म त बूढो भएछु।
आँखा मेरा धमिला भए अक्षरहरू हेर्छु भन्दा।
म त थाक्छु औँला भाँची आफ्नै उमेर गन्दा।
गोरेटोमा हिँडेका यी गोडाहरू लुला भए त्यसै।
कति हिँडियो जवान हुँदा सझना आउँछ यसै।
बन पाखा खेत वारि उकाली र उराली गर्दै गर्दा।
कति जोस थियो ज्यानमा ठुला घाँस भारी सार्दा।
सम्झना नै हुने रहेछ आफ्नै जीवन ज्यान बूढो हुँदा।
कमलो हुने रहिछ मन, सारै दुःख लाग्ने कोही रुँदा।
जमाना फेरियो के-के देखियो के-के आफ्नै कालमा।
हिँडेरै काठमाडौँ आएको म, उडेर जान्छु विदेशमा।
महिनौँ लाग्थ्यो एक चिठ्ठी पनि पाहुँन र पठाँउन कतै।
अहिले त हेर्छु फोटो कुरा गर्छु, छ मोबाइल यतै कतै।
२०७७-०४-२६
(यो कविता मान्छे बुढो हुँदा मनमा आउने मनोभावलाई अन्दाज गरी लेखिएको हो।)
Comments
Post a Comment