सुनौला रहर बोकेर हिँड्ने मान्छेको जिन्दगी, कहिलेकाहीँ थाक्छ, तर हार मान्न जन्मिएको होइन। हिजो जस्तो चम्किलो नदेखिए पनि आज, घाम अस्ताएको होइन उदाउन समय लिएको मात्र हो। आफैँलाई खोज्दै टाढा पुगेका छौँ भने, त्यो भागाइ होइन हिम्मतको प्रमाण हो। प्रश्न गर्न थालेका छौँ भने जीवनलाई, त्यहीँबाट त चेतनाको सुरुवात हुन्छ। भीडभित्र हराएको जस्तो लागे पनि, हामीसँग अझै आफ्नै स्वर बाँकी छ। सुन्ने फुर्सद पाएका छैनौँ सायद, तर मौनमा त्यो स्वर अझै बोलिरहेकै छ। समयसँग दौडिरहँदा ढल्किएका छौँ भने, त्यो कमजोरी होइन मेहनतको चिन्ह हो। ढाड झुकेको छ भने पनि भाँचिएको छैन, र उठ्ने मान्छे कहिल्यै सकिएको हुँदैन। अरूले बनाइदिएको सफलताको नक्सामा, आफ्नो नाम नदेखिए पनि डराउनुपर्दैन। आफ्नै बाटो बनाउने साहस राख्नेहरू, ढिलो पुग्छन् होला तर सही ठाउँमा पुग्छन्। हिजोका सपना आज भारी लागे पनि, त्यही त शक्ति बनेर हामीलाई धकेल्दै छन्। थकान आयो भन्दै रोकिनु पर्दैन, थकानपछि पनि अघि बढ्नु नै साहस हो। घर अझै प्रतीक्षा हो, न्यानो भरोसा हो, जहाँ फर्कन सकिन्छ, चाहे जति टाढा गइयोस्। सम्बन्धहरू टाढा भए पनि मन टाढा नबनाऔँ, साँचो अपनत्व अझै हाम...
अनुवाद नहुने अपनत्व विदेशी भूमिमा, उही बिहान उही साँझ। तर समय यहाँ मेरो भाषामा बोल्दैन। हासो ओढेर म फेरि अनुहार बनाउँछु, सुक्खा आँखाले। आजको अनुहार यहाँका सडकले चिन्छन्, तर मेरो गाउँले आकाशले पहिचान गर्दैन। भीड यहाँ पनि छ, तर कसैले नाम लिएर बोलाउँदैन। सबै हिँडिरहेका छन्, आ–आफ्नै गन्तव्यतिर, मचाहिँ आफ्नै सम्झनातिर फर्किरहेछु। काठमाडौँ सम्झिन्छु, जाम, चिसो हावा, चियापसलको धुवाँ, र अर्थ नभएका कुरामा लामो बहस। त्यो सहर जति थकाइ दिने थियो, उति नै आफ्नो थियो। यहाँ रात चाँडै पर्छ, तर निद्रा ढिलो आउँछ। भित्तामा झुण्डिएको घडी टिक–टिक गर्छ, र मनले नेपालको समय खोज्छ। सुक्खा आँखाले बनाएको अनुहार आज फेरि काम, जिम्मेवारी र अनिवार्य मुस्कानसँग साटिन्छ। यहाँ बाँच्नु कर्तव्य जस्तो छ, जिउनुचाहिँ सधैँ भोलिका लागि। यस विदेशी भूमिमा सबै कुरा व्यवस्थित छन्, तर मन अलिकति अस्तव्यस्त। किनकि आफ्नोपनको भाषा यहाँ अनुवाद हुँदैन। जसरी बाँच्दा पनि पूरा हुन नसकिने यस प्रवासी क्षणभित्र, म फेरि भोलिका लागि एउटा अनुहार बनाउँछु! आफूलाई नहराउनका लागि। - सुदर्शन सापकोटा 29/12/25