म एउटा गित लेख्छु।
मेरो जिन्दगिको।
म बस्छु।
म उठ्छु, हिड्छु।
म डौडिन्छु।
आज पनि डौडिरहेको छु।
म देख्छु भबिस्य,
मेरो कल्पनाको।
म सोच्छु।
म सुन्छु, म बोल्छु।
म गम्छु म रम्छु।
आज पनि म देखिरहेको छु।
आँखा खोल्छु।
दिन जाग्छ।
आँखा चिम्लिदा रात भाग्छ।
हो म लेख्छु मेरो कथा।
म भन्छु एक दिन मेरो बेथा।
म आफै पड्छु मन मनै मेरो गाथा।
आज पनि पढिरहेको छु।
म फेरि लेख्छु।
कबिता मेरो सपनाको।
म उडेको म लडेको।
यो धर्ती भित्र म गडेको।
सगरमाथा पनि मै चडेको।
म सुतेको हु वा बिउँझेको।
म कबिता लेखिरहेछु मेरै सपनाको।
म घुम्छु सन्सार !
सन्सार पनि आफै घुमिरहेको छ।
दिन रात सघै एक साथ
देख्छु, मान्छे आफै घुमेको बार बार।
कैले मन्दिर कैले समुन्द्र को तिर।
के होला कसो होला मनमा प्रस्न छ्न हजार।
घुमेको सन्सारमा फेरि हामी घुमेको के होला सार?
म सोद्छु प्रश्न।
आफै सग।
म दिन्छु उत्तर आफैलाइ।
म जन्मे म हुर्के, हो सबै हुर्के।
अहिले पनि हुर्किरहेका छ्न।
जो हिजो थियो आज उहीँ छैन।
हो आज छ भोलि यहि हुदैन।
सबै आउछ्न सबै जान्छ्न।
जाँदैछन....आउदै छ्न।
यहि बिचमा म छु।
म सोघ्छु।
म किन छु? कता छु।
आउदै छु वा जाँदै छु?
उ जाँदै छ हिजो आएको रे।
सोधौ की झै लाग्छ कता जाँदै भनेर।
होस!
म आफैलाई सोध्छु।
म आफैलाइ भन्छु।
म आफैलाइ बुझ्छु।
म आफैलाइ सुन्छु।
"म" भनेको चै को हो त?
मै माथी मेरो प्रश्न।
उत्तर खोजीमा छु।
आज पनि खोजिरहेको छु।
म लेख्दै छु!
यो गित हो कि कबिता?
म बस! लेखिरहेछु।
जिन्दगिको यो कल्पना हो कि सपना?
थाहा छैन,
तर म लेख्दै छु जिन्दगी... बिपनामा।
- सुदर्शन सापकोटा
1st August 2024
Comments
Post a Comment