Skip to main content

सकरात्मक सोच ।


हामी आफ्नो जीवनकालमा धेरै पटक भन्ने गर्छौ, सुन्ने
गर्छौ जीवनमा सफलता प्राप्त
गर्नको निम्ती सपना देख्नु जरुरी हुन्छ!"उदेश्य के लिनु
उडी छुनु चन्द्र एक" भनेर कवि लक्ष्मी प्रसाद
देवकोटाले यही कुरा इङीत गर्न खोजेका हुन!
चन्द्रमा छुने चाहना गर्नेले कमसेकम
समयको एउटा बिन्दुमा सपना देख्नु जरुरी हुन्छ!
यहाँ निन्द्रामा देखिने सपनाको कुरा गरिरहेको छैन
मैले! उसो भए यो सपना के हो त?? प्रख्यात अणु
बैज्ञानीक अब्दुल कलाम भन्छन " सपना त्यो होइन
जो निन्द्रामा देखिन्छ, सपना त त्यो हो जसले
सपना देख्नेको निन्द्रा खोस्छ"! सपना त्यो हो जुन
वर्तमानमा घटिरहेको हुँदैन, तर
पनि घटिरहेको महशुस गराउछ!
अनी त्यो प्राप्तिको सम्भावनाको सन्केत गराउछ र
त्यस निम्ती उक्साउछ!
यहाँ प्रश्न उठ्न सक्छ जीवनमा सफल हुने सपना त सबैले
देख्छन तर किन सबै सफल हुँदैनन? तर
वास्तविकता त्यस्तो हुँदै होइन! जोसँग सकारात्मक
सोच हुँदैन उसले त सपना देखेकै हुँदैन!उसले केवल
अरुको सफलता देखेर सो प्राप्तिको कल्पना मात्र
गरिरहेको हुन्छ! मतलव उ अरु कसैको साकार
भएको सपनाको चाहना मात्र गरिरहेको हुन्छ!
हो अरुको सफलता कसैको निम्ती उत्प्रेरणा बन्न सक्छ,
तर सपना बन्नै सक्दैन! सकारात्मक सोच
बिना अरुको साकार सपनाको नक्कल गर्दा तीन
बल्ड्याङ खाएका मान्छे हामीले धेरै देख्ने
गर्छौ समाजमा! किनभने त्यो उसको आफ्नु सपना नै
थिएन, थियो त मात्र नक्कल!
सकारात्मक सोचले सपना साकार पार्न उर्जा प्रदान
गर्छ! एउटा हवाइ जहाज सपना हो भने,
त्यसमा हालिने इन्धन सकारात्मक् सोच हो जसले
जहाजलाई निरन्तर उड्ने उर्जा प्रदान गर्छ र
अन्तमा गन्तब्य सम्म पुर्याउछ! वर्तमानका मुल्य
मान्यता को सिमा भित्र मात्र रहेर सपना साकार
पार्ने कुरा सम्भब हुँदैन!समाजले
वर्तमानमा अङालेका सिधान्त गलत नहोलान तर
त्यही मात्र सत्य हो भन्न सकिन्न्न!कुनै बेला असम्भब
लाग्ने चन्द्र छुने
कुरा वर्तमानमा बिज्ञानीकका निम्ती सएर गर्ने
ठाउँ बनेको छ! आकाशम आज चरा झै उड्न सम्भव बनाउने
कुरा कुनै बेला त्यसबेलाको समाज भन्दा फरक बिचार
राख्ने राइट दाजुभाइको सपना थियो! आजको आधुनिक
संसार निर्माण गर्ने भौतिक बिज्ञानको दर्शन
स्थापित गर्ने न्युटन तात्कालिन समाज
को निम्ती पागल दर्जिएका थिए! अहिले सम्म
पत्ता लागेका तथ्य हरुको आधारमा मात्र
हामी सौर्य मन्डल अनी पृथ्वीको बिशाल
उपस्थिती को कुरा गरिरहेका छौ! सम्पूर्ण
ब्रम्हान्डको तुलनामा हुन सक्छ
पृथ्वी एउटा घामको किरण भित्र हल्लिरहेको देखिने
सानो धुलोको कण जत्रो मात्र छ! भन्न के खोजेको भने
कुनै पनि सत्य भन्दा पर पनि सत्य छ भन्ने कल्पना गर्नु
नै सपना हो!मान्छे आफु हरेक कुरामा अर्को सँग
असमानता राख्छ!हरेक मान्छेको आफ्नु एकल पहिचान
हुन्छ जो दुनियाँको कसैसँग मेल खाँदैन! तर
जीवनको अधिकान्श समय हामी अरु जस्तै बन्ने
कुरामा लगाउछौ जुन प्रक्रिती आँफैले पनि निर्माण
गरेकै होइन!
आजको आधुनिक संसार आफु भित्रको यस्तै एकल पहिचान
र फरक बिशेषता चिन्ने हरुले निर्माण गरेका हुन!
यदी समाज भित्र बाट मात्र
उत्क्रिश्ठता खोजिएको हुन्थ्यो भने, समाज
भित्रको सोच, मुल्य र मान्यता भित्र मात्र सिमित
रहने कुरा सबै ले गर्थे भने यो समाज
जहाँ जसरी उत्पती भयो तेही त्यही ढंगमा रहने
थियो! त्यसैले सपना देख्ने हरु समाजले अङालेको सत्य
भन्दा पर पनि सत्य देख्ने गर्छन् र धैयता पुर्वक
समाजको अस्विक्रिती बिरुध संघर्श गर्छन्! विख्यात
भौतिक शास्त्री अल्बर्ट आइन्सटाइनले भन्छन "
ति मानिस हरुलाई म धन्यवाद दिन चाहन्छु जसले
मेरो कुरामा अस्विक्रिती जनायो! ति मानिस हरुनै
मेरो सफलताका कारण हुन!!" त्यसैले समाजले अगाल्ने
common sense सधैं असल sense हुँदैन, यो त केवल
common हो, ! Unique अनी उत्क्रिस्ठ त
common भन्दा अलग सोच राख्नेले मात्र देख्न सक्छ!
सपना साकार गर्न सकारात्मक् सोच जरुरी हुन्छ
भनियो तर त्यो प्राप्त हुन्छ कसरी?
कैयौ प्रयासको बाबजुध असफलता मात्र हात
लागिरहदा सोच कसरी सकारात्मक् बनाउन सकिन्छ?
वर्तमानको तितो यथार्थ लाई चटक्क बिर्सेंर
कसरी एस्तो सोच बनाउन सकिन्छ? जब
हामी सकारात्मक् सोचको कुरा गर्छौ, यि र
यस्ता प्रश्न जो कोहिको दिमागमा ठोकिन्छ!
अनी लाग्छ सकारात्मक् सोच भन्ने कुरा बकवास हो!
सकारात्मक् सोच निर्माण गर्न मेहनत र धैर्यता त
पक्कै जरुरी छ तर असम्भब भने पक्कै छैन! नकारात्मक
कुराले मस्तिश्कलाई चाडै आकर्शण गर्छ किन भने यसले
निम्त्याउने परिणाम् भनेको दु:ख हो जुन
हामी कोही पनि चाहदैनौ! अनी हामी डराउछौ दु:ख
देखी! धान फलाउन असल बिउ लगाउने,
समयमा पानी दिने, गोडमेल गर्ने, स्यहार गर्ने गर्नु
पर्छ, तर त्यही छेउमा झार बिना कुनै हेरचाह हलक्कै
बढेको हुन्छ!
हरेक कुराको सकारात्मक् र नकारात्मक पक्ष हुन्छ
भन्ने कुरा सामान्यतया सबै सुन्ने गर्ने गर्छौ! तर
यसको सतही अर्थमै हामी सिमित
हुन्छौ अनी यसको गहिराइमा अन्तर्निहित सुन्दर
पक्षलाई नजर अन्दाज गरी रहेका हुन्छौ!
एकजनाको घोर दुश्मन अरु कसैको अनन्य मीत्र
बनिरहेको हुन्छ! अरुको लुटेर खाने
एउटा डाँका परिवारको सदस्यको निम्ती ज्यान दिन
तयार देखिन्छ! एउटा हाकिमको नजरमा निक्रिश्ठ
ठहरियेको कर्मचारी अर्को हाकिमको नजरमा
उत्क्रिश्ठ ठहरिन्छ! भनाइको अर्थ हरेक
ब्यक्तिमा असल र खराब गुण हुन्छन!कुनै एक
परिस्थितीमा खराब लाग्ने
ब्यक्ती अर्को परिस्थितीमा असल देखिन सक्छ! त्यसैले
ब्यक्ती आँफैमा खराब वा असल हुने होइन! जसले
ब्यक्ती वा बस्तुको सकारात्मक् पक्ष लाई महत्व
दिन्छ अनी खराब पक्षको बेवास्ता गर्छ त्यो नै
सकारात्मक् सोच राख्ने मान्छे हो!

Comments

Popular posts from this blog

पर बाट देशलाई हेर्दा।

परदेश बाट देशलाई हेर्दा। हाम्रो आफ्नै भुगोल छ। भाषा छ। आफ्नै धर्म छ। देवता छ्न आफ्नै। नभएको त बुझाइ मात्र हो। आफ्नै इतिहास छ। भित्तामा आफ्नै पात्रो छ। गति आफ्नै छ। नभएको त गति तिब्र मात्र हो। सन्सार हेर्नलाई सगरमाथा छ। फेर्नको लागि सफा हावा छ। अन्नको लागि तराइको फाट छ। भिमकाय पहाड छ्न, खानी छ, मुलको पानी छ  नहुनु पर्ने चाँइ हैरानी मात्र हो। आफ्नै गित छ्न संगीत छ्न। गायक छ्न गायिका छ्न। चलचित्र पनि आफ्नै छ्न। हिरो छ्न, हिरोईन छ्न। खड्किन थालेको चाइ आफ्नै कथा हो। हामी सग के छैन? हामीसग हिड्नलाई बाटो छ। पुरानो सभ्यताको पाटो छ। आफैले आर्जेको देशको माटो छ। नहुन पर्ने चाइ जात-धर्मको नाउँमा फाटो हो। हेर्ने हो भने हामी सग पहिला नै धेरै कुरा छ्न। बिधुतको लागि खोला-नदि छ्न। पर्यटनको लागि सुन्दर  प्रकृति छ। सन्तुलित हावा पानी छ। न बनाय हुने भनेको दुत्सित मात्र हो। बिद्यालय छ्न। बिश्वबिद्धालय छ्न। बिध्या पिठ छ्न। बिद्यार्थी छ्न( अहिले सम्म) खड्किएको भनेको देशलाइ चाहिने पाठ्यक्रम र पठन पाठन हो। सानो भूगोल भैकन पनि हाम्रो देश सग धेरै कुरा छ। हिमाल छ।  हिमालमा हिउँ छ( अहिले सम्म) सबै हि...

म लेख्दै छु बिपनामा।

म एउटा गित लेख्छु। मेरो जिन्दगिको। म बस्छु। म उठ्छु,  हिड्छु। म डौडिन्छु। आज पनि डौडिरहेको छु। म देख्छु भबिस्य, मेरो कल्पनाको। म सोच्छु। म सुन्छु, म बोल्छु। म गम्छु म रम्छु। आज पनि म देखिरहेको छु। आँखा खोल्छु।  दिन जाग्छ। आँखा चिम्लिदा रात भाग्छ। हो म लेख्छु मेरो कथा। म भन्छु एक दिन मेरो बेथा।  म आफै पड्छु मन मनै मेरो गाथा।  आज पनि पढिरहेको छु। म फेरि लेख्छु। कबिता मेरो सपनाको। म उडेको म लडेको। यो धर्ती भित्र म गडेको। सगरमाथा पनि मै चडेको। म सुतेको हु वा बिउँझेको। म कबिता लेखिरहेछु मेरै सपनाको। म घुम्छु सन्सार ! सन्सार पनि आफै घुमिरहेको छ। दिन रात सघै एक साथ  देख्छु, मान्छे आफै घुमेको बार बार। कैले मन्दिर कैले समुन्द्र को तिर। के होला कसो होला मनमा प्रस्न छ्न हजार। घुमेको सन्सारमा फेरि हामी घुमेको के होला सार? म सोद्छु प्रश्न। आफै सग। म दिन्छु उत्तर आफैलाइ। म जन्मे म हुर्के, हो सबै हुर्के। अहिले पनि हुर्किरहेका छ्न। जो हिजो थियो आज उहीँ छैन। हो आज छ भोलि यहि हुदैन। सबै आउछ्न सबै जान्छ्न। जाँदैछन....आउदै छ्न। यहि बिचमा म छु। म सोघ्छु। म किन छु? कता छु। आउदै छु वा...

मेरो साधारण बुझाइ, यो दौड हो कि भागदौड ?

मेरो साधारण बुझाइ,  यो दौड हो कि भागदौड ? जिजुबुवाहरु कतै जानुभएन। धेरै हिड्नु पर्ने बाटो अप्ठ्यारो भएर हो कि वा आफ्नै माटोमा सबै थोक देखेर हो, गाउँ घर तिरै रमाउनु भयो। हजुरबा पुस्ता अलि पर  भारत बर्मा सम्म पुग्नु भयो। केही पढ्नुभयो  केही नयाँ कुरा सिकेर आउनुभयो। तर उतै हराउनु भएन। गाउँ फर्किएर गाउँ मै अर्थोपार्जन र बिधालयहरु स्थापना गर्नु भयो। बाउहरुको लागि सपना देख्नु भयो। खेतवारि जोडि घर धनसार बनाउनु भयो।बुवा पुस्ताले बिधालयमा केही पद्न पाउनु र नया कुरा सिक्न पाउनु भयो। यो पुस्ताले हजुरबाहरुको सपना बुझेन्न वा आफ्नै सपना पूरा गर्न भौतारियो, कोहि बिदेश गए कोहि शहर पशे। बिदेश जाने थोरै थिए धेरै फर्किए, पछि आफनै थाक थलोमा। शहर पस्नेहरु शहर मै हराए। नातिहरु जन्मिने क्रम जारि नै रह्यो। नाति हरु ठुला हुन्दा सम्म धेरै ठाउँ बाटो ले जोडियो। सन्चार माध्यमले धेरै मान्छेहरुसग जोडिए। नयाँ कुरा धेरै थाहाँ पाए। सपना र चाहाना पनि तेहि अनुसार परिवर्तन भयो।  देशले मात्र उनिहरुका चाहाना पुर्याउन सकेन भनुम।धेरै लागे बिदेश। अहिले सम्म लागिरहेछ्न । अब पनाति हरु उतै जन्मिने भए, उनिहरुको ...