो कति भारी बोकियो। कतै बन्सो काटियो होला। कैले डाले घाँस काटियो। किसिम किसिम को हुने गर्थ्यो डाले घाँस। बडहर चाहिँ दुहुनो गाई भैँसिलाइ मानिन्थ्यो खाँस। घाँस कैले बाख्राहरुलाइ काटियो कैले गाई बस्तु लाई काटियो। घाँसका भारी बनाइ नाम्लोले बोकियो। थुङ्से भरियो। हरियो घासले धेरै दुध आउने हुन्थ्यो आस। हरियो घाँसमा डियाँको हुन्थ्यो सधै बाँस। अब कुरा गरौ फरक घाँसको, आजकल देखिएको घाँस या, भनौ "घाँस"हरुको.... घाँस आफैमा नराम्रो हुदैन। तर मान्छे घाँस भयो भने चाँही, अजिब लाग्छ। न आफै खान मिल्ने न गाई बस्तुलाइ खुवाउन मिल्ने। कोहि पनि चाहेर घाँस चाँही हुदैन होला। तर नियती, कोहि केही लाई घाँस हुन- भइरहन मनलाग्छ। आजकल घाँस सहरमा बढि पाहिन्छ। यी घाँसहरुलाइ गोठमा लगिदैन। यी घाँस हरु त आफै जान्छ्न, गधाहरु जुनार गर्छ्न। नेताहरु आहार गर्छ्न। कोहि नेता त आफै घाँस हुन्छ्न। अनि अलिकती गोब्र्याउछ्न। तेहि गोबरमा कयन नयाँ घाँसहरु हुर्किन्छ्न। पहिला जस्तो धेरै किसिम को घाँस हुदैन आजकल। सब एकै किसिमका जस्ता हुन्छ्न । एकै किसिमका बस्तु-गधाले खान्छन। यी गधालाई ...
I am waiting for you....you are welcome to my blog.