न म देवता, न दानव, कर्मको साथी म, मानव। न म हिरा, न मोती, तिम्रो दुःखको साथी, भोकको रोटी। न म धनी, न गरिब, तिमी सम्झ, म तिम्रो नजिक। न म बुद्ध, न हिटलर, तर म दुवैको देख्ने आँखा। न म दिन, न रात, सुख-दुःखमा सधैं साथ। न म सोझो, न गद्दार, शङ्का नगर, म ईमान्दार। - सुदर्शन
I am waiting for you....you are welcome to my blog.