Skip to main content

सम्झनामा बाँधिएको जीवन

मान्छेले आफू हुर्किंदै जाँदा भोगेका उतारचढावलाई बिर्सन खोजे पनि सक्दैन। सम्झनाले नै मानिसलाई बढी पिरोल्छ। विशेषगरी जुन समाज र भूगोलमा ऊ जन्मियो र हुर्कियो, त्यसको प्रभाव उमेरले करिब पचास वर्ष पुग्दा गहिरो महसुस हुन्छ। यो कसैलाई पाँच वर्ष अगाडि वा पछि पनि सुरु हुन सक्छ।

जवान अवस्थामा करिब २५–३० वर्षसम्म, समान्यतय  भविष्यको चिन्तामा पिरोलिन्छ। त्यसपछिका १०–१५ वर्ष उसलाई समाजिक दबाबले बरालिदिन्छ। यो बरालिनु भनेको  जसरी खोला आफैंले बाटो बनाउँदै बग्छ, त्यस्तै हो। जीवनमा अनेक अनुभव मिसिन्छन् , जस्तै खोला बग्दा साना–ठूला खोल्साका पानी मिसिन्छन्।

युवा अस्थामा मानिस अलि आवेगसहित बग्छ, तर नयाँ पुस्ता उदाउँदै जाँदा उसको गति स्थिर हुन्छ, आवाज पनि मन्द हुन्छ। खोला जस्तै मानिस जन्मथलोबाट टाढा पुग्छ, तर अझै नजिकै छु भन्ने भ्रममा बाँधिन्छ। जब उमेर ५०–५५ पुग्छ, उसले जीवनभर बेवास्ता गरेका प्रश्नहरूसँग आफैं सामना गर्नुपर्छ।

यस उमेरमा मानिस बाल्य र किशोर अवस्थाका सम्झनामा डुब्छ। पुराना साथी भेट्दा अपार खुसी हुन्छ। बिर्सन खोजेका कुरा अझ गहिरो रूपमा मनमा बस्छन्। पुराना कुरामा रमाउनु, गफ गर्नु, यो उमेरको सामान्य स्वभाव हो।

करिएरमा कुनै ठुलो  उपलब्धि पाए पनि यदि जन्मभूमि र आफू हुर्किएको समाजसँग सम्बन्ध टुट्छ भने मानिस निराश हुन्छ। त्यसैले ऊ सधैं कुनै माध्यम खोज्छ, सम्झनालाई पोख्न, बाँड्न, आत्मालाई हल्का बनाउन। सम्झनाहरुलाइ लामो समयसम्म सुषुप्त राख्न गाह्रो हुन्छ। त्यसलाई साझा गर्ने बहाना वा साधन खोज्न मान्छेको मन तड्पिन्छ।

यहाँ  मान्छेको जीवनलाई आकाश र धरतीसँग तुलना गर्न सकिन्छ। आकाशबाट धरती हेर्दा बिगत सम्झिएको जस्तो हुन्छ, धरतीबाट आकाश हेर्दा भविष्यको कल्पना गरेको जस्तो। जब मानिस आकाश हेर्छ, उड्ने रहर गर्छ। तर उडेपछि सहज अवतरण गर्ने कला सिक्नु नै उसको ठूलो उद्देश्य हुन्छ।

एउटा सचेत मानिसले जीवनका विभिन्न चरणमा दोहोरिँदो चिन्तन बोकेर बाँचेको हुन्छ। तर साँचो खुशी भने बर्तमानमै पाहुछ।  जब मानिस भूतकालको तिर्सना  र भविष्यका सपनामा रम्छ, त्यसले उसको बर्तमानलाई खल्बल्याउँछ। फेरि भविष्यमा पुग्दा बितिसकेको बर्तमानलाई सम्झेर पछुताउँछ। यो सामन्य जीवनचक्र हो, जसबाट जो कोही उम्कन गर्हो छ।

सबैभन्दा शक्तिशाली कुरा भनेको समय नै हो। भूत, बर्तमान र भविष्य सबै समयकै रूप हुन्। हरेक कुरा आफ्नो समयमा हुन्छ। यदि जीवनलाई छिट्टै नै जगत र अध्यात्मसँग केही मात्रामा जोडेमा, जीवनलाई बुझ्न र आत्मसात गर्न सजिलो हुन्छ। तब भोगाइभन्दा सोचाइ र बुझाइ बलियो हुन्छ।

हामी यो धर्तीमा न पहिलो हौं, न अन्तिम नै हौँ। हामीलाई जति समय दिइएको छ, त्यसलाई सहज र अर्थपूर्ण बनाउन सकियो भने जीवन सार्थक हुन्छ होला। सकिन्छ भने अरुको  लागि केही राम्रो गरौं, नसके प्रयास मात्रै भएपनी गरौं। आखिर एक दिन त यो संसारबाट बिदा हुनु नै छ। जानू आगडी गरौ के गर्ने हो😊 यति भन्न आको म😄
- सुदर्शन सापकोटा 
25-09-2025
सिङापुर 

नोट: यो लेख हावामाथी यात्राको क्रममा हवाई जहाज  भित्र बसेर लेखिएको हो। कसैलाई लेख अलि हावामा बहकिएको जस्तो लागेमा - त्येही हावाको प्रभाब हो भनेर बुझ्नु होला। 😉


Comments

Popular posts from this blog

पर बाट देशलाई हेर्दा।

परदेश बाट देशलाई हेर्दा। हाम्रो आफ्नै भुगोल छ। भाषा छ। आफ्नै धर्म छ। देवता छ्न आफ्नै। नभएको त बुझाइ मात्र हो। आफ्नै इतिहास छ। भित्तामा आफ्नै पात्रो छ। गति आफ्नै छ। नभएको त गति तिब्र मात्र हो। सन्सार हेर्नलाई सगरमाथा छ। फेर्नको लागि सफा हावा छ। अन्नको लागि तराइको फाट छ। भिमकाय पहाड छ्न, खानी छ, मुलको पानी छ  नहुनु पर्ने चाँइ हैरानी मात्र हो। आफ्नै गित छ्न संगीत छ्न। गायक छ्न गायिका छ्न। चलचित्र पनि आफ्नै छ्न। हिरो छ्न, हिरोईन छ्न। खड्किन थालेको चाइ आफ्नै कथा हो। हामी सग के छैन? हामीसग हिड्नलाई बाटो छ। पुरानो सभ्यताको पाटो छ। आफैले आर्जेको देशको माटो छ। नहुन पर्ने चाइ जात-धर्मको नाउँमा फाटो हो। हेर्ने हो भने हामी सग पहिला नै धेरै कुरा छ्न। बिधुतको लागि खोला-नदि छ्न। पर्यटनको लागि सुन्दर  प्रकृति छ। सन्तुलित हावा पानी छ। न बनाय हुने भनेको दुत्सित मात्र हो। बिद्यालय छ्न। बिश्वबिद्धालय छ्न। बिध्या पिठ छ्न। बिद्यार्थी छ्न( अहिले सम्म) खड्किएको भनेको देशलाइ चाहिने पाठ्यक्रम र पठन पाठन हो। सानो भूगोल भैकन पनि हाम्रो देश सग धेरै कुरा छ। हिमाल छ।  हिमालमा हिउँ छ( अहिले सम्म) सबै हि...

उल्ले उल्लाइ भन्यो

उल्ले उल्लाइ भन्यो, उल्ले उल्लाइ भनेन। उल्ले उल्लाइ मान्यो, उल्ले उलाइ मानेन। उस्को कुरा गर्यो यता, उता आफ्नो अर्कोले गर्छ। यताको कुरा उता, उताको कुरा यता भ्रम मात्रै पर्छ। उ राम्रो उ नराम्रो, आफ्नु राम्रो आफ्नै कुरा सहि। यसो भन्दै गर्दा, मान्छे खुसी हुन सकेको छैन कहि। उस्को कुरा सुन्यो, उस्को कुरा सुनायो रमायो। यता पनि ठिक उता पनि ठिक्क, मात्र बनायो। आफ्नो काम नगर्यो अर्काको काम यस्तो उस्तो भन्यो। आफु कुरा काट्यो अनि फेरि कुरा काट्छ्न मात्र भन्यो। नसकिने भो मान्छेको जातलाइ, सुनाउ कस्लाइ यो। सब भलो सोचे भो नि, नभए कुभलो त नसोचे हुने हो। दुख आफ्नै मनमा, काम आफ्नै, फेरि कुरा अरुकै किन? खुसि पनि आफै हुने हो, दुखी पनि आफै, यो कुरा चीन। उल्ले उल्लाइ दोस लगायो, फेरि उल्लाइ उस्ले लगायो। यस्तै बिना कामको कुरा गर्दै खुसी भन्ने कुरा सब भगायो।   - असोज १५, २०८१