Skip to main content

मेरो साधारण बुझाइ, यो दौड हो कि भागदौड ?

मेरो साधारण बुझाइ,  यो दौड हो कि भागदौड ?

जिजुबुवाहरु कतै जानुभएन। धेरै हिड्नु पर्ने बाटो अप्ठ्यारो भएर हो कि वा आफ्नै माटोमा सबै थोक देखेर हो, गाउँ घर तिरै रमाउनु भयो। हजुरबा पुस्ता अलि पर  भारत बर्मा सम्म पुग्नु भयो। केही पढ्नुभयो  केही नयाँ कुरा सिकेर आउनुभयो। तर उतै हराउनु भएन। गाउँ फर्किएर गाउँ मै अर्थोपार्जन र बिधालयहरु स्थापना गर्नु भयो। बाउहरुको लागि सपना देख्नु भयो। खेतवारि जोडि घर धनसार बनाउनु भयो।बुवा पुस्ताले बिधालयमा केही पद्न पाउनु र नया कुरा सिक्न पाउनु भयो। यो पुस्ताले हजुरबाहरुको सपना बुझेन्न वा आफ्नै सपना पूरा गर्न भौतारियो, कोहि बिदेश गए कोहि शहर पशे। बिदेश जाने थोरै थिए धेरै फर्किए, पछि आफनै थाक थलोमा। शहर पस्नेहरु शहर मै हराए। नातिहरु जन्मिने क्रम जारि नै रह्यो। नाति हरु ठुला हुन्दा सम्म धेरै ठाउँ बाटो ले जोडियो। सन्चार माध्यमले धेरै मान्छेहरुसग जोडिए। नयाँ कुरा धेरै थाहाँ पाए। सपना र चाहाना पनि तेहि अनुसार परिवर्तन भयो।  देशले मात्र उनिहरुका चाहाना पुर्याउन सकेन भनुम।धेरै लागे बिदेश। अहिले सम्म लागिरहेछ्न । अब पनाति हरु उतै जन्मिने भए, उनिहरुको सपना यो धर्तीले थेग्ला कि न थेग्ला म सोचिरहेको छु। मान्छे यस्तो जात रैछ, जो एउटा पुस्ताले देखेको सपनामा तृप्त नहुने रैछ।  नयाँ पन जहिले खोजिराख्ने रैछ। नयाँ ठाउँ पनि खोजिरहने हो कि झै लाग्छ। अहिले त एउटा पुस्ता देखि आर्को पुस्ता एकै ठाउँ पनि नबस्ने भए। हजुरबाले बनाएको घरमा बा बस्नु भएन। बाले बनाएको घरमा हामी बसेका छैनौ।अब हामी ले बनाएको घरमा यी छोराछोरी बस्छ् भन्ने मलाइ लाग्दैन। 

हामी सबैले भन्ने गर्छौ, परिवर्तन सन्सारको नियम हो। तर अहिले समाज र मानिसको सोचाइ मा आउने परिवर्तन टेक्नोलोजीको दुर्त बिकास सगै अकल्पनीय हुँदै आएको छ। अबको २० बर्शमा हाम्रो समाज कुन र सन्सार कस्तो अबस्थामा हुन्छ हामी धेरैले आकलन गर्न सक्दैनै अनि हामीलाई  परिवर्तित समय र समाजले बिरोधाभाषमा धकेलिरहेको हुन्छ। 

- सुदर्शन सापकोटा 
2/01/2024

Comments

Popular posts from this blog

पर बाट देशलाई हेर्दा।

परदेश बाट देशलाई हेर्दा। हाम्रो आफ्नै भुगोल छ। भाषा छ। आफ्नै धर्म छ। देवता छ्न आफ्नै। नभएको त बुझाइ मात्र हो। आफ्नै इतिहास छ। भित्तामा आफ्नै पात्रो छ। गति आफ्नै छ। नभएको त गति तिब्र मात्र हो। सन्सार हेर्नलाई सगरमाथा छ। फेर्नको लागि सफा हावा छ। अन्नको लागि तराइको फाट छ। भिमकाय पहाड छ्न, खानी छ, मुलको पानी छ  नहुनु पर्ने चाँइ हैरानी मात्र हो। आफ्नै गित छ्न संगीत छ्न। गायक छ्न गायिका छ्न। चलचित्र पनि आफ्नै छ्न। हिरो छ्न, हिरोईन छ्न। खड्किन थालेको चाइ आफ्नै कथा हो। हामी सग के छैन? हामीसग हिड्नलाई बाटो छ। पुरानो सभ्यताको पाटो छ। आफैले आर्जेको देशको माटो छ। नहुन पर्ने चाइ जात-धर्मको नाउँमा फाटो हो। हेर्ने हो भने हामी सग पहिला नै धेरै कुरा छ्न। बिधुतको लागि खोला-नदि छ्न। पर्यटनको लागि सुन्दर  प्रकृति छ। सन्तुलित हावा पानी छ। न बनाय हुने भनेको दुत्सित मात्र हो। बिद्यालय छ्न। बिश्वबिद्धालय छ्न। बिध्या पिठ छ्न। बिद्यार्थी छ्न( अहिले सम्म) खड्किएको भनेको देशलाइ चाहिने पाठ्यक्रम र पठन पाठन हो। सानो भूगोल भैकन पनि हाम्रो देश सग धेरै कुरा छ। हिमाल छ।  हिमालमा हिउँ छ( अहिले सम्म) सबै हि...

उल्ले उल्लाइ भन्यो

उल्ले उल्लाइ भन्यो, उल्ले उल्लाइ भनेन। उल्ले उल्लाइ मान्यो, उल्ले उलाइ मानेन। उस्को कुरा गर्यो यता, उता आफ्नो अर्कोले गर्छ। यताको कुरा उता, उताको कुरा यता भ्रम मात्रै पर्छ। उ राम्रो उ नराम्रो, आफ्नु राम्रो आफ्नै कुरा सहि। यसो भन्दै गर्दा, मान्छे खुसी हुन सकेको छैन कहि। उस्को कुरा सुन्यो, उस्को कुरा सुनायो रमायो। यता पनि ठिक उता पनि ठिक्क, मात्र बनायो। आफ्नो काम नगर्यो अर्काको काम यस्तो उस्तो भन्यो। आफु कुरा काट्यो अनि फेरि कुरा काट्छ्न मात्र भन्यो। नसकिने भो मान्छेको जातलाइ, सुनाउ कस्लाइ यो। सब भलो सोचे भो नि, नभए कुभलो त नसोचे हुने हो। दुख आफ्नै मनमा, काम आफ्नै, फेरि कुरा अरुकै किन? खुसि पनि आफै हुने हो, दुखी पनि आफै, यो कुरा चीन। उल्ले उल्लाइ दोस लगायो, फेरि उल्लाइ उस्ले लगायो। यस्तै बिना कामको कुरा गर्दै खुसी भन्ने कुरा सब भगायो।   - असोज १५, २०८१

सत्यको प्रतिबिम्ब

सत्यको प्रतिबिम्ब मैले एना हेरेको छु, जैले हेरेको छु, एना उस्तै छ, स्थिर, मौन, तर म भने बदलिँदै गएको छु। कैले हाँस्ने अनुहार देख्छु आशाको फूल फुल्यो जस्तो, जीवन जितेँ जस्तो, बायुले पनि मलाई सलामी दिए जस्तो। कैले उदास नजर देख्छु हारको भारी बोकेको, नपुगेका सपनाको धुलोमा ढाकिएको, र खोसिएको क्षणहरूको खट्काले छोपिएको। एना मौन रहन्छ, तर मेरो बदलिँदो अनुहारमा उमेरका रेखाहरू कोरिन्छन्, आफ्नै कथा लेखिँदै जान्छन्। मैले एना हेरेको छु, यसले मेरा आँसु पनि देखेको छ, मेरो हाँसो पनि देखेको छ, मेरो मौनतामा लुकेका रहस्य पनि यसले नबोलेरै बुझेको छ। कसैले सम्झेन, तर एना तिमी मेरो साथी छौ, जसले न त झूट देखाउँछौ। न त ढाँट्छौ। न त अरूले जस्तो आश्वासन दिन्छौ। तिमीले आजको म देखाउँछौ, समयको छाप सहित। न भविष्य, न भूत, जस्तो उभिएको छु, त्यस्तै प्रष्ट देखाउँछौ। तर कहिलेकाहीँ लाग्छ, एना बाहिरको अनुहार मात्र देखाउँछ, भित्रको आत्मा भने अझै मौन छ। भित्रका ज्वालाहरू, भित्रका शून्यता, भित्रका अपूर्णताहरू, तिमीले नदेखाएको जस्तो लाग्छ। यतिबेला सोच्छु, यदि एना भित्र घुस्न सकेँ भने, शायद मलाई मेरो वास्तविक स्वरूप भेटिन्छ, शा...