Skip to main content

बर्खामा सडक दुर्घटनाका कारण र न्यूनीकरणका उपाय

बर्खामा सडक दुर्घटनाका कारण र न्यूनीकरणका उपाय

अहिले हामी बर्खाको मध्यतिर छौ । बर्सेनि बर्खाको समयमा लगभग दैनिक जसो साना-ठुला सडक दुर्घटना, बाढी र पहिरोको समाचार सुन्दा आङै सिरिङ्ग हुन्छ। हाम्रो देशको विशेष गरी पहाडी इलाकामा यस्ता सडक दुर्घटनाहरू भइरहेका छन् । सवारी चापका हिसाबले अत्यन्तै व्यस्त मुग्लिङ नारायण घाट सड्क खण्ड चौडा बनाउने क्रममा अव्यवस्थित रूपमा स्लोप कटाइले यस सडक खण्ड पहिरोको उच्च जोखिममा रहेको छ । अस्थि  मात्र पनि पहिरोले सवारी साधन नै पुरिएको समाचार आइरहेको थियो । त्यस्तै भर्खरै मात्रै काठमाडौँको सडकमा आकासे पानीको सही निकास नभएकोले सडकमा पानी जमेर एउटा बच्चाले नालिमा परि ज्यानै गुमाउनु पर्यो।

विकासको मेरुदण्डको रूपमा रहेको सडक आज किन मृत्युको कारण बनिरहेको छ त ? किन यस्तो भइरहेको छ ?  के हाम्रो लागि सडक विकास बाँदरको हातमा नरिवल जस्तै भएकै हो त ?  यसरी अब्यब्स्थित अव्यवस्थित सडककै कारण देशले आफ्ना नागरिक हरुले ज्यान गुमाइ रहनु परेको अवस्था एकदमै दुखद छ र एउटा सरकारको लागि लाजको कुरा पनि हो । सरकारको मुख्य दायित्व भनेको नागरिकहरूमा सुरक्षाको प्रत्याभुति दिनु हो । तर सडक सुरक्षामा सरकारको आँखा सही रूपमा पुगिरहेको देखिँदैन । जसको कारण जनताहरूले ज्यान गुमाइ रहेका छन्। अङ्ग-भाङ भईरहेका छन् । यदि सडक दुर्घटनाको वास्तविक कारण के हो भनेर घोत्लिने हो भने, हामीले सडक निर्माण कार्यदेखि प्रयोग गर्दा सम्ममा विभिन्न पक्षहरूलाई ध्यान दिनुपर्ने देखिन्छ।

हाम्रो देश नेपालमा पछिल्लो दशकमा विकासको लागि भनेर सडक नै खनिएका छन् भन्दा फरक नपर्ला । अझ हाइड्रोपावरको निर्माण कार्यले सडक सञ्जालको बिस्तारलाई बढवा दिएको छ । सडक निर्माण गर्नु विकासका दृष्टिकोणबाट महत्त्वपूर्ण कुरा हो। तर सडक कसरी बनिरहेका छन् भने त्यो भन्दा महत्त्वपूर्ण कुरा हो । नेपाल जस्तो भौगोलिक दृष्टिकोणबाट विविध र कमजोर भौगर्भिक भू-बनोट भएको ठाउँमा त झन् सडक बनाउँदा विशेष ध्यान दिनुपर्ने हुन्छ । सडक भनेको अहिलेको युगमा एउटा सभ्य बस्तीको सुरुवात हुने ठाउँ हो । विभिन्न कोणबाट कोही न कतै सड्क सग जोडिएकै हुन्छ । सडक सबैको सरोकारको विषय पनि हो। त्यसकारण सडक बनाउँदा सडकको दिगोपनको आवश्यकतालाई बुझी भौगर्भिक अध्ययन साथै भू-बिज्ञानसग सम्बन्धित विशेषज्ञहरूको अनुभव र ज्ञानलाई  मात्र सडक निर्माण प्रक्रियामा सदुपयोग गर्न सकियो भने पनि धेरै मात्रामा भौगोलिक र भौगर्भिक कारणबाट हुने दुर्घटना र सडक क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ । साथै सडक जीवनलाई दीर्धायु बनाउन सकिन्छ। सडक निर्माणसँगै यसको प्रयोगको पक्षले पनि दुर्घटनामा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।

सडक प्रयोग गर्ने क्रममा विभिन्न पक्षहरूबाट हुने लापरबाहीले बढी दुर्घटना हुने गरेको देखिन्छ । यात्रुहरूको हतार मनस्थिति, चालक र सवारी साहु बिचमा बेलाबखत हुने तनाव पुर्न सम्बन्धको कारण पनि दुर्घटनाको कारण बन्ने गरेको सुनिन्छ। अर्को कुरा कतिपय चालकले मदिरा सेवन गरी सवारी साधन चलाउनाले, अनुभव नभएका सवारी चालक सहयोगीलाई सवारी चलाउन दिनाले, लामो रुटमा चल्ने रात्रि बसहरूमा दुई वटा चालक नहुँदा निर्दा मै सवारी चलाई दुर्घटना भएका समाचारहरू पनि आउने गरेका छन् । केही चालकमा जथाभाबी ओभरटेक गर्ने, तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनामा पर्ने गरेका छन् । यसै गरी सवारी क्षमताभन्दा बढी यात्रुहरू चलाउनाले पनि ठुलो दुर्घटनाको सिकार हुनु परेको देखिन्छ ।

अप्ठ्यारो सडकमा पुराना सवारी चलाउनाले र चालकहरूमा ट्राफिक नियमको राम्रो ज्ञान नहुनु पनि अर्को मुख्य कारण हो । यसरी यी र यस्ता कारणहरूबाट बर्सेनि विशेष गरी बर्खाको समय हुने सडक दुर्घटना र प्राकृतिक प्रकोपले धेरै जिउ-धनको क्षति भईरहेको छ। यस्ता प्राकृतिक प्रकोप र अव्यवस्थित सडकको प्रयोगबाट हुने दुर्घटनालाई रोकथाम गर्न र हुने क्षतिको न्यूनीकरण गर्न सरकारले सम्बन्धित ठाउँको भौगर्भिक स्थितिको महत्त्वलाई बुझी सडक बनाउनुपर्छ र सवारी, चालक, सहचालक कस्ता कुन मापदण्डका कस्तो सडकमा हुनुपर्ने स्पष्ट नियम बनाई कार्यान्वयन गर्नुपर्ने देखिन्छ। साथै यात्रुहरूले पनि सवारी प्रयोग गर्दा सचेत हुनुपर्छ।

सुदर्शन सापकोटा
६ श्रावण २०७४, शुक्रबार

Comments

Popular posts from this blog

यति भन्न आएको म।

मान्छेले आफू हुर्किंदै जाँदा भोगेका उतारचढावलाई बिर्सन खोजे पनि सक्दैन। सम्झनाले नै मानिसलाई बढी पिरोल्छ। विशेषगरी जुन समाज र भूगोलमा ऊ जन्मियो र हुर्कियो, त्यसको प्रभाव उमेरले करिब पचास वर्ष पुग्दा गहिरो महसुस हुन्छ। यो कसैलाई पाँच वर्ष अगाडि वा पछि पनि सुरु हुन सक्छ। जवान अवस्थामा करिब २५–३० वर्षसम्म, समान्यतय  भविष्यको चिन्तामा पिरोलिन्छ। त्यसपछिका १०–१५ वर्ष उसलाई समाजिक दबाबले बरालिदिन्छ। यो बरालिनु भनेको  जसरी खोला आफैंले बाटो बनाउँदै बग्छ, त्यस्तै हो। जीवनमा अनेक अनुभव मिसिन्छन् , जस्तै खोला बग्दा साना–ठूला खोल्साका पानी मिसिन्छन्। युवा अस्थामा मानिस अलि आवेगसहित बग्छ, तर नयाँ पुस्ता उदाउँदै जाँदा उसको गति स्थिर हुन्छ, आवाज पनि मन्द हुन्छ। खोला जस्तै मानिस जन्मथलोबाट टाढा पुग्छ, तर अझै नजिकै छु भन्ने भ्रममा बाँधिन्छ। जब उमेर ५०–५५ पुग्छ, उसले जीवनभर बेवास्ता गरेका प्रश्नहरूसँग आफैं सामना गर्नुपर्छ। यस उमेरमा मानिस बाल्य र किशोर अवस्थाका सम्झनामा डुब्छ। पुराना साथी भेट्दा अपार खुसी हुन्छ। बिर्सन खोजेका कुरा अझ गहिरो रूपमा मनमा बस्छन्। पुराना कुरामा रमाउनु, गफ गर्नु, यो उ...

पर बाट देशलाई हेर्दा।

परदेश बाट देशलाई हेर्दा। हाम्रो आफ्नै भुगोल छ। भाषा छ। आफ्नै धर्म छ। देवता छ्न आफ्नै। नभएको त बुझाइ मात्र हो। आफ्नै इतिहास छ। भित्तामा आफ्नै पात्रो छ। गति आफ्नै छ। नभएको त गति तिब्र मात्र हो। सन्सार हेर्नलाई सगरमाथा छ। फेर्नको लागि सफा हावा छ। अन्नको लागि तराइको फाट छ। भिमकाय पहाड छ्न, खानी छ, मुलको पानी छ  नहुनु पर्ने चाँइ हैरानी मात्र हो। आफ्नै गित छ्न संगीत छ्न। गायक छ्न गायिका छ्न। चलचित्र पनि आफ्नै छ्न। हिरो छ्न, हिरोईन छ्न। खड्किन थालेको चाइ आफ्नै कथा हो। हामी सग के छैन? हामीसग हिड्नलाई बाटो छ। पुरानो सभ्यताको पाटो छ। आफैले आर्जेको देशको माटो छ। नहुन पर्ने चाइ जात-धर्मको नाउँमा फाटो हो। हेर्ने हो भने हामी सग पहिला नै धेरै कुरा छ्न। बिधुतको लागि खोला-नदि छ्न। पर्यटनको लागि सुन्दर  प्रकृति छ। सन्तुलित हावा पानी छ। न बनाय हुने भनेको दुत्सित मात्र हो। बिद्यालय छ्न। बिश्वबिद्धालय छ्न। बिध्या पिठ छ्न। बिद्यार्थी छ्न( अहिले सम्म) खड्किएको भनेको देशलाइ चाहिने पाठ्यक्रम र पठन पाठन हो। सानो भूगोल भैकन पनि हाम्रो देश सग धेरै कुरा छ। हिमाल छ।  हिमालमा हिउँ छ( अहिले सम्म) सबै हि...

सत्यको प्रतिबिम्ब

सत्यको प्रतिबिम्ब मैले एना हेरेको छु, जैले हेरेको छु, एना उस्तै छ, स्थिर, मौन, तर म भने बदलिँदै गएको छु। कैले हाँस्ने अनुहार देख्छु आशाको फूल फुल्यो जस्तो, जीवन जितेँ जस्तो, बायुले पनि मलाई सलामी दिए जस्तो। कैले उदास नजर देख्छु हारको भारी बोकेको, नपुगेका सपनाको धुलोमा ढाकिएको, र खोसिएको क्षणहरूको खट्काले छोपिएको। एना मौन रहन्छ, तर मेरो बदलिँदो अनुहारमा उमेरका रेखाहरू कोरिन्छन्, आफ्नै कथा लेखिँदै जान्छन्। मैले एना हेरेको छु, यसले मेरा आँसु पनि देखेको छ, मेरो हाँसो पनि देखेको छ, मेरो मौनतामा लुकेका रहस्य पनि यसले नबोलेरै बुझेको छ। कसैले सम्झेन, तर एना तिमी मेरो साथी छौ, जसले न त झूट देखाउँछौ। न त ढाँट्छौ। न त अरूले जस्तो आश्वासन दिन्छौ। तिमीले आजको म देखाउँछौ, समयको छाप सहित। न भविष्य, न भूत, जस्तो उभिएको छु, त्यस्तै प्रष्ट देखाउँछौ। तर कहिलेकाहीँ लाग्छ, एना बाहिरको अनुहार मात्र देखाउँछ, भित्रको आत्मा भने अझै मौन छ। भित्रका ज्वालाहरू, भित्रका शून्यता, भित्रका अपूर्णताहरू, तिमीले नदेखाएको जस्तो लाग्छ। यतिबेला सोच्छु, यदि एना भित्र घुस्न सकेँ भने, शायद मलाई मेरो वास्तविक स्वरूप भेटिन्छ, शा...