Skip to main content

जुरेको प्राकृतिक प्रकोप एउटा उदाहरण मात्र हो ।

 जुरेको प्राकृतिक प्रकोप एउटा उदाहरण मात्र हो ।

हालै सिन्धुपाल्चोकको जुरेमा गएको भीमकाय पहिरोले भएको क्षतिको सायदै आकलन गर्न सकिएला । यस्ता ठुला प्राकृतिक प्रकोपले समाज र देशमा वहुआयामीक असरहरू परेको हुन्छ । जुरेको पहिरो त एउटा उदाहरण मात्र हो । नेपालमा बर्सिनै विभिन्न प्राकृतिक प्रकोपहरू जस्तै – बाढी, पहिरो, भूकम्प भूक्षय आदिको कारणले ठुलो धन जनको साथै सयौँ हेक्टर खेतीयोग्य जमिनको क्षति भइरहेको छ । आखिर किन हाम्रो देशले यस्ता प्राकृतिक प्रकोपहरू बाट हुने क्षतिको नियति भोगिरहनु परेको छ त? सरसरती हेर्दा यसका मुख्य दुई कारणहरू हुन सक्छन् । एउटा  नेपाल अत्यन्त क्रियाशील र कमजोर भौगर्भिक अवस्थामा रहेको छ । अर्को कारण भनेको सरकारी नीतिगत तथा व्यवहारिक अन्योल पूर्ण अवस्था देखिन्छ । भौगर्भिक अवस्थाको कुरा गर्दा नेपाल दुई ठुला टेक्टोनिकस् पेल्टहरुको कोलाइजन जोनमा पर्छ । यी नै दुई पेल्टहरुको टकराब को कारण नेपालमा बेलाबेलामा भुईँचालो गई ठुलो धन जनको क्षति हुने गरेको छ । अर्को कुरा नेपाल सानो भइकन पनि यहाँ भौगोलिक विविधता धेरै पाइन्छ । जहाँ संसारको अग्लो चुचुरो सगरमाथा देखि सम्म तराईको फाँट अटेको छ । 

 भौगोलिक अवस्था अनुसार प्राकृतिक प्रकोपका प्रकारहरू पनि भिन्न भिन्न रहन्छन् । जस्तै नेपालको हिमाली भेगमा हिमताल फुटेर वा हिम पहिरो गएर तल्लो तटीय क्षत्रमा बाढी आउने खतरा धेरै हुन्छ । त्यस्तै पहाडी क्षेत्रमा भिराला जमिन, कमजोर लिथोलोजिकल अवस्था, अति वृटि र नदिको तटीय कटानले भुस्थितिमा हने असन्तुलनको कारण पहिरोहरू धेरै जाने गर्दछन् । यस्ता साना ठुला पहिरोको कारण ठुलो धन जनको क्षति भइरहेको छ । जुरे जस्ता भीमकाय पहिरोको कारण नदिको बहाव अवरोध भई तल्लो तटीय क्षेत्रमा बाढीको सम्भावना पनि रहन्छ । पहाड सँगै जोडिएको दक्षीण भूभाग चुरे अत्यन्त खुकुलो जमिनको रूपमा रहेको छ । जहाँ भूक्षयको धेरै ठुलो प्रकोप छ । त्यस्तै चुरे सँगै जोडिएको तराई सम्म छ र वर्षा तको समय नदिको पानीको सतह बढ्न गई वरिपरिको भूभाग डुबान मा पर्छ । तराइमा बाढीको ठुलो समस्या छ । यी त भए हाम्रो देशको भूगोल अनुसार हुने मुख्य मुख्य प्राकृतिक प्रकोपका प्रकारहरू, यसबाट के देखिन्छ भने न हामी प्राकृतिक अवस्थालाई बदल्न सक्छैं न त हामी हाम्रो भूगोललाई कतै लैजान नै सक्छौ । हामीले गर्न सक्ने भनेको भौगर्भिक अवस्था अनुसार प्राकृतिक प्रकोपबाट हुन सक्ने खतराको अनुसन्धान पूर्वानुमान र प्रकोपबाट हुने क्षतिको न्यूनीकरण हो ।

भनिन्छ, प्राकृतिक प्रकोप बाजा बजाएर आउँदैन । जब कुनै ठाउँमा प्राकृतिक प्रकोप आउँछ । अनि हाम्रो सरकार टाउको कनाएर के गर्ने होलाको मनस्थितिमा रहेको देखिन्छ । हालै गएको जुरेको पहिरो र यसबाट सुनकोसीमा थुनिएको पानी सही निकासमा भइरहेको ढिलाइ यसको ज्वलन्त उदाहरण हो । यस्तो अवस्था आउनुको मुख्य कारण सम्बन्धित क्षेत्रका विषेशज्ञहरु संग रहेको सहकार्यमा कमी र स्थानीय निकायमा भूगर्भविद्को उपस्थिति नहुनु हो । त्यस कारण अव हुन सक्ने सम्भावित यस्ता प्राकृतिक प्रकोपहरूको टाउको दुखाई र यति ठुलो धन जनको क्षति हुन नदिन समयमै प्रत्येक जिल्लामा भू विज्ञान सँग सम्बन्धित विषेशज्ञहरु खटाइ वा नि उक्ति गरी जिल्लाको हजाड म्याप(सङ्कट नक्सा) बनाउन आवश्यक देखिन्छ । अर्को कुरा संविधान बन्न लागिरहेको अवस्थामा विषयको गार्भियतालाई बुझी प्रकोप व्यवस्थापनको लागि आवश्यक ऐन नियम बनाउनु हामी सबैको एउटा सु–अवसर पनि हो ।


सुदर्शन सापकोटा

भूगर्भ शास्त्र केन्द्रीय विभाग

कीर्तिपुर काठमाडौँ

2014 AD

Comments

Popular posts from this blog

यति भन्न आएको म।

मान्छेले आफू हुर्किंदै जाँदा भोगेका उतारचढावलाई बिर्सन खोजे पनि सक्दैन। सम्झनाले नै मानिसलाई बढी पिरोल्छ। विशेषगरी जुन समाज र भूगोलमा ऊ जन्मियो र हुर्कियो, त्यसको प्रभाव उमेरले करिब पचास वर्ष पुग्दा गहिरो महसुस हुन्छ। यो कसैलाई पाँच वर्ष अगाडि वा पछि पनि सुरु हुन सक्छ। जवान अवस्थामा करिब २५–३० वर्षसम्म, समान्यतय  भविष्यको चिन्तामा पिरोलिन्छ। त्यसपछिका १०–१५ वर्ष उसलाई समाजिक दबाबले बरालिदिन्छ। यो बरालिनु भनेको  जसरी खोला आफैंले बाटो बनाउँदै बग्छ, त्यस्तै हो। जीवनमा अनेक अनुभव मिसिन्छन् , जस्तै खोला बग्दा साना–ठूला खोल्साका पानी मिसिन्छन्। युवा अस्थामा मानिस अलि आवेगसहित बग्छ, तर नयाँ पुस्ता उदाउँदै जाँदा उसको गति स्थिर हुन्छ, आवाज पनि मन्द हुन्छ। खोला जस्तै मानिस जन्मथलोबाट टाढा पुग्छ, तर अझै नजिकै छु भन्ने भ्रममा बाँधिन्छ। जब उमेर ५०–५५ पुग्छ, उसले जीवनभर बेवास्ता गरेका प्रश्नहरूसँग आफैं सामना गर्नुपर्छ। यस उमेरमा मानिस बाल्य र किशोर अवस्थाका सम्झनामा डुब्छ। पुराना साथी भेट्दा अपार खुसी हुन्छ। बिर्सन खोजेका कुरा अझ गहिरो रूपमा मनमा बस्छन्। पुराना कुरामा रमाउनु, गफ गर्नु, यो उ...

Slope Stability मा Bio-Engineering किन आवश्यक छ?

Slope stability मा Bio-Engineering किन आवश्यक छ?  हामो देश नेपालका पहाडहरू सुन्दर छन्, तर त्यही सुन्दरता हाम्रो पूर्वाधारका निर्माणका लागि सबैभन्दा ठूलो चुनौती पनि हो। भिराला जमिन, कमजोर भू–संरचना, अत्यधिक वर्षा र अव्यवस्थित मानवीय हस्तक्षेपका कारण नेपालमा पहिरो, माटो कटान र सडक अवरोध हरेक वर्ष दोहोरिने समस्या बनेको छ। सडक निर्माणसँगै हुने कटान, blasting र अनियन्त्रित cut-and-fill ले प्राकृतिक सन्तुलन बिगार्दा, धेरै सडक केही वर्षमै जोखिममा पर्छन्। यसले जनधनको क्षतिसँगै विकासको गति पनि अवरुद्ध बनाइरहेको छ। यी समस्याको समाधानका रूपमा हामीले दशकौँदेखि कङ्क्रिट, ग्याबियन र रिटेनिङ वालमा भर पर्यौ। तत्काल देखिने यस्ता संरचनाले केही हदसम्म राहत दिए पनि, दीर्घकालमा उच्च लागत, बारम्बार मर्मत र वातावरणीय असरका कारण ती सधैँ प्रभावकारी साबित भएका छैनन्। यही सीमितताबाट जन्मिएको वैकल्पिक सोच हो Bio-engineering। Bio-engineering भन्नाले जीवित वनस्पतिलाई वैज्ञानिक ढंगले प्रयोग गरी ढलान र माटोलाई स्थिर बनाउने विधि बुझिन्छ। यो कुनै “सजावटी” उपाय होइन, न त civil engineering को प्रतिस्थापन नै हो। बरु, ...

हल्लाभन्दा बाहिर: सहि प्रश्नको खोजी

हल्लाभन्दा बाहिर: सहि प्रश्नको खोजी  आजकल देशको कुरा धेरै सुनिन्छ। तर देश कहाँ दुखेको छ त्यो कम सोधिन्छ। सबै बोलिरहेका छन्, तर कसैले पनि आफ्नो कुरा ठ्याक्कै भन्न सकेका छैनन्। गरिबी छ भन्छन्, पिछडिएको ठाउँ छ भन्छन्, तर त्यो ठाउँमा को जान्छ? को बस्छ? को जिम्मा लिन्छ? शहरमा युवा छन्। उनीहरू चुप छैनन्, तर उनीहरूको बोली आफ्नो जस्तो पनि देखिदैन। हातमा मोबाइल छ, सूचना धेरै छ, तर बुझाइ गोलमाल जस्तो छ। बोलाइ छ, तर स्पष्ट दिशा देखिदैन। देश बनाउने कुरा गर्ने धेरैका छोराछोरी देशमा छैनन्। सायद त्यसैले देश भविष्य जस्तो होइन, अतीत जस्तो लाग्छ। नयाँ नाम आयो भन्दैमा सबै ठीक हुन्छ भन्ने होइन। न पुरानो थियो भन्दैमा सबै गलत पनि होइन। नयाँ मान्छे समयले चिनिन्छ, नाराले होइन। आजकल लाइक बढेपछि नेता भएको जस्तो लाग्छ। गाली धेरै गरेपछि सही बोलेको भ्रम छ। यहाँ बहस छैन, प्रतिशोध छ। यहाँ प्रश्न छैन, आरोप छ। इतिहास बुझ्ने फुर्सद छैन, तर दोष दिने हतार छ। तैपनि सबै सकिएको छैन। देश अझै बाँचेको छ किनकि सबैले झुटो बोलेका छैनन्। सबैले चुप बसेका छैनन्। राष्ट्रवाद ठूलो स्वर होइन, सानो इमान हो। देश बनाउने सपना भाषणमा होइ...