नेपाल एउटा सुन्दर देश हो, जहाँ विविधतामै एकता पाइन्थ्यो। हिमाल, पहाड र तराईका बासिन्दा एउटै माटोका सन्तान हुन् भन्ने गर्व थियो। तर आज त्यो एकता धमिलिँदै गएको छ। जुन जुन कुराले नेपाली समाजलाई जोड्थ्यो, त्यही कुरामाथि अहिले विवाद र विभाजन सुरु भएको छ। पहिले दशैं र तिहार सबैको साझा चाड थियो। धर्म, जात र भाषा भन्दा माथि उठेर सबै नेपालीले एकै भावना बाँड्थे। अहिले भने ती चाडहरूलाई पनि फरक दृष्टिले हेरिन्छ। कोही भन्छ “यो मेरो चाड होइन,” कोही भन्छ “यो अर्काको संस्कार हो।” यसरी जसले हामीलाई एक बनाउँथ्यो, त्यही चिज विवादको कारण बन्दै गएको छ। त्यस्तै, राजसंस्था हाम्रो राष्ट्रिय पहिचान थियो, जसले नेपालको अस्तित्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको थियो। आज त्यो पनि विवादको विषय बनाइएको छ। समर्थक र विरोधीको नाममा नेपालीबीच दूरी बढाइएको छ। नेताहरूको स्वार्थ र कुर्सीको खेलले देशलाई झन् कमजोर बनाइरहेको छ। हिमालदेखि तराईसम्म फैलिएको पाँच विकास क्षेत्रले देशलाई सन्तुलित बनाएको थियो। तर अहिले भौगोलिक र जातीय विभाजनका नाममा त्यही सन्तुलन भत्किएको छ। एक अर्काप्रति शंका र अ...
I am waiting for you....you are welcome to my blog.