Skip to main content

Posts

Showing posts from October 12, 2025

रिसाहा मान्छ उ।

उ मान्छेहरूलाई हेप्न खोज्छ। आफू मात्र जान्ने ठान्छ। आफ्नो तालमा नचाउन खोज्छ!  तर अपसोच,सक्दैन  अनि उ रिसाउँछ। खाली अरूको आसा मात्र गर्छ।  आफू केही गर्दैन। फेरि गरिरहे भन्छ। आफूले सोचेजस्तो हुन्न। अनि उ रिसाउँछ। उसलाई चाकडी गर्ने आदत छ। सबै ठाउँमा चाकडी त चल्दैन। परिश्रम गरी खाने मान्छे देख्यो कि। फेरि उ रिसाउँछ। कुरा कट्ने बानी भएपछि कुरा सुन्ने आदत पनि हुने रहिछ। धेरै कुरा खेलाउँदा सही गलत थाहा हुन्न। कुरो बुझिँदैन। आफ्नो कुरा काटेको थाहा पाउँदा। फेरि उ रिसाउँछ। अलि रिसाहा नै भइसक्यो। टप्की टप्की काम गर्छ। स्पष्ट बोल्ने मान्छे देख्यो कि। उसको हंसले ठाउँ छोड्छ। अनि रिसाइ रहन्छ। रिसाउनु त उसको अहिले बानी नै भइसक्यो। हँसाउन कसले सक्ला त ? कप् टिले! घमन्डीले! कुच त्याले। जसले नि हँसाउन सक्छ तर उ आफै भने रिसाइ रहेको हुन्छ। आखिर किन यस्तो? जनता जान्न चाहन्छ!।

को हो साँचो नेपाली?

को हो साँचो नेपाली? को हो त नेपाली? हिमालको, पहाडको, तराईको कि हिमालको मान्छे? हिन्दु, मुसलमान, किरात कि बौद्ध धर्म अदि मान्ने? धनी कि गरिब, सहर कि गाउँको बस्ने? आखिर साँचो नेपाली को हो? देशैभरि आज विभाजनको रेखा तानिएको छ, जातको नाममा मान्छे छुट्याइन्छ, धर्मको नाममा झगडा गरिन्छ, र राजनीति बनेको छ कुर्सीको खेल। तर नेपाल त त्यही हो , जहाँ हिमालको हावा - तराईमा सास फेर्छ, जहाँ मन्दिरको घण्टी र मस्जिदको अजान एउटै आकाशमा मिसिन्छ। धनीको घरमा बिजुली बल्छ, गरिबको छानामा दियो झिल्किन्छ, तर जब देश संकटमा पर्छ, दुवै हात मिलाएर उभिन्छन् , त्यो नै त साँचो नेपाली हो। साँचो नेपाली त्यो हो , जो अर्काको पीडा बुझ्छ, जो माटोलाई माया गर्छ, जो इमानदार रहन्छ, र देशको नाम उच्च राख्छ। जब हामी सबैले सोच्नेछौं , जात होइन, मान्छे ठूलो हो; धर्म होइन, प्रेम ठूलो हो; पैसा होइन, इमान ठूलो हो; त्यो दिन हामी सबै गर्वले भन्न सक्नेछौं , “हो, म साँचो नेपाली हुँ।” - सुदर्शन सापकोटा  टोखा काठमाडौं  असोज २८ २०८२