मेरो हरेक कृयाकलापमा नेपालीपन झल्किन्न भने,
नेपाल मेरो देश कसरी भयो?
कारण बिभिन्न होलान्, बाध्यता अनगिन्ति हुन
सक्छन, स्वार्थ हजार होलान् अनि मान्छे को तुलनिय
स्वभावले हजार
प्रतिस्पर्धी चाहना उब्जाएका होलान् जस्ले मलाई
मेरो वास्तविक् पहिचान बाट टाढा टाढा राख्न
बिशाल दिवार झै खडा उभिएर रोकेको अचानक महसुस
गराउछ! एस्तो महसुस हुनु कति ठीक वा कति बेठिक;
अन्तहिन तर्क होलान्, फेरी पनि एस्तो महसुस हुनु
मात्र पनि त हरेक तर्कको जबाफ हो!
जानि नजानि मैले गाली गरें देश लाई, मेरो देश किन
ऊन्नतिको सिखर मा पुग्न सकेन,
सगरमाथा को चुचुरो चुम्न सकेन
सम्मुन्नतिको ऊचाइमा!तर थाहा पाये यी सबै मह्सुस
गराउने त फेरी पनि तुलना नै कारक रहेछ! अनी अझ पर
सोचे र महसुस भयो मैले त म भएर तुलना गरेकै होइन
रहेछु!मसँग को पराइत्व भाब ले म सँग नै तुलना गर्दै
अनि मलाई नै गिज्याउदै गरेको महसुस गरे र आँफैलाई
धिक्कारे; म आफुलाई नै मेरो दृष्टि बाट हेर्न सक्दिन
भने मेरो देश लाई मेरो रआफनत्व को दृष्टि बाट
कसरि हेर्ने होला र हेरी रहेको हुला? अनी फेरी देशले
यो दिएन, त्यो दिएन भनेर अशन्तुस्टि भाब छरपस्ट
पारेर देश लाइ सराप्नु, धिक्कार्नु को अर्थ
कसरी फेला पर्ला!
रुप जस्तो सुकै
भएपनी देश प्रतिको आक्रोस को महत्वपूर्ण
हिस्सा पराइत्व को नजर बाट आफुलाई हेर्ने कारण ले
ओगटेको यथार्थ महसुस गर्न थाले!
हुम्ला जुम्ला वा तेस्तै बिकट र अती अभाब
मा नारकिय जिबन जिउदै
गरेका नेपाली हरुका तेती धेरै गुनाशा छैनन देश
प्रति जहाँ दुनियाँ का भन्ने गरिएका सम्पन्न, सभ्य
समाज का आवश्यकता र चाहना हरुका छेऊ पुग्न सकोस!
किन भने उनका चाहना र इक्षा हरु उन्कै आवश्यकता र
भोगाइ का उपज हुन! बिदेशी गन्ध छैन
तिनका चाहना हरुमा, बिदेशी रङ छैन तिनका रगतमा,
न त स्वार्थ, न त प्रतिस्पर्धा नै जो बिदेशी मलले
हलक्क बढाएको होस्! आफ्नु पनको आँखाले तिनी जे
देख्छन, तेही चाहना र स्वार्थ नै
तिनका भावमा ब्यत्त हुन्छन! तिनी आफ्नु १६ औ
शताब्दिका अबश्यक्ता लाइ २१
सौ शताब्दिको नजरले हेर्दैनन् वा हेर्न जान्दैनन् र
सोही अनुरुप उनका गुनाशा हरु पनि २१
सौ शताब्दी का छैनन! होइनन!
अर्को कुरा; नेपालको उन्नती गर्न नेपाली भएर
ऊन्नतिको सुरु गर्नु पर्छ! तुलना उन्नतिलो सँग गर्ने
अनि सुरुवात आँफैले टेकेको ठाउँ बाट नगर्ने हो भने
कहिले उन्नतिको उचाइ चढिन्न! हामी सँगै
उन्नतिको दौड थालेका जापान र चिन लाइ हेरौ! आफु
भन्दा अघि लागेका हरुको नक्कल गर्न खोजेको भए,
उन्नती हासिल गरेका हरुको आँखा बाट हेरेर आफ्नु
उन्नती सुरु गरेको भये लगभग् ६० बर्ष
अघि हामी बराबर रहेका जापान र चिन आज
संसारको दौड उछिन्ने पंती मा हुने थिएनन! जापान
आज प्रबिधी को चारमोत्कर्शमा छ भने चिन
का आधा जनसंख्या बिदेश निर्यात मा तल्लिन छन!
गाउका दुर दराजमा बस्ने चाइनिज जनता ऊच्च
कोटिको घरेलु उत्पादन निर्यात गर्छन् र डलर
भित्र्याउछन! संसारको अर्थतन्त्र मा भुकम्प ल्याउन
सक्ने खुबी बिकाशित् गरेका छन् चाइनिज हरुले हाम्रै
बारीको कान्ला मुनी! ६० बर्ष अघि एकै दिन
हामी सँगै उडान सुरु गरेको थाइ एयर्लाइन्स आज संसार
भर लगभग २०० जहाज लिएर उडी रहेको छ, हामी सधैं
एउटा दुइटा जहाज को कमिसन गन्दै कुकुरले
हाडको टुक्रोमा लुछा चुडी गरेझै फुर्सद पायेका छैनौ!
भुटानले समेत् बिद्युत उत्पादन गरेर आफ्नु अर्थ तन्त्र
मज्बुत बनाइ रहदा हामी भने २% भन्दा कम् उत्पादन
को हालत मा औसिको रात झै रात गुजार्न वाध्य छौ;
बेच्ने कुरा भो नगरौ! बारीमा आलु नऊमार्ने
अनि बजारमा मेरो बारीमा फल्ने आलुको मोल धेरै आउछ
भन्नुको केही तुक छैन!
अन्तमा, नेता, बुद्दीजिबी अनि आम् जनता ले
उन्नतिको सुचना आफुले भ्याये जति राख्ने तर
सफलता प्राप्ति को सुरुवात उन्नती गरिसकेका हरु
नभएर आफ्नु सन्दर्भ बाट सुरु गर्ने हो भने
हाम्रो बिकासको गतिले पक्कै अघिल्लो गियर
समाउछ, बिकाशित् हरुको नजर बाट बिकास खोज्न
थालियो भने गाई गोरु लाइ स्याउला कात्न बनमा रुख
चढेको गोठालो ले मोबाईल फोन बाट आमालाई
खाजा ल्याइ दिने सुचना छोडे जस्तो खालको बिकास
भन्दा फरक हामीले प्राप्त गर्ने उन्नती हुने छैन!
मेरो हरेक कृयाकलापमा नेपालीपन झल्किन्न भने,
नेपाल मेरो देश कसरी भयो? जब म नेपाली ठहरिन
लाएक नै छैन भने मैले बक्ने फुस्रो राष्ट्रियता को के नै
मोल भयो?
परदेश बाट देशलाई हेर्दा। हाम्रो आफ्नै भुगोल छ। भाषा छ। आफ्नै धर्म छ। देवता छ्न आफ्नै। नभएको त बुझाइ मात्र हो। आफ्नै इतिहास छ। भित्तामा आफ्नै पात्रो छ। गति आफ्नै छ। नभएको त गति तिब्र मात्र हो। सन्सार हेर्नलाई सगरमाथा छ। फेर्नको लागि सफा हावा छ। अन्नको लागि तराइको फाट छ। भिमकाय पहाड छ्न, खानी छ, मुलको पानी छ नहुनु पर्ने चाँइ हैरानी मात्र हो। आफ्नै गित छ्न संगीत छ्न। गायक छ्न गायिका छ्न। चलचित्र पनि आफ्नै छ्न। हिरो छ्न, हिरोईन छ्न। खड्किन थालेको चाइ आफ्नै कथा हो। हामी सग के छैन? हामीसग हिड्नलाई बाटो छ। पुरानो सभ्यताको पाटो छ। आफैले आर्जेको देशको माटो छ। नहुन पर्ने चाइ जात-धर्मको नाउँमा फाटो हो। हेर्ने हो भने हामी सग पहिला नै धेरै कुरा छ्न। बिधुतको लागि खोला-नदि छ्न। पर्यटनको लागि सुन्दर प्रकृति छ। सन्तुलित हावा पानी छ। न बनाय हुने भनेको दुत्सित मात्र हो। बिद्यालय छ्न। बिश्वबिद्धालय छ्न। बिध्या पिठ छ्न। बिद्यार्थी छ्न( अहिले सम्म) खड्किएको भनेको देशलाइ चाहिने पाठ्यक्रम र पठन पाठन हो। सानो भूगोल भैकन पनि हाम्रो देश सग धेरै कुरा छ। हिमाल छ। हिमालमा हिउँ छ( अहिले सम्म) सबै हि...
Comments
Post a Comment