Skip to main content

Posts

Showing posts with the label poem

घाम उदाउँने होइन!

सधैँ घाम उदाउँछ-पूर्व! हो! हामीले सुन्यौ। हामीले पड्ढेयौ पनि। सधैँ घाम उदाउँछ-पूर्व। घाम सधैँ अस्ताउँछ-पश्चिम। हामीले यही बुझ्यौ। तर, घाम उदाउने होइन, न त अस्ताउने नै हो। यो त जहाँको त्यही छ। पृथ्वी पो यसलाई घुमिरहेछ। हामी उदाइरहे छौ जानेर वा हानिनै अस्ताइ रहेछौ। थाहै नपाई चक्कर हामी पो लगाउँछौ। हामी देखेरै झुट बोल्छौ। पढेरै झुट खोल्छौ। सत्यको खोजीमा, ध्रुवलाई सत्य र सत्यलाई ध्रुव बोल्छौ। धर्म अनेक छन् तर  सत्य एउटा छ। हाम्रो बुझेन कुरा एउटै हो। फेरि बुझेन तरिका फरक छ। कुरो भन्दा तरिकामा नै हाम्रो घन-चक्कर छ। तिमि सही वा म सही भन्ने मै ठुलो टक्कर छ। हामीले यो पनि शून्यै। सत्येले जित्छ! सत्य हार जितको कुरा होइन! सायद, जित्ने-हार्ने हाम्रै  बिचार हो। बिचार मात्र पनि केही होइन, जित्ने त हाम्रो बिचार भित्रको संस्कार हो। बिचार पानी हो भने, रङ्ग र आकार त हाम्रै आचार हो। धर्म जात-भात, रङ्ग, भाषा,  भूगोल सब-सब मान्छेले छुट्टाएको आफ्नै प्रकार हो सुनेको कुरा हो। देखेको कुरा हो। बुझाइएको कुरा हो। सत्य फरक छ। अरूको भावना महसुस गर्नु मसिनको बिचार हो।...

यदि यो मन ढुङ्गा भइदिए...!

यदि यो मन ढुङ्गा भइदिए....! तपाइको मन कस्तो छ? कस्तो गजबको प्रश्न। कसैले भन्यो आज, "कस्तो ढुङ्गा जस्तो मन"! कस्तो ढुङ्गा जस्तो मन?! मलाई त अचम्म लाग्यो। यदि यो मन ढुङ्गा भइदिए....!   सायद, मनै-मनको घर हुन्थ्यो। बाटाहरू मनै मनले बिच्छाईएका हुन्थे। एउटा राम्रो मन खोज्न मन्छेको भिड खोज्नु पर्दैनथ्यो। मन खोज्नलाई त्यति गार्‍हो नि हुन्थ्यो। तपाईँका आँखा मनमै ठोक्किरह्न्थे दिन-दिन। मन पढ्नलाई कुनै मनोवैज्ञानिककोमा जानुपर्दैनथ्यो। अब यो जियोलजिस्टको पो काम हुन्थ्यो।   यदि यो मन ढुङ्गा भइदिए  ! सबै भन्दा आग्लो मन हाम्रै देशमा हुन्थ्यो। मन कति धेरै उँचो हुन्थ्यो। नेपालको परिचय फेरिन्थ्यो। हाम्रो देश मनै  मनले भरिएको हुन्थ्यो। राम्रा मनको कुनै कमी हुने थिएन।   यदि यो मन ढुङ्गा भइदिए....! घर, स्कुल र हस्पिटल र कार्यालयहरू सबै बलिया अनि राम्रा मनमै अडिएका हुन्थे। धनीहरू सँग पनि मनको कमी हुने थिएन। मन देशव्यापी हुने थियो। नदी पनि मनै मन सँग मन  माथि बगिरहेको हुन्थ्यो। नदिकै साहायताले हिमाली, पहाडी मन मिलेर तराईमा फैलिएको हुन्थ्यो। अनि य...

आखिर यो देश कसले बनाउछ?

कसले बनाउँछ देश? न जवानीलाई भाग गरेर बुढेसकाल शेष रहेकाले बनाऊ छ देश। न त झिसमिसे साँझलाई बिहानीको संन्ग्याँ दिनेले बनाउँछ देश। शव्दजालमा जनतालाई फाल हाल्न लगाउनेले त के बनाउला खै?! सेतो कपालको छुट्टैछनी महत्त्व, किन उ गधालाई नुहाए जस्तो कालो बनाउँछ केश। दुई खुट्टीकला उक्लन धपेडी हुन्छ, फेरि पनि उही मानिस तय गर्छ देश बनाऊने रेस। कामभन्दा कुरै बडी, धरहरामा पनि िलप्ट खोज्छ,चढ्न छोडी सिडी,  अनि कसरी बन्छ देश? अधिकारको मात्र कुरा गरेर कर्तव्य भुलेकाले, पटक पटक प्रधानमन्त्री हुँदा, सम्झन लायक केही नगर्नेले के बनाउला। भइरहेको देशको सिस्टम मात्र बिगार्नेले  अब कसरी देसलाई विकासले सिँगार्ला? आन्दोलन भयो। आन्दोलनले नेता बनायो। पाटी बनायो पाटिले सरकार बनाए मन्त्रीहरू बनाए। मन्त्रीहरूले आफ्नो घर गाडी ठडाए। तर देश बनेन। अब देश कसले बनाउँछ? नागरिकता र नदिमा राजनीति गर्नेले कसरी बनाउला! राजनीतिक धर्म छोडेर धर्ममा राजनीति गर्ने ले त के बनाउला? जातलाई उचाली मतमा खेल्नेले कसरी के बनाउला?  साना साना कुरामा विदेश मुख  ताक्नेले  देशमा उत्पादन ...

आडम्बरी दृष्टि

एकोहोरो एकनास उ एक चित्र बनाइरहेको छ दिमागमा! उ भनिरहेछ एकोहोरो उ देखिरहेको छ एकोहोरो त्यहि दिमागले आफुले आफैलाइ, म त सहि छु। उ गलत छ। अरु गलत छ्न।   आफ्नो कमजोरी थाहा पाउन उस्को दिमाग्ले छोडिसक्यो। मन त! उस्को आफ्नै एकोहोरो दिमाग्ले मोडिसक्यो। कतै आफ्ना कमजोरी देखिए, त्येही दिमागले रटेका खेस्रा आदर्शले – खुरिखन्ड डाँडाँहरुलाइ हिउँले ढाकेझै ढाकिहाल्छ। उ आफै दङ हुन्छ। उ सधै सोचमा हुन्छ। भनौं उ सधै अप्सोचमा हुन्छ। उज्यालोसँग डराएर आडम्बरको अन्धकारमा रमाएर घामको ताप सग थरथराहट हुँदै चिसा कुन्ठा पग्लने डरले सत्य सग जुद्न पर्दा कामिरहेको हुन्छ। उस्का सोचहरु नदिले बनाएका गहिरा खोच जस्ता छ्न कहिले। त्येहि खोच दायाँ बायाँ ठडियका अग्ला पहाड जस्ता छ्न कहिले। उस्का कमजोर सोचहरु उचो ठाउँ अडिन नसकेर बेला बखत पैरो झै नदिमा पैरिरहन्छ्न। उ आफ्नै गलत सोचले गतल देखिरहेको छ। एकोहोरो झरिरहेको छ पैरो झै, कैले खोलामा कैले बाटोमा। तै पनी रोक्ने प्रयास गरिरहन्छ खोलालाइ माटोले। यति पनि बुझ्दैन खोलाले कहिलै भन्दैन, बाटोले? उ आफुले आफैलाई त भेट्टाउन सकेको छैन। अनि अरुले उछिनेको एकोहोर...

मान्छे

मान्छे! कति स्पष्ट छ शब्द! कति स्पष्ट छ अर्थ! सबै प्राणी भन्दा शेर्स्ट मगज भएको मान्छे॥ म मान्छे। तपाई मान्छे। हामी मान्छे। यो पढ्ने मान्छे। यो लेख्ने मान्छे। यो बुझ्ने पनि मान्छे। एउटै रूप मान्छे। तर एउटै रूपमा पनि कति फरक छ मान्छे। एउटै चिज हेराई पनि एउटै, फेरी बुझाई मा फरक छ मान्छे। त्यही बुझाई र अ बुझाइका कारण  मान्छेलाई चिन्छ मान्छे॥ मान्छेले मान्छेलाई किन्छ मान्छे। भिन्न भिन्न भाषा भावना एउटै। भिन्न भिन्न धर्म कामना एउटै। त्यही भावना र कामना भएकाले बाचेको छ मान्छे। बुद्ध मान्छे। हिट्लर मान्छे। आइन्स्टाइन मान्छे। ओबामा मान्छे। लादेन पनि मान्छे। अब त्यो प्रचण्ड पनि त मान्छे। तपाई मान्छे। हामी मान्छे। हेर्नुहोस् यी सबै मान्छे। एउटै खोल भित्र कति फरक छ मान्छे।

Life is going on

Life is going on. I want to stop it. However, it may not be as effective as a river in stopping it. It just flows and ever-flows. Sedimentary hope has been deposited. When it arrived at the flat area, It may also erode if the flow is on a steep slope. Like the river, the boulder part of the problem may change into fine sand on the way. As a result,of strong hope for the river to reach the ocean. OK, let's hope! Every experience of difficulty should lead towards victory!

Memories of childhood

I miss the plans that we used to make. I miss eating mango, oranges, and pineapple-like we used to. I miss the condition that we used to run away. I miss the village where I used to live. I miss the way and the jungle where we used to walk. I miss the  Chautara  where we used to rest. I miss the games that we used to play. I miss the village where I used to stay. I miss the school where we used to go. I miss the gossip that we used to do. I miss the teacher who used to teach us. I miss the childhood that I used to have. I miss the school holidays that we used to get. I miss the  mela  that we used to go to. I miss the football matches that we used to announce. I miss the situation that I once had. I miss the  Dashi-Tihar  that we used to celebrate. I miss the D ausi/vailo  where we used to enjoy ourselves. I miss the days that we used to spend. I miss the villagers who we used to have.            ...