Skip to main content

Posts

Showing posts with the label by sudarshon

फुटेर होइन, जुटेर मात्र नेपाल बलियो हुन्छ।

फुटेर होइन, जुटेर मात्र नेपाल बलियो हुन्छ। नेपाल एउटा सुन्दर देश हो, जहाँ विविधतामै एकता पाइन्थ्यो। हिमाल, पहाड र तराईका बासिन्दा एउटै माटोका सन्तान हुन् भन्ने गर्व थियो। तर आज त्यो एकता धमिलिँदै गएको छ। जुन जुन कुराले नेपाली समाजलाई जोड्थ्यो, त्यही कुरामाथि अहिले विवाद र विभाजन सुरु भएको छ। पहिले दशैं र तिहार सबैको साझा चाड थियो। धर्म, जात र भाषा भन्दा माथि उठेर सबै नेपालीले एकै भावना बाँड्थे। अहिले भने ती चाडहरूलाई पनि फरक दृष्टिले हेरिन्छ। कोही भन्छ  “यो मेरो चाड होइन,” कोही भन्छ  “यो अर्काको संस्कार हो।” यसरी जसले हामीलाई एक बनाउँथ्यो, त्यही चिज विवादको कारण बन्दै गएको छ। त्यस्तै, राजसंस्था हाम्रो राष्ट्रिय पहिचान थियो, जसले नेपालको अस्तित्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको थियो। आज त्यो पनि विवादको विषय बनाइएको छ। समर्थक र विरोधीको नाममा नेपालीबीच दूरी बढाइएको छ। नेताहरूको स्वार्थ र कुर्सीको खेलले देशलाई झन् कमजोर बनाइरहेको छ। हिमालदेखि तराईसम्म फैलिएको पाँच विकास क्षेत्रले देशलाई सन्तुलित बनाएको थियो। तर अहिले भौगोलिक र जातीय विभाजनका नाममा त्यही...

को हो साँचो नेपाली?

को हो साँचो नेपाली? को हो त नेपाली?  पहाडको, तराईको कि हिमालको मान्छे? हिन्दु, मुसलमान, किरात कि बौद्ध धर्म अदि मान्ने? धनी कि गरिब, सहर कि गाउँको बस्ने? आखिर साँचो नेपाली को हो? देशैभरि आज विभाजनको रेखा तानिएको छ, जातको नाममा मान्छे छुट्याइन्छ, धर्मको नाममा झगडा गरिन्छ, र राजनीति बनेको छ कुर्सीको खेल। तर नेपाल त त्यही हो , जहाँ हिमालको हावा - तराईमा सास फेर्छ, जहाँ मन्दिरको घण्टी र मस्जिदको अजान एउटै आकाशमा मिसिन्छ। धनीको घरमा बिजुली बल्छ, गरिबको छानामा दियो झिल्किन्छ, तर जब देश संकटमा पर्छ, दुवै हात मिलाएर उभिन्छन् , त्यो नै त साँचो नेपाली हो। साँचो नेपाली त्यो हो , जो अर्काको पीडा बुझ्छ, जो माटोलाई माया गर्छ, जो इमानदार रहन्छ, र देशको नाम उच्च राख्छ। जब हामी सबैले सोच्नेछौं , जात होइन, मान्छे ठूलो हो; धर्म होइन, प्रेम ठूलो हो; पैसा होइन, इमान ठूलो हो; त्यो दिन हामी सबै गर्वले भन्न सक्नेछौं , “हो, म साँचो नेपाली हुँ।” - सुदर्शन सापकोटा  टोखा काठमाडौं  असोज २८ २०८२

लहै.....आँखा...नतरौ।

योग गरौ। ध्यान गरौ नगरौ मध्यपान, नगरौ धुम्रपान। गिता पढौ ज्ञान बाडौ नगरौ हड्बड, नगरौ गड्बड। आखा खोलौ मुख बोलौ। मान्छे चीनौ, बस्तु किनौ।  कता जान्छौं  खोजौ के  जतै झलमल, मनै अलमल। पेट भरी  मन परि  नखानु है खान, मोटाउला नि ज्यान। कुरा काट्दै  मन फाड्दै  किन बस्नु तर्किदै?, माया सर्किदै।  माया गरौ भरमा परौ। मीठो बोलौ, लहै.....आँखा...नतरौ।😊 - सुदर्शन 

मेरो हरेक कृयाकलापमा नेपालीपन झल्किन्न भने,नेपाल मेरो देश कसरी भयो?

मेरो हरेक कृयाकलापमा नेपालीपन झल्किन्न भने, नेपाल मेरो देश कसरी भयो? कारण बिभिन्न होलान्, बाध्यता अनगिन्ति हुन सक्छन, स्वार्थ हजार होलान् अनि मान्छे को तुलनिय स्वभावले हजार प्रतिस्पर्धी चाहना उब्जाएका होलान् जस्ले मलाई मेरो वास्तविक् पहिचान बाट टाढा टाढा राख्न बिशाल दिवार झै खडा उभिएर रोकेको अचानक महसुस गराउछ! एस्तो महसुस हुनु कति ठीक वा कति बेठिक; अन्तहिन तर्क होलान्, फेरी पनि एस्तो महसुस हुनु मात्र पनि त हरेक तर्कको जबाफ हो! जानि नजानि मैले गाली गरें देश लाई, मेरो देश किन ऊन्नतिको सिखर मा पुग्न सकेन, सगरमाथा को चुचुरो चुम्न सकेन सम्मुन्नतिको ऊचाइमा!तर थाहा पाये यी सबै मह्सुस गराउने त फेरी पनि तुलना नै कारक रहेछ! अनी अझ पर सोचे र महसुस भयो मैले त म भएर तुलना गरेकै होइन रहेछु!मसँग को पराइत्व भाब ले म सँग नै तुलना गर्दै अनि मलाई नै गिज्याउदै गरेको महसुस गरे र आँफैलाई धिक्कारे; म आफुलाई नै मेरो दृष्टि बाट हेर्न सक्दिन भने मेरो देश लाई मेरो रआफनत्व को दृष्टि बाट कसरि हेर्ने होला र हेरी रहेको हुला? अनी फेरी देशले यो दिएन, त्यो दिएन भनेर अशन्तुस...