Skip to main content

बर्खामा सडक दुर्घटनाका कारण र न्यूनीकरणका उपाय

बर्खामा सडक दुर्घटनाका कारण र न्यूनीकरणका उपाय

अहिले हामी बर्खाको मध्यतिर छौ । बर्सेनि बर्खाको समयमा लगभग दैनिक जसो साना-ठुला सडक दुर्घटना, बाढी र पहिरोको समाचार सुन्दा आङै सिरिङ्ग हुन्छ। हाम्रो देशको विशेष गरी पहाडी इलाकामा यस्ता सडक दुर्घटनाहरू भइरहेका छन् । सवारी चापका हिसाबले अत्यन्तै व्यस्त मुग्लिङ नारायण घाट सड्क खण्ड चौडा बनाउने क्रममा अव्यवस्थित रूपमा स्लोप कटाइले यस सडक खण्ड पहिरोको उच्च जोखिममा रहेको छ । अस्थि  मात्र पनि पहिरोले सवारी साधन नै पुरिएको समाचार आइरहेको थियो । त्यस्तै भर्खरै मात्रै काठमाडौँको सडकमा आकासे पानीको सही निकास नभएकोले सडकमा पानी जमेर एउटा बच्चाले नालिमा परि ज्यानै गुमाउनु पर्यो।

विकासको मेरुदण्डको रूपमा रहेको सडक आज किन मृत्युको कारण बनिरहेको छ त ? किन यस्तो भइरहेको छ ?  के हाम्रो लागि सडक विकास बाँदरको हातमा नरिवल जस्तै भएकै हो त ?  यसरी अब्यब्स्थित अव्यवस्थित सडककै कारण देशले आफ्ना नागरिक हरुले ज्यान गुमाइ रहनु परेको अवस्था एकदमै दुखद छ र एउटा सरकारको लागि लाजको कुरा पनि हो । सरकारको मुख्य दायित्व भनेको नागरिकहरूमा सुरक्षाको प्रत्याभुति दिनु हो । तर सडक सुरक्षामा सरकारको आँखा सही रूपमा पुगिरहेको देखिँदैन । जसको कारण जनताहरूले ज्यान गुमाइ रहेका छन्। अङ्ग-भाङ भईरहेका छन् । यदि सडक दुर्घटनाको वास्तविक कारण के हो भनेर घोत्लिने हो भने, हामीले सडक निर्माण कार्यदेखि प्रयोग गर्दा सम्ममा विभिन्न पक्षहरूलाई ध्यान दिनुपर्ने देखिन्छ।

हाम्रो देश नेपालमा पछिल्लो दशकमा विकासको लागि भनेर सडक नै खनिएका छन् भन्दा फरक नपर्ला । अझ हाइड्रोपावरको निर्माण कार्यले सडक सञ्जालको बिस्तारलाई बढवा दिएको छ । सडक निर्माण गर्नु विकासका दृष्टिकोणबाट महत्त्वपूर्ण कुरा हो। तर सडक कसरी बनिरहेका छन् भने त्यो भन्दा महत्त्वपूर्ण कुरा हो । नेपाल जस्तो भौगोलिक दृष्टिकोणबाट विविध र कमजोर भौगर्भिक भू-बनोट भएको ठाउँमा त झन् सडक बनाउँदा विशेष ध्यान दिनुपर्ने हुन्छ । सडक भनेको अहिलेको युगमा एउटा सभ्य बस्तीको सुरुवात हुने ठाउँ हो । विभिन्न कोणबाट कोही न कतै सड्क सग जोडिएकै हुन्छ । सडक सबैको सरोकारको विषय पनि हो। त्यसकारण सडक बनाउँदा सडकको दिगोपनको आवश्यकतालाई बुझी भौगर्भिक अध्ययन साथै भू-बिज्ञानसग सम्बन्धित विशेषज्ञहरूको अनुभव र ज्ञानलाई  मात्र सडक निर्माण प्रक्रियामा सदुपयोग गर्न सकियो भने पनि धेरै मात्रामा भौगोलिक र भौगर्भिक कारणबाट हुने दुर्घटना र सडक क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ । साथै सडक जीवनलाई दीर्धायु बनाउन सकिन्छ। सडक निर्माणसँगै यसको प्रयोगको पक्षले पनि दुर्घटनामा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।

सडक प्रयोग गर्ने क्रममा विभिन्न पक्षहरूबाट हुने लापरबाहीले बढी दुर्घटना हुने गरेको देखिन्छ । यात्रुहरूको हतार मनस्थिति, चालक र सवारी साहु बिचमा बेलाबखत हुने तनाव पुर्न सम्बन्धको कारण पनि दुर्घटनाको कारण बन्ने गरेको सुनिन्छ। अर्को कुरा कतिपय चालकले मदिरा सेवन गरी सवारी साधन चलाउनाले, अनुभव नभएका सवारी चालक सहयोगीलाई सवारी चलाउन दिनाले, लामो रुटमा चल्ने रात्रि बसहरूमा दुई वटा चालक नहुँदा निर्दा मै सवारी चलाई दुर्घटना भएका समाचारहरू पनि आउने गरेका छन् । केही चालकमा जथाभाबी ओभरटेक गर्ने, तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनामा पर्ने गरेका छन् । यसै गरी सवारी क्षमताभन्दा बढी यात्रुहरू चलाउनाले पनि ठुलो दुर्घटनाको सिकार हुनु परेको देखिन्छ ।

अप्ठ्यारो सडकमा पुराना सवारी चलाउनाले र चालकहरूमा ट्राफिक नियमको राम्रो ज्ञान नहुनु पनि अर्को मुख्य कारण हो । यसरी यी र यस्ता कारणहरूबाट बर्सेनि विशेष गरी बर्खाको समय हुने सडक दुर्घटना र प्राकृतिक प्रकोपले धेरै जिउ-धनको क्षति भईरहेको छ। यस्ता प्राकृतिक प्रकोप र अव्यवस्थित सडकको प्रयोगबाट हुने दुर्घटनालाई रोकथाम गर्न र हुने क्षतिको न्यूनीकरण गर्न सरकारले सम्बन्धित ठाउँको भौगर्भिक स्थितिको महत्त्वलाई बुझी सडक बनाउनुपर्छ र सवारी, चालक, सहचालक कस्ता कुन मापदण्डका कस्तो सडकमा हुनुपर्ने स्पष्ट नियम बनाई कार्यान्वयन गर्नुपर्ने देखिन्छ। साथै यात्रुहरूले पनि सवारी प्रयोग गर्दा सचेत हुनुपर्छ।

सुदर्शन सापकोटा
६ श्रावण २०७४, शुक्रबार

Comments

Popular posts from this blog

यति भन्न आएको म।

मान्छेले आफू हुर्किंदै जाँदा भोगेका उतारचढावलाई बिर्सन खोजे पनि सक्दैन। सम्झनाले नै मानिसलाई बढी पिरोल्छ। विशेषगरी जुन समाज र भूगोलमा ऊ जन्मियो र हुर्कियो, त्यसको प्रभाव उमेरले करिब पचास वर्ष पुग्दा गहिरो महसुस हुन्छ। यो कसैलाई पाँच वर्ष अगाडि वा पछि पनि सुरु हुन सक्छ। जवान अवस्थामा करिब २५–३० वर्षसम्म, समान्यतय  भविष्यको चिन्तामा पिरोलिन्छ। त्यसपछिका १०–१५ वर्ष उसलाई समाजिक दबाबले बरालिदिन्छ। यो बरालिनु भनेको  जसरी खोला आफैंले बाटो बनाउँदै बग्छ, त्यस्तै हो। जीवनमा अनेक अनुभव मिसिन्छन् , जस्तै खोला बग्दा साना–ठूला खोल्साका पानी मिसिन्छन्। युवा अस्थामा मानिस अलि आवेगसहित बग्छ, तर नयाँ पुस्ता उदाउँदै जाँदा उसको गति स्थिर हुन्छ, आवाज पनि मन्द हुन्छ। खोला जस्तै मानिस जन्मथलोबाट टाढा पुग्छ, तर अझै नजिकै छु भन्ने भ्रममा बाँधिन्छ। जब उमेर ५०–५५ पुग्छ, उसले जीवनभर बेवास्ता गरेका प्रश्नहरूसँग आफैं सामना गर्नुपर्छ। यस उमेरमा मानिस बाल्य र किशोर अवस्थाका सम्झनामा डुब्छ। पुराना साथी भेट्दा अपार खुसी हुन्छ। बिर्सन खोजेका कुरा अझ गहिरो रूपमा मनमा बस्छन्। पुराना कुरामा रमाउनु, गफ गर्नु, यो उ...

Slope Stability मा Bio-Engineering किन आवश्यक छ?

Slope stability मा Bio-Engineering किन आवश्यक छ?  हामो देश नेपालका पहाडहरू सुन्दर छन्, तर त्यही सुन्दरता हाम्रो पूर्वाधारका निर्माणका लागि सबैभन्दा ठूलो चुनौती पनि हो। भिराला जमिन, कमजोर भू–संरचना, अत्यधिक वर्षा र अव्यवस्थित मानवीय हस्तक्षेपका कारण नेपालमा पहिरो, माटो कटान र सडक अवरोध हरेक वर्ष दोहोरिने समस्या बनेको छ। सडक निर्माणसँगै हुने कटान, blasting र अनियन्त्रित cut-and-fill ले प्राकृतिक सन्तुलन बिगार्दा, धेरै सडक केही वर्षमै जोखिममा पर्छन्। यसले जनधनको क्षतिसँगै विकासको गति पनि अवरुद्ध बनाइरहेको छ। यी समस्याको समाधानका रूपमा हामीले दशकौँदेखि कङ्क्रिट, ग्याबियन र रिटेनिङ वालमा भर पर्यौ। तत्काल देखिने यस्ता संरचनाले केही हदसम्म राहत दिए पनि, दीर्घकालमा उच्च लागत, बारम्बार मर्मत र वातावरणीय असरका कारण ती सधैँ प्रभावकारी साबित भएका छैनन्। यही सीमितताबाट जन्मिएको वैकल्पिक सोच हो Bio-engineering। Bio-engineering भन्नाले जीवित वनस्पतिलाई वैज्ञानिक ढंगले प्रयोग गरी ढलान र माटोलाई स्थिर बनाउने विधि बुझिन्छ। यो कुनै “सजावटी” उपाय होइन, न त civil engineering को प्रतिस्थापन नै हो। बरु, ...

हल्लाभन्दा बाहिर: सहि प्रश्नको खोजी

हल्लाभन्दा बाहिर: सहि प्रश्नको खोजी  आजकल देशको कुरा धेरै सुनिन्छ। तर देश कहाँ दुखेको छ त्यो कम सोधिन्छ। सबै बोलिरहेका छन्, तर कसैले पनि आफ्नो कुरा ठ्याक्कै भन्न सकेका छैनन्। गरिबी छ भन्छन्, पिछडिएको ठाउँ छ भन्छन्, तर त्यो ठाउँमा को जान्छ? को बस्छ? को जिम्मा लिन्छ? शहरमा युवा छन्। उनीहरू चुप छैनन्, तर उनीहरूको बोली आफ्नो जस्तो पनि देखिदैन। हातमा मोबाइल छ, सूचना धेरै छ, तर बुझाइ गोलमाल जस्तो छ। बोलाइ छ, तर स्पष्ट दिशा देखिदैन। देश बनाउने कुरा गर्ने धेरैका छोराछोरी देशमा छैनन्। सायद त्यसैले देश भविष्य जस्तो होइन, अतीत जस्तो लाग्छ। नयाँ नाम आयो भन्दैमा सबै ठीक हुन्छ भन्ने होइन। न पुरानो थियो भन्दैमा सबै गलत पनि होइन। नयाँ मान्छे समयले चिनिन्छ, नाराले होइन। आजकल लाइक बढेपछि नेता भएको जस्तो लाग्छ। गाली धेरै गरेपछि सही बोलेको भ्रम छ। यहाँ बहस छैन, प्रतिशोध छ। यहाँ प्रश्न छैन, आरोप छ। इतिहास बुझ्ने फुर्सद छैन, तर दोष दिने हतार छ। तैपनि सबै सकिएको छैन। देश अझै बाँचेको छ किनकि सबैले झुटो बोलेका छैनन्। सबैले चुप बसेका छैनन्। राष्ट्रवाद ठूलो स्वर होइन, सानो इमान हो। देश बनाउने सपना भाषणमा होइ...