Skip to main content

मेरो हरेक कृयाकलापमा नेपालीपन झल्किन्न भने,नेपाल मेरो देश कसरी भयो?

मेरो हरेक कृयाकलापमा नेपालीपन झल्किन्न भने,
नेपाल मेरो देश कसरी भयो?
कारण बिभिन्न होलान्, बाध्यता अनगिन्ति हुन
सक्छन, स्वार्थ हजार होलान् अनि मान्छे को तुलनिय
स्वभावले हजार
प्रतिस्पर्धी चाहना उब्जाएका होलान् जस्ले मलाई
मेरो वास्तविक् पहिचान बाट टाढा टाढा राख्न
बिशाल दिवार झै खडा उभिएर रोकेको अचानक महसुस
गराउछ! एस्तो महसुस हुनु कति ठीक वा कति बेठिक;
अन्तहिन तर्क होलान्, फेरी पनि एस्तो महसुस हुनु
मात्र पनि त हरेक तर्कको जबाफ हो!
जानि नजानि मैले गाली गरें देश लाई, मेरो देश किन
ऊन्नतिको सिखर मा पुग्न सकेन,
सगरमाथा को चुचुरो चुम्न सकेन
सम्मुन्नतिको ऊचाइमा!तर थाहा पाये यी सबै मह्सुस
गराउने त फेरी पनि तुलना नै कारक रहेछ! अनी अझ पर
सोचे र महसुस भयो मैले त म भएर तुलना गरेकै होइन
रहेछु!मसँग को पराइत्व भाब ले म सँग नै तुलना गर्दै
अनि मलाई नै गिज्याउदै गरेको महसुस गरे र आँफैलाई
धिक्कारे; म आफुलाई नै मेरो दृष्टि बाट हेर्न सक्दिन
भने मेरो देश लाई मेरो रआफनत्व को दृष्टि बाट
कसरि हेर्ने होला र हेरी रहेको हुला? अनी फेरी देशले
यो दिएन, त्यो दिएन भनेर अशन्तुस्टि भाब छरपस्ट
पारेर देश लाइ सराप्नु, धिक्कार्नु को अर्थ
कसरी फेला पर्ला!
रुप जस्तो सुकै
भएपनी देश प्रतिको आक्रोस को महत्वपूर्ण
हिस्सा पराइत्व को नजर बाट आफुलाई हेर्ने कारण ले
ओगटेको यथार्थ महसुस गर्न थाले!
हुम्ला जुम्ला वा तेस्तै बिकट र अती अभाब
मा नारकिय जिबन जिउदै
गरेका नेपाली हरुका तेती धेरै गुनाशा छैनन देश
प्रति जहाँ दुनियाँ का भन्ने गरिएका सम्पन्न, सभ्य
समाज का आवश्यकता र चाहना हरुका छेऊ पुग्न सकोस!
किन भने उनका चाहना र इक्षा हरु उन्कै आवश्यकता र
भोगाइ का उपज हुन! बिदेशी गन्ध छैन
तिनका चाहना हरुमा, बिदेशी रङ छैन तिनका रगतमा,
न त स्वार्थ, न त प्रतिस्पर्धा नै जो बिदेशी मलले
हलक्क बढाएको होस्! आफ्नु पनको आँखाले तिनी जे
देख्छन, तेही चाहना र स्वार्थ नै
तिनका भावमा ब्यत्त हुन्छन! तिनी आफ्नु १६ औ
शताब्दिका अबश्यक्ता लाइ २१
सौ शताब्दिको नजरले हेर्दैनन् वा हेर्न जान्दैनन् र
सोही अनुरुप उनका गुनाशा हरु पनि २१
सौ शताब्दी का छैनन! होइनन!
अर्को कुरा; नेपालको उन्नती गर्न नेपाली भएर
ऊन्नतिको सुरु गर्नु पर्छ! तुलना उन्नतिलो सँग गर्ने
अनि सुरुवात आँफैले टेकेको ठाउँ बाट नगर्ने हो भने
कहिले उन्नतिको उचाइ चढिन्न! हामी सँगै
उन्नतिको दौड थालेका जापान र चिन लाइ हेरौ! आफु
भन्दा अघि लागेका हरुको नक्कल गर्न खोजेको भए,
उन्नती हासिल गरेका हरुको आँखा बाट हेरेर आफ्नु
उन्नती सुरु गरेको भये लगभग् ६० बर्ष
अघि हामी बराबर रहेका जापान र चिन आज
संसारको दौड उछिन्ने पंती मा हुने थिएनन! जापान
आज प्रबिधी को चारमोत्कर्शमा छ भने चिन
का आधा जनसंख्या बिदेश निर्यात मा तल्लिन छन!
गाउका दुर दराजमा बस्ने चाइनिज जनता ऊच्च
कोटिको घरेलु उत्पादन निर्यात गर्छन् र डलर
भित्र्याउछन! संसारको अर्थतन्त्र मा भुकम्प ल्याउन
सक्ने खुबी बिकाशित् गरेका छन् चाइनिज हरुले हाम्रै
बारीको कान्ला मुनी! ६० बर्ष अघि एकै दिन
हामी सँगै उडान सुरु गरेको थाइ एयर्लाइन्स आज संसार
भर लगभग २०० जहाज लिएर उडी रहेको छ, हामी सधैं
एउटा दुइटा जहाज को कमिसन गन्दै कुकुरले
हाडको टुक्रोमा लुछा चुडी गरेझै फुर्सद पायेका छैनौ!
भुटानले समेत् बिद्युत उत्पादन गरेर आफ्नु अर्थ तन्त्र
मज्बुत बनाइ रहदा हामी भने २% भन्दा कम् उत्पादन
को हालत मा औसिको रात झै रात गुजार्न वाध्य छौ;
बेच्ने कुरा भो नगरौ! बारीमा आलु नऊमार्ने
अनि बजारमा मेरो बारीमा फल्ने आलुको मोल धेरै आउछ
भन्नुको केही तुक छैन!
अन्तमा, नेता, बुद्दीजिबी अनि आम् जनता ले
उन्नतिको सुचना आफुले भ्याये जति राख्ने तर
सफलता प्राप्ति को सुरुवात उन्नती गरिसकेका हरु
नभएर आफ्नु सन्दर्भ बाट सुरु गर्ने हो भने
हाम्रो बिकासको गतिले पक्कै अघिल्लो गियर
समाउछ, बिकाशित् हरुको नजर बाट बिकास खोज्न
थालियो भने गाई गोरु लाइ स्याउला कात्न बनमा रुख
चढेको गोठालो ले मोबाईल फोन बाट आमालाई
खाजा ल्याइ दिने सुचना छोडे जस्तो खालको बिकास
भन्दा फरक हामीले प्राप्त गर्ने उन्नती हुने छैन!
मेरो हरेक कृयाकलापमा नेपालीपन झल्किन्न भने,
नेपाल मेरो देश कसरी भयो? जब म नेपाली ठहरिन
लाएक नै छैन भने मैले बक्ने फुस्रो राष्ट्रियता को के नै
मोल भयो?

Comments

Popular posts from this blog

जब इन्जिनियर र भूगर्भविद् सँगै हिँड्छन्, विकास सुरक्षित हुन्छ

जब इन्जिनियर र भूगर्भविद् सँगै हिँड्छन्, विकास सुरक्षित हुन्छ नेपाल अहिले तीव्र पूर्वाधार विकासको चरणमा प्रवेश गरेको छ। देशभरि राजमार्ग विस्तार, सुरुङ मार्ग निर्माण, जलविद्युत् आयोजना, र ठूला बाँधहरू निर्माण भइरहेका छन्। नागढुंगा–नौबिसे सुरुङदेखि लिएर विभिन्न हाइड्रोपावरका हेडरेस टनेलहरू, पहाडी सडक विस्तार, र नदी नियन्त्रणका कामहरूले विकासको नयाँ गति देखाइरहेका छन्। यति मात्र होइन, नेपालका विश्वविद्यालयहरूमा Engineering Geology जस्तो विशिष्ट विषयको अध्ययनसमेत सुरु भइसकेको छ, जसले भूगर्भ र इन्जिनियरिङबीचको सम्बन्धलाई शैक्षिक रूपमा मजबुत बनाउने प्रयास गरेको छ। तर यति सकारात्मक प्रगति हुँदाहुँदै पनि एउटा मूल प्रश्न अझै उस्तै छ, भूगर्भविद्हरू किन अझै परियोजनाको नेतृत्वमा देखिँदैनन्? नेपालको भौगोलिक बनावट विश्वमै सबैभन्दा जटिलमध्ये एक मानिन्छ। हिमालय क्षेत्रको सक्रिय टेक्टोनिक गतिविधि, कमजोर चट्टान संरचना, उच्च वर्षा, र तीव्र ढलानले यहाँको भूगर्भलाई अत्यन्त संवेदनशील बनाएको छ। यही कारणले गर्दा यहाँका इन्जिनियरिङ परियोजनाहरू केवल डिजाइनको विषय मात्र होइन, भूगर्भीय जोखिमसँग प्रत्यक्ष जुध्ने प...

हाम्रो आँखाको व्यस्तता र मस्तिष्कको मौनता

बिहान आँखा खुलेदेखि नै हाम्रो दिन हेरेर सुरु हुन्छ। मोबाइलमा समय हेर्‍यौँ, समाचार पढ्यौँ, सामाजिक सञ्जाल खोल्यौँ। काममा पुगेपछि कम्प्युटर हेर्‍यौँ। फुर्सद भयो फेरि मोबाइल हेर्‍यौँ। राति सुत्नुअघि पनि मोबाइल नै अन्तिम साथी बन्छ। आँखाले दिनभरि धेरै कुरा देखिरहेका छन्। तर देखेको कुरा बुझ्ने र त्यसबाट आफ्नो विचार बनाउने काम त मस्तिष्कले गर्छ। त्यसैले आजको प्रश्न आँखाको थकानको मात्र होइन, हाम्रो मस्तिष्कले कति समय स्वतन्त्र रूपमा सोच्न पाइरहेको छ भन्ने पनि हो। हामीसँग सूचना पहिलेभन्दा धेरै छ, तर आफ्नै विचारका लागि समय भने कम हुँदै गएको त छैन? सूचनाको यो बाढीले हाम्रो सोच्ने शैली पनि बदलिरहेको छ। एउटा कुरा पढ्न नपाउँदै अर्को सूचना आउँछ। एउटा भिडियो सकिन नपाउँदै अर्को सुरु हुन्छ। हामी एउटा विषयमा गहिरिनुभन्दा अर्को विषयमा छिटो पुग्न अभ्यस्त हुँदै गएका छौँ। कहिलेकाहीँ केही समय चुपचाप बस्दा पनि मोबाइल निकालिहाल्छौँ। तर मस्तिष्कलाई पनि केही खाली समय चाहिन्छ। त्यही समयमा मानिसले देखेका र सुनेका कुरालाई सम्झन्छ, जोड्छ र आफ्नै निष्कर्ष निकाल्छ। सायद आज हामीलाई सूचनाको अभावभन्दा पनि सूचनाबीच सोच्ने ...

Slope Stability मा Bio-Engineering किन आवश्यक छ?

Slope stability मा Bio-Engineering किन आवश्यक छ?  हामो देश नेपालका पहाडहरू सुन्दर छन्, तर त्यही सुन्दरता हाम्रो पूर्वाधारका निर्माणका लागि सबैभन्दा ठूलो चुनौती पनि हो। भिराला जमिन, कमजोर भू–संरचना, अत्यधिक वर्षा र अव्यवस्थित मानवीय हस्तक्षेपका कारण नेपालमा पहिरो, माटो कटान र सडक अवरोध हरेक वर्ष दोहोरिने समस्या बनेको छ। सडक निर्माणसँगै हुने कटान, blasting र अनियन्त्रित cut-and-fill ले प्राकृतिक सन्तुलन बिगार्दा, धेरै सडक केही वर्षमै जोखिममा पर्छन्। यसले जनधनको क्षतिसँगै विकासको गति पनि अवरुद्ध बनाइरहेको छ। यी समस्याको समाधानका रूपमा हामीले दशकौँदेखि कङ्क्रिट, ग्याबियन र रिटेनिङ वालमा भर पर्यौ। तत्काल देखिने यस्ता संरचनाले केही हदसम्म राहत दिए पनि, दीर्घकालमा उच्च लागत, बारम्बार मर्मत र वातावरणीय असरका कारण ती सधैँ प्रभावकारी साबित भएका छैनन्। यही सीमितताबाट जन्मिएको वैकल्पिक सोच हो Bio-engineering। Bio-engineering भन्नाले जीवित वनस्पतिलाई वैज्ञानिक ढंगले प्रयोग गरी ढलान र माटोलाई स्थिर बनाउने विधि बुझिन्छ। यो कुनै “सजावटी” उपाय होइन, न त civil engineering को प्रतिस्थापन नै हो। बरु, ...