उही बाटो, उही जाम... लस्कर सवारी, अनेक सोच रुमलिएका मान्छेको भिड भारी। भिड त उस्तै छ, तर हरेक अनुहार नयाँ जस्तो, हरेक दिन भेटिने तर कहिल्यै चिनजान नभएको अस्तित्व। उस्तै लाग्ने मान्छेहरू तर हरेकको चाल बेग्लै, उस्तै लाग्ने समय तर हरेकको गन्तव्य अलि बेग्लै। भिडमै म, अनि तिमी पनि कतै हराएकी, एकै बाटो भएर पनि हाम्रा पाइला अलग देखिने। रुखा सडक, धुलो र हल्लाको यो संसार, सामुन्ने उज्यालो देखिए पनि भित्रको अँध्यारो बजार। सहरको उज्यालो र रङिन बत्तीहरू झिल्के लाग्छ, तर मन भने गुम्सिएको, भित्रभित्रै अल्झिएको साँचो कुरा। यो बाटो उही, दिनचर्या उस्तै जस्तो लाग्ने, तर हरेक दिन बदलिन्छ समय, बदलिन्छ सोच्ने ढंग, समय संगै बदलिन्छ मान्छेको यात्रा र दिशा, तर कतै नपुगी रोकिएझैँ लाग्छ यो जिन्दगीको सपना। उही रौनक, उस्तै हल्ला, न थाक्ने गाडीको लहर, सबै दौडिरहेका छन् तर कहाँ पुग्ने थाहा छैन कसैलाई हेर। हरेकले खोज्छन् यहाँ आफ्नो खुशी र आफ्नै संसार, तर किन दिक्क लाग्छ यो भीडभाड, यो उज्यालो बजार? सहरको यो हलचलमा म कहीँ हराएको छु, यो भीडभित्रै भए पनि एक्लो लागिरहेको छु। सडकमा चिच्याइरहेका गाडीहरू र धुँवा...
I am waiting for you....you are welcome to my blog.