Skip to main content

दिक्क लाग्दो सहर

उही बाटो, उही जाम... लस्कर सवारी,
अनेक सोच रुमलिएका मान्छेको भिड भारी।
भिड त उस्तै छ, तर हरेक अनुहार नयाँ जस्तो,
हरेक दिन भेटिने तर कहिल्यै चिनजान नभएको अस्तित्व।

उस्तै लाग्ने मान्छेहरू तर हरेकको चाल बेग्लै,
उस्तै लाग्ने समय तर हरेकको गन्तव्य अलि बेग्लै।
भिडमै म, अनि तिमी पनि कतै हराएकी,
एकै बाटो भएर पनि हाम्रा पाइला अलग देखिने।

रुखा सडक, धुलो र हल्लाको यो संसार,
सामुन्ने उज्यालो देखिए पनि भित्रको अँध्यारो बजार।
सहरको उज्यालो र रङिन बत्तीहरू झिल्के लाग्छ,
तर मन भने गुम्सिएको, भित्रभित्रै अल्झिएको साँचो कुरा।

यो बाटो उही, दिनचर्या उस्तै जस्तो लाग्ने,
तर हरेक दिन बदलिन्छ समय, बदलिन्छ सोच्ने ढंग,
समय संगै बदलिन्छ मान्छेको यात्रा र दिशा,
तर कतै नपुगी रोकिएझैँ लाग्छ यो जिन्दगीको सपना।

उही रौनक, उस्तै हल्ला, न थाक्ने गाडीको लहर,
सबै दौडिरहेका छन् तर कहाँ पुग्ने थाहा छैन कसैलाई हेर।
हरेकले खोज्छन् यहाँ आफ्नो खुशी र आफ्नै संसार,
तर किन दिक्क लाग्छ यो भीडभाड, यो उज्यालो बजार?

सहरको यो हलचलमा म कहीँ हराएको छु,
यो भीडभित्रै भए पनि एक्लो लागिरहेको छु।
सडकमा चिच्याइरहेका गाडीहरू र धुँवाको बाछिटो,
यो बिस्तारिँदो सहरमा फसेको, निद्राको पनि मीठो सपना छुट्यो।

हरेकको सोच बेग्लै छ, हरेकको गति फरक छ,
तर किन यो सहरमा सबै अलमलिएको महसुस गर्छ?
संसारको कुनै कुनामा शान्ति खोज्ने मन,
तर यो सहरको उज्यालो र भिडले किन लाग्दैन सधैँ रमणीय धन।

आफ्नै मनमा शान्तिको खोजी गर्दै हिँड्छु यहाँ,
सहरको हलचलमा रमाउँछु तर अँध्यारोमा हराउँछु पुनः।
के खोज्दैछु म? कहाँ पुग्न चाहन्छ यो मन?
सहरको यो धक्कामुक्कीमा हराउँदै खोज्दैछु एउटा सुकुन।

शान्तिको आशा गरेर दौडिरहन्छु, सहरको यो भिडसँगै,
तर हरेक दिन, हरेक साँझ, फर्कन्छु त्यही पुरानै प्रश्नसँगै।
यो सहर र यसका उज्याला बत्तीहरू,
मात्र बाहिरी रंग हो, भित्र केही छैन, न जीवन, न सत्य केही भर।

फेरी सोच्छु, कहाँ पुग्छु म? के खोज्दैछु म?
यो सहरले दिएको दिक्कलाग्दो उत्तरमा फसेको छु म।
कतै न कतै एउटा आशा छ, कुनै गहिराइमा,
तर सहरको उज्यालो र भिडमा त्यो हराएको छ कतै पराईमा।







Comments

Popular posts from this blog

यति भन्न आएको म।

मान्छेले आफू हुर्किंदै जाँदा भोगेका उतारचढावलाई बिर्सन खोजे पनि सक्दैन। सम्झनाले नै मानिसलाई बढी पिरोल्छ। विशेषगरी जुन समाज र भूगोलमा ऊ जन्मियो र हुर्कियो, त्यसको प्रभाव उमेरले करिब पचास वर्ष पुग्दा गहिरो महसुस हुन्छ। यो कसैलाई पाँच वर्ष अगाडि वा पछि पनि सुरु हुन सक्छ। जवान अवस्थामा करिब २५–३० वर्षसम्म, समान्यतय  भविष्यको चिन्तामा पिरोलिन्छ। त्यसपछिका १०–१५ वर्ष उसलाई समाजिक दबाबले बरालिदिन्छ। यो बरालिनु भनेको  जसरी खोला आफैंले बाटो बनाउँदै बग्छ, त्यस्तै हो। जीवनमा अनेक अनुभव मिसिन्छन् , जस्तै खोला बग्दा साना–ठूला खोल्साका पानी मिसिन्छन्। युवा अस्थामा मानिस अलि आवेगसहित बग्छ, तर नयाँ पुस्ता उदाउँदै जाँदा उसको गति स्थिर हुन्छ, आवाज पनि मन्द हुन्छ। खोला जस्तै मानिस जन्मथलोबाट टाढा पुग्छ, तर अझै नजिकै छु भन्ने भ्रममा बाँधिन्छ। जब उमेर ५०–५५ पुग्छ, उसले जीवनभर बेवास्ता गरेका प्रश्नहरूसँग आफैं सामना गर्नुपर्छ। यस उमेरमा मानिस बाल्य र किशोर अवस्थाका सम्झनामा डुब्छ। पुराना साथी भेट्दा अपार खुसी हुन्छ। बिर्सन खोजेका कुरा अझ गहिरो रूपमा मनमा बस्छन्। पुराना कुरामा रमाउनु, गफ गर्नु, यो उ...

पर बाट देशलाई हेर्दा।

परदेश बाट देशलाई हेर्दा। हाम्रो आफ्नै भुगोल छ। भाषा छ। आफ्नै धर्म छ। देवता छ्न आफ्नै। नभएको त बुझाइ मात्र हो। आफ्नै इतिहास छ। भित्तामा आफ्नै पात्रो छ। गति आफ्नै छ। नभएको त गति तिब्र मात्र हो। सन्सार हेर्नलाई सगरमाथा छ। फेर्नको लागि सफा हावा छ। अन्नको लागि तराइको फाट छ। भिमकाय पहाड छ्न, खानी छ, मुलको पानी छ  नहुनु पर्ने चाँइ हैरानी मात्र हो। आफ्नै गित छ्न संगीत छ्न। गायक छ्न गायिका छ्न। चलचित्र पनि आफ्नै छ्न। हिरो छ्न, हिरोईन छ्न। खड्किन थालेको चाइ आफ्नै कथा हो। हामी सग के छैन? हामीसग हिड्नलाई बाटो छ। पुरानो सभ्यताको पाटो छ। आफैले आर्जेको देशको माटो छ। नहुन पर्ने चाइ जात-धर्मको नाउँमा फाटो हो। हेर्ने हो भने हामी सग पहिला नै धेरै कुरा छ्न। बिधुतको लागि खोला-नदि छ्न। पर्यटनको लागि सुन्दर  प्रकृति छ। सन्तुलित हावा पानी छ। न बनाय हुने भनेको दुत्सित मात्र हो। बिद्यालय छ्न। बिश्वबिद्धालय छ्न। बिध्या पिठ छ्न। बिद्यार्थी छ्न( अहिले सम्म) खड्किएको भनेको देशलाइ चाहिने पाठ्यक्रम र पठन पाठन हो। सानो भूगोल भैकन पनि हाम्रो देश सग धेरै कुरा छ। हिमाल छ।  हिमालमा हिउँ छ( अहिले सम्म) सबै हि...

सत्यको प्रतिबिम्ब

सत्यको प्रतिबिम्ब मैले एना हेरेको छु, जैले हेरेको छु, एना उस्तै छ, स्थिर, मौन, तर म भने बदलिँदै गएको छु। कैले हाँस्ने अनुहार देख्छु आशाको फूल फुल्यो जस्तो, जीवन जितेँ जस्तो, बायुले पनि मलाई सलामी दिए जस्तो। कैले उदास नजर देख्छु हारको भारी बोकेको, नपुगेका सपनाको धुलोमा ढाकिएको, र खोसिएको क्षणहरूको खट्काले छोपिएको। एना मौन रहन्छ, तर मेरो बदलिँदो अनुहारमा उमेरका रेखाहरू कोरिन्छन्, आफ्नै कथा लेखिँदै जान्छन्। मैले एना हेरेको छु, यसले मेरा आँसु पनि देखेको छ, मेरो हाँसो पनि देखेको छ, मेरो मौनतामा लुकेका रहस्य पनि यसले नबोलेरै बुझेको छ। कसैले सम्झेन, तर एना तिमी मेरो साथी छौ, जसले न त झूट देखाउँछौ। न त ढाँट्छौ। न त अरूले जस्तो आश्वासन दिन्छौ। तिमीले आजको म देखाउँछौ, समयको छाप सहित। न भविष्य, न भूत, जस्तो उभिएको छु, त्यस्तै प्रष्ट देखाउँछौ। तर कहिलेकाहीँ लाग्छ, एना बाहिरको अनुहार मात्र देखाउँछ, भित्रको आत्मा भने अझै मौन छ। भित्रका ज्वालाहरू, भित्रका शून्यता, भित्रका अपूर्णताहरू, तिमीले नदेखाएको जस्तो लाग्छ। यतिबेला सोच्छु, यदि एना भित्र घुस्न सकेँ भने, शायद मलाई मेरो वास्तविक स्वरूप भेटिन्छ, शा...