Skip to main content

Posts

Showing posts from March 29, 2020

फुल्छ झर्नलाइ एक दिन हुन्न जीवन।

जीवन के हो? जगतको के छ जानकारी? केका लागि तिमी दौडिरहेको छौ ? बुझौँ केही बुझाऊ सही, जन्म-मृत्युको मात्र हिसाब हेर जैले हुन्छ शून्य। मान्छेको जन्म पाएका छौ गरी जाऊ केही पुण्य। व्यर्थ मर्छौ किन आरिसले , छोड्दैन कालले हेर कसै गरी। आयौ हामी विलय हुनु छ यसै गरी। आउँ रिस राग छोडी घमन्डलाई तोडी! बुझौँ यति, लग्छ समयले तिमिलाई नछोडी, त्यसैले, त्यागौँ लोभ भ्रमको, आदर गरौँ श्रमको। सोच राखौँ सही, मानव धर्ममा रही। बरु आउँ प्रण गरौँ! माया र करुणाको, सद्भाव र सहअस्तिथ्योको बुझौँ आफूलाई जसरी अरूलाई, हामी एउटै हौ सोचौँ सबैको भलाइ। हिजो कोही आयो आज कोही गइरहेछ। वृत्त एउटा हो। घुम्नु छ चक्र जीवनको कोही छिटो घुमिरहेछ कोही ढिला। गति तिम्रो समयको छ नगर अबेला। किन गर्छौ जानेर पनि नजाने जस्तो? छैन हेर जीवन त्यती धेरै सस्तो। त्यसैले, बाडौ माया प्रेम, त्यागै रिस राग-कुन्ठा कसै गरी। नगरी ढिला बनाऊ जीवनलाई अमूल्य यसै गरी। जस्तो गर्‍यौ मिल्छ त्यस्तै फल, कसैलाई छुन्न जीवन। यस्तै सुख दुख बिच फुल्छ झर्नलाई एक दिन हुन्न जीवन। -सुदर्शन सापकोटा