Skip to main content

यति भन्न आएको म।

मान्छेले आफू हुर्किंदै जाँदा भोगेका उतारचढावलाई बिर्सन खोजे पनि सक्दैन। सम्झनाले नै मानिसलाई बढी पिरोल्छ। विशेषगरी जुन समाज र भूगोलमा ऊ जन्मियो र हुर्कियो, त्यसको प्रभाव उमेरले करिब पचास वर्ष पुग्दा गहिरो महसुस हुन्छ। यो कसैलाई पाँच वर्ष अगाडि वा पछि पनि सुरु हुन सक्छ।

जवान अवस्थामा करिब २५–३० वर्षसम्म, समान्यतय  भविष्यको चिन्तामा पिरोलिन्छ। त्यसपछिका १०–१५ वर्ष उसलाई समाजिक दबाबले बरालिदिन्छ। यो बरालिनु भनेको  जसरी खोला आफैंले बाटो बनाउँदै बग्छ, त्यस्तै हो। जीवनमा अनेक अनुभव मिसिन्छन् , जस्तै खोला बग्दा साना–ठूला खोल्साका पानी मिसिन्छन्।

युवा अस्थामा मानिस अलि आवेगसहित बग्छ, तर नयाँ पुस्ता उदाउँदै जाँदा उसको गति स्थिर हुन्छ, आवाज पनि मन्द हुन्छ। खोला जस्तै मानिस जन्मथलोबाट टाढा पुग्छ, तर अझै नजिकै छु भन्ने भ्रममा बाँधिन्छ। जब उमेर ५०–५५ पुग्छ, उसले जीवनभर बेवास्ता गरेका प्रश्नहरूसँग आफैं सामना गर्नुपर्छ।

यस उमेरमा मानिस बाल्य र किशोर अवस्थाका सम्झनामा डुब्छ। पुराना साथी भेट्दा अपार खुसी हुन्छ। बिर्सन खोजेका कुरा अझ गहिरो रूपमा मनमा बस्छन्। पुराना कुरामा रमाउनु, गफ गर्नु, यो उमेरको सामान्य स्वभाव हो।

करिएरमा कुनै ठुलो  उपलब्धि पाए पनि यदि जन्मभूमि र आफू हुर्किएको समाजसँग सम्बन्ध टुट्छ भने मानिस निराश हुन्छ। त्यसैले ऊ सधैं कुनै माध्यम खोज्छ, सम्झनालाई पोख्न, बाँड्न, आत्मालाई हल्का बनाउन। सम्झनाहरुलाइ लामो समयसम्म सुषुप्त राख्न गाह्रो हुन्छ। त्यसलाई साझा गर्ने बहाना वा साधन खोज्न मान्छेको मन तड्पिन्छ।

यहाँ  मान्छेको जीवनलाई आकाश र धरतीसँग तुलना गर्न सकिन्छ। आकाशबाट धरती हेर्दा बिगत सम्झिएको जस्तो हुन्छ, धरतीबाट आकाश हेर्दा भविष्यको कल्पना गरेको जस्तो। जब मानिस आकाश हेर्छ, उड्ने रहर गर्छ। तर उडेपछि सहज अवतरण गर्ने कला सिक्नु नै उसको ठूलो उद्देश्य हुन्छ।

एउटा सचेत मानिसले जीवनका विभिन्न चरणमा दोहोरिँदो चिन्तन बोकेर बाँचेको हुन्छ। तर साँचो खुशी भने बर्तमानमै पाहुछ।  जब मानिस भूतकालको तिर्सना  र भविष्यका सपनामा रम्छ, त्यसले उसको बर्तमानलाई खल्बल्याउँछ। फेरि भविष्यमा पुग्दा बितिसकेको बर्तमानलाई सम्झेर पछुताउँछ। यो सामन्य जीवनचक्र हो, जसबाट जो कोही उम्कन गर्हो छ।

सबैभन्दा शक्तिशाली कुरा भनेको समय नै हो। भूत, बर्तमान र भविष्य सबै समयकै रूप हुन्। हरेक कुरा आफ्नो समयमा हुन्छ। यदि जीवनलाई छिट्टै नै जगत र अध्यात्मसँग केही मात्रामा जोडेमा, जीवनलाई बुझ्न र आत्मसात गर्न सजिलो हुन्छ। तब भोगाइभन्दा सोचाइ र बुझाइ बलियो हुन्छ।

हामी यो धर्तीमा न पहिलो हौं, न अन्तिम नै हौँ। हामीलाई जति समय दिइएको छ, त्यसलाई सहज र अर्थपूर्ण बनाउन सकियो भने जीवन सार्थक हुन्छ होला। सकिन्छ भने अरुको  लागि केही राम्रो गरौं, नसके प्रयास मात्रै भएपनी गरौं। आखिर एक दिन त यो संसारबाट बिदा हुनु नै छ। जानू आगडी गरौ के गर्ने हो😊 यति भन्न आको म😄
- सुदर्शन सापकोटा 
25-09-2025
सिङापुर 

नोट: यो लेख हावामा यात्राको क्रममा हवाई जहाजमा ननिदाइकन  भित्र बसेर लेखिएको हो। कसैलाई लेख अलि हावामा बहकिएको जस्तो लागेमा - त्येही हावाको प्रभाब हो भनेर बुझ्नु होला। 😉


Comments

Popular posts from this blog

जब इन्जिनियर र भूगर्भविद् सँगै हिँड्छन्, विकास सुरक्षित हुन्छ

जब इन्जिनियर र भूगर्भविद् सँगै हिँड्छन्, विकास सुरक्षित हुन्छ नेपाल अहिले तीव्र पूर्वाधार विकासको चरणमा प्रवेश गरेको छ। देशभरि राजमार्ग विस्तार, सुरुङ मार्ग निर्माण, जलविद्युत् आयोजना, र ठूला बाँधहरू निर्माण भइरहेका छन्। नागढुंगा–नौबिसे सुरुङदेखि लिएर विभिन्न हाइड्रोपावरका हेडरेस टनेलहरू, पहाडी सडक विस्तार, र नदी नियन्त्रणका कामहरूले विकासको नयाँ गति देखाइरहेका छन्। यति मात्र होइन, नेपालका विश्वविद्यालयहरूमा Engineering Geology जस्तो विशिष्ट विषयको अध्ययनसमेत सुरु भइसकेको छ, जसले भूगर्भ र इन्जिनियरिङबीचको सम्बन्धलाई शैक्षिक रूपमा मजबुत बनाउने प्रयास गरेको छ। तर यति सकारात्मक प्रगति हुँदाहुँदै पनि एउटा मूल प्रश्न अझै उस्तै छ, भूगर्भविद्हरू किन अझै परियोजनाको नेतृत्वमा देखिँदैनन्? नेपालको भौगोलिक बनावट विश्वमै सबैभन्दा जटिलमध्ये एक मानिन्छ। हिमालय क्षेत्रको सक्रिय टेक्टोनिक गतिविधि, कमजोर चट्टान संरचना, उच्च वर्षा, र तीव्र ढलानले यहाँको भूगर्भलाई अत्यन्त संवेदनशील बनाएको छ। यही कारणले गर्दा यहाँका इन्जिनियरिङ परियोजनाहरू केवल डिजाइनको विषय मात्र होइन, भूगर्भीय जोखिमसँग प्रत्यक्ष जुध्ने प...

हाम्रो आँखाको व्यस्तता र मस्तिष्कको मौनता

बिहान आँखा खुलेदेखि नै हाम्रो दिन हेरेर सुरु हुन्छ। मोबाइलमा समय हेर्‍यौँ, समाचार पढ्यौँ, सामाजिक सञ्जाल खोल्यौँ। काममा पुगेपछि कम्प्युटर हेर्‍यौँ। फुर्सद भयो फेरि मोबाइल हेर्‍यौँ। राति सुत्नुअघि पनि मोबाइल नै अन्तिम साथी बन्छ। आँखाले दिनभरि धेरै कुरा देखिरहेका छन्। तर देखेको कुरा बुझ्ने र त्यसबाट आफ्नो विचार बनाउने काम त मस्तिष्कले गर्छ। त्यसैले आजको प्रश्न आँखाको थकानको मात्र होइन, हाम्रो मस्तिष्कले कति समय स्वतन्त्र रूपमा सोच्न पाइरहेको छ भन्ने पनि हो। हामीसँग सूचना पहिलेभन्दा धेरै छ, तर आफ्नै विचारका लागि समय भने कम हुँदै गएको त छैन? सूचनाको यो बाढीले हाम्रो सोच्ने शैली पनि बदलिरहेको छ। एउटा कुरा पढ्न नपाउँदै अर्को सूचना आउँछ। एउटा भिडियो सकिन नपाउँदै अर्को सुरु हुन्छ। हामी एउटा विषयमा गहिरिनुभन्दा अर्को विषयमा छिटो पुग्न अभ्यस्त हुँदै गएका छौँ। कहिलेकाहीँ केही समय चुपचाप बस्दा पनि मोबाइल निकालिहाल्छौँ। तर मस्तिष्कलाई पनि केही खाली समय चाहिन्छ। त्यही समयमा मानिसले देखेका र सुनेका कुरालाई सम्झन्छ, जोड्छ र आफ्नै निष्कर्ष निकाल्छ। सायद आज हामीलाई सूचनाको अभावभन्दा पनि सूचनाबीच सोच्ने ...