उ मान्छेहरूलाई हेप्न खोज्छ।
आफू मात्र जान्ने ठान्छ।
आफ्नो तालमा नचाउन खोज्छ!
तर अपसोच,सक्दैन
अनि उ रिसाउँछ।
खाली अरूको आसा मात्र गर्छ।
आफू केही गर्दैन। फेरि गरिरहे भन्छ।
आफूले सोचेजस्तो हुन्न।
अनि उ रिसाउँछ।
उसलाई चाकडी गर्ने आदत छ।
सबै ठाउँमा चाकडी त चल्दैन।
परिश्रम गरी खाने मान्छे देख्यो कि।
फेरि उ रिसाउँछ।
कुरा कट्ने बानी भएपछि कुरा सुन्ने आदत पनि हुने रहिछ।
धेरै कुरा खेलाउँदा सही गलत थाहा हुन्न।
कुरो बुझिँदैन। आफ्नो कुरा काटेको थाहा पाउँदा।
फेरि उ रिसाउँछ।
अलि रिसाहा नै भइसक्यो।
टप्की टप्की काम गर्छ।
स्पष्ट बोल्ने मान्छे देख्यो कि।
उसको हंसले ठाउँ छोड्छ।
अनि रिसाइ रहन्छ।
रिसाउनु त उसको अहिले बानी नै भइसक्यो।
हँसाउन कसले सक्ला त ?
कप् टिले!
घमन्डीले!
कुच त्याले।
जसले नि हँसाउन सक्छ तर उ आफै भने रिसाइ रहेको हुन्छ।
आखिर किन यस्तो?
जनता जान्न चाहन्छ!।
Comments
Post a Comment