Skip to main content

Posts

Showing posts with the label poem by sudarshon sapkota

घाम उदाउँने होइन!

सधैँ घाम उदाउँछ-पूर्व! हो! हामीले सुन्यौ। हामीले पड्ढेयौ पनि। सधैँ घाम उदाउँछ-पूर्व। घाम सधैँ अस्ताउँछ-पश्चिम। हामीले यही बुझ्यौ। तर, घाम उदाउने होइन, न त अस्ताउने नै हो। यो त जहाँको त्यही छ। पृथ्वी पो यसलाई घुमिरहेछ। हामी उदाइरहे छौ जानेर वा हानिनै अस्ताइ रहेछौ। थाहै नपाई चक्कर हामी पो लगाउँछौ। हामी देखेरै झुट बोल्छौ। पढेरै झुट खोल्छौ। सत्यको खोजीमा, ध्रुवलाई सत्य र सत्यलाई ध्रुव बोल्छौ। धर्म अनेक छन् तर  सत्य एउटा छ। हाम्रो बुझेन कुरा एउटै हो। फेरि बुझेन तरिका फरक छ। कुरो भन्दा तरिकामा नै हाम्रो घन-चक्कर छ। तिमि सही वा म सही भन्ने मै ठुलो टक्कर छ। हामीले यो पनि शून्यै। सत्येले जित्छ! सत्य हार जितको कुरा होइन! सायद, जित्ने-हार्ने हाम्रै  बिचार हो। बिचार मात्र पनि केही होइन, जित्ने त हाम्रो बिचार भित्रको संस्कार हो। बिचार पानी हो भने, रङ्ग र आकार त हाम्रै आचार हो। धर्म जात-भात, रङ्ग, भाषा,  भूगोल सब-सब मान्छेले छुट्टाएको आफ्नै प्रकार हो सुनेको कुरा हो। देखेको कुरा हो। बुझाइएको कुरा हो। सत्य फरक छ। अरूको भावना महसुस गर्नु मसिनको बिचार हो।...

उल्ले उल्लाइ भन्यो

उल्ले उल्लाइ भन्यो, उल्ले उल्लाइ भनेन। उल्ले उल्लाइ मान्यो, उल्ले उलाइ मानेन। उस्को कुरा गर्यो यता, उता आफ्नो अर्कोले गर्छ। यताको कुरा उता, उताको कुरा यता भ्रम मात्रै पर्छ। उ राम्रो उ नराम्रो, आफ्नु राम्रो आफ्नै कुरा सहि। यसो भन्दै गर्दा, मान्छे खुसी हुन सकेको छैन कहि। उस्को कुरा सुन्यो, उस्को कुरा सुनायो रमायो। यता पनि ठिक उता पनि ठिक्क, मात्र बनायो। आफ्नो काम नगर्यो अर्काको काम यस्तो उस्तो भन्यो। आफु कुरा काट्यो अनि फेरि कुरा काट्छ्न मात्र भन्यो। नसकिने भो मान्छेको जातलाइ, सुनाउ कस्लाइ यो। सब भलो सोचे भो नि, नभए कुभलो त नसोचे हुने हो। दुख आफ्नै मनमा, काम आफ्नै, फेरि कुरा अरुकै किन? खुसि पनि आफै हुने हो, दुखी पनि आफै, यो कुरा चीन। उल्ले उल्लाइ दोस लगायो, फेरि उल्लाइ उस्ले लगायो। यस्तै बिना कामको कुरा गर्दै खुसी भन्ने कुरा सब भगायो।   - असोज १५, २०८१

Tribute To Dear Granddad

A granddad who lived ninety years A man of wisdom, love, and cheer He was a guiding light, a source of strength Raising a family, with great length He was an educator, learner, and a leader Inspiring minds and hearts, forever Born in a small village(Kusunde) in Nepal's Lamjung district He lived a life that was truly distinct A writer, with over twenty books to his name Three published, with more to claim He was a treasure, a blessing to all Bringing joy and love, standing tall He was a rock, a steady force A source of encouragement, of course He always knew just what to say And his words will guide us every single day So let us celebrate the life he led And the love and joy he always spread He may be gone, but he will always be In our hearts and memories, eternally Tribute to dear granddad Your love and light will always be had You will be missed, but never forgotten For the love you gave will live on and on - Grandson Sudarshon 

यदि यो मन ढुङ्गा भइदिए...!

यदि यो मन ढुङ्गा भइदिए....! तपाइको मन कस्तो छ? कस्तो गजबको प्रश्न। कसैले भन्यो आज, "कस्तो ढुङ्गा जस्तो मन"! कस्तो ढुङ्गा जस्तो मन?! मलाई त अचम्म लाग्यो। यदि यो मन ढुङ्गा भइदिए....!   सायद, मनै-मनको घर हुन्थ्यो। बाटाहरू मनै मनले बिच्छाईएका हुन्थे। एउटा राम्रो मन खोज्न मन्छेको भिड खोज्नु पर्दैनथ्यो। मन खोज्नलाई त्यति गार्‍हो नि हुन्थ्यो। तपाईँका आँखा मनमै ठोक्किरह्न्थे दिन-दिन। मन पढ्नलाई कुनै मनोवैज्ञानिककोमा जानुपर्दैनथ्यो। अब यो जियोलजिस्टको पो काम हुन्थ्यो।   यदि यो मन ढुङ्गा भइदिए  ! सबै भन्दा आग्लो मन हाम्रै देशमा हुन्थ्यो। मन कति धेरै उँचो हुन्थ्यो। नेपालको परिचय फेरिन्थ्यो। हाम्रो देश मनै  मनले भरिएको हुन्थ्यो। राम्रा मनको कुनै कमी हुने थिएन।   यदि यो मन ढुङ्गा भइदिए....! घर, स्कुल र हस्पिटल र कार्यालयहरू सबै बलिया अनि राम्रा मनमै अडिएका हुन्थे। धनीहरू सँग पनि मनको कमी हुने थिएन। मन देशव्यापी हुने थियो। नदी पनि मनै मन सँग मन  माथि बगिरहेको हुन्थ्यो। नदिकै साहायताले हिमाली, पहाडी मन मिलेर तराईमा फैलिएको हुन्थ्यो। अनि य...

आखिर यो देश कसले बनाउछ?

कसले बनाउँछ देश? न जवानीलाई भाग गरेर बुढेसकाल शेष रहेकाले बनाऊ छ देश। न त झिसमिसे साँझलाई बिहानीको संन्ग्याँ दिनेले बनाउँछ देश। शव्दजालमा जनतालाई फाल हाल्न लगाउनेले त के बनाउला खै?! सेतो कपालको छुट्टैछनी महत्त्व, किन उ गधालाई नुहाए जस्तो कालो बनाउँछ केश। दुई खुट्टीकला उक्लन धपेडी हुन्छ, फेरि पनि उही मानिस तय गर्छ देश बनाऊने रेस। कामभन्दा कुरै बडी, धरहरामा पनि िलप्ट खोज्छ,चढ्न छोडी सिडी,  अनि कसरी बन्छ देश? अधिकारको मात्र कुरा गरेर कर्तव्य भुलेकाले, पटक पटक प्रधानमन्त्री हुँदा, सम्झन लायक केही नगर्नेले के बनाउला। भइरहेको देशको सिस्टम मात्र बिगार्नेले  अब कसरी देसलाई विकासले सिँगार्ला? आन्दोलन भयो। आन्दोलनले नेता बनायो। पाटी बनायो पाटिले सरकार बनाए मन्त्रीहरू बनाए। मन्त्रीहरूले आफ्नो घर गाडी ठडाए। तर देश बनेन। अब देश कसले बनाउँछ? नागरिकता र नदिमा राजनीति गर्नेले कसरी बनाउला! राजनीतिक धर्म छोडेर धर्ममा राजनीति गर्ने ले त के बनाउला? जातलाई उचाली मतमा खेल्नेले कसरी के बनाउला?  साना साना कुरामा विदेश मुख  ताक्नेले  देशमा उत्पादन ...

पुर्खा हुनेछौ एक दिन

सम्झना नै हो जीवन, समयले कसैलाई पर्खन। मानवको मनमा कति धेरै आइरहन्छ तर्कना। आमा सम्झेर आउँछ कति धेरै याद सास छाइन्जेल। छोराछोरीहरू नै हुन आमाका पियारा बाचुन्जेल। कता बाट हेरिरहनु भएको छ हामीलाई लुकेर। याद आउँछ सम्झनामा यी आँखा मेरा सुकेर। काल पनि कालो हुन्छ कि के हो देखिन आँखाले। थाहा हुन्न टपक्क टिपी लान्छ कति खेर सासले। रिस रागमा डुब्न खोज्छ मन्छेको मन, बुझ्दैन केही। पू्र्खाहरु हाम्रा सम्झना हुन, हामी पनि त्यही त हो हुनी। हामी हौँ सन्तति हाम्रै पुर्खाको, पुर्खा हुनेछौ एक दिन। राम्रो काम गरे भावी सन्ततिले सम्झन्न छन् एक छन्

Life is going on

Life is going on. I want to stop it. However, it may not be as effective as a river in stopping it. It just flows and ever-flows. Sedimentary hope has been deposited. When it arrived at the flat area, It may also erode if the flow is on a steep slope. Like the river, the boulder part of the problem may change into fine sand on the way. As a result,of strong hope for the river to reach the ocean. OK, let's hope! Every experience of difficulty should lead towards victory!

Memories of childhood

I miss the plans that we used to make. I miss eating mango, oranges, and pineapple-like we used to. I miss the condition that we used to run away. I miss the village where I used to live. I miss the way and the jungle where we used to walk. I miss the  Chautara  where we used to rest. I miss the games that we used to play. I miss the village where I used to stay. I miss the school where we used to go. I miss the gossip that we used to do. I miss the teacher who used to teach us. I miss the childhood that I used to have. I miss the school holidays that we used to get. I miss the  mela  that we used to go to. I miss the football matches that we used to announce. I miss the situation that I once had. I miss the  Dashi-Tihar  that we used to celebrate. I miss the D ausi/vailo  where we used to enjoy ourselves. I miss the days that we used to spend. I miss the villagers who we used to have.            ...

जन्म देखि जन्म सम्म।

धेरै पहिलाको कुरा हो। विश्व एउटा थियो। रूपमा, बनोटमा। जमिन एउटा थियो। पानी अर्को भाग थियो। पछि खोइ किन छल्कियो पानी?! एउटै जमिन फुट्न थाल्यो। एउटै महादिप टुट्न थाल्यो। एउटाले अर्कालाई हान्न थाले। सक्नेले त आफूतिर तान्न थाले। पानी माथिको बरफ जस्तै कहिले कता कहिले कता, जमिनका टुक्राहरू सल्बलाई रहे। सलबलाई रहेछन्। आज सम्म पनी! पत्याउनुहोस्! सहि कुरा हो। जब, बिस्तारै! अमेरिका र अफ्रिका टुट्न थाले। चाइना र इन्डिया जुद्धन थाले (अहिलेको जस्तो होइन!) यिनको जुधाई सहन नसकेर, हाम्रो हिमाल जुरुक्क उट्ठयो। हिमाललाई पहाड र तराईले साथ दिए। अनि नेपाल बन्यो! नेपाल भूगोल बनेको हो, मान्छे त बनेकै थिएन! पत्याउनुहोस्! सहि कुरा हो। मान्छे कसले बनायो त? त्यो त म भन्न सक्दिन। सायद, आवश्यकताको सिद्धान्त होला। प्रकृतिको चमत्कार  सम्झनुहोस्। चमत्कार नै बिस्तारै चमत्कारी बन्न थाले। व्यक्ति पछि परिवार, समाज, छेत्र अनि देश बन्यो। कथा लामो छ!! यसै क्रममा  बुद्ध देखि हिट्लर जन्मिए। ज्ञान देखि विज्ञान जन्मियो, र पनि! शान्ति सँगै  युद्ध जन्मियो। बिस्तारै नेपाल देश बन्यो। तपाई नेपाली...

Inside my heart

Inside my heart there is sadness, when I see a child playing with a gun. Inside my heart is a sense of sadness, when I see a kid cutting down a perfectly good orange tree.   Inside my heart is a sadness, when I see a bird get shot out of the sky. Inside my heart there is sadness, When I listen our country is getting poor.  Inside my heart there is sadness, When I listen to the birthplace of Buddha held in India.   Inside my heart is a sadness, When I feel that our political parties are a lead the nation in the wrong way. Inside my heart there is sadness, Inside my heart there is sadness, When a small baby was taken away from his Mom. Inside my heart is a sadness, When I see a fish dances without water.  Inside my heart is a sadness, When I listen to a demoralize sound of youth. Inside my heart is a sadness,  When I see a student has a bad teacher.   Inside my heart there is sadness, When I see old people sent to D harmasaala by their child.

के अब एकै छिन तिम्रो लालित्यमा लिन हुन सक्छु?

धोम्स र लाचारीका समाचार सुन्दा सुन्दै, बन्दमा हिन्दा हिन्दै, भिड बाट निक्लिदा निक्लिँदै, काठमन्डौको धुलो नाकले छान्दा छान्दै,म थाकिसके । के अब एकै छिन तिम्रो काखमा सुस्ताउन सक्छु? आँखालाई छक्क पार्ने, कस्मेटिक रूपहरू देख्दा देख्दै, देवकोटाका कविताहरू, शेक्स्पियरका नाटकहरू, बुद्धि सागरहरूका उपन्यास, नियाल्दा नियाल्दै, म थाकिसके । के अब तिम्रो सामीप्यमा हराउन सक्छु? मानव जीवन बुझाइएका…. नेल्सन मन्डेला र गान्धीहरूका जीवनी, ली क्यान यु र अब्रामलिङकनका सोचहरू, पुष्कर साह र हरिवंशका अनुभवहरू, पढ्दा पढ्दै, म थाकिसके । के अब एकै छिन यी आँखालाई तिमिमा भुलाउन सक्छु? यी स्केल बिनाका पैतालाले धर्तीलाई नाप्दा नाप्दै, चिसो बतास चल्ने ती डांंडाहरु उक्लँदा उक्लँदै, अविरल बगिरहने कैयन नदी हरू तर्दा तर्दै, म थाकिसके । के अब एकै छिन तिम्रो छातीमा निदाउन सक्छु? उत्प्रेरणाका जिगाँसु धागाले सुन्दर सपनाहरू बुन्दाबुन्दै साथीभाइका रमाइला गफ सुन्दा सुन्दै, कामै कामको चाग्ङ मेट्दा मेट्दै, म थाकिसके। के अब एकै छिन तिम्रो लालित्यमा लिन हुन सक्छु? -सुदर्शन सापकोटा