दिक्क लाग्दो सहर
उही बाटो,
उही जाम....लस्कर सवारी।
अनेक सोचेकासाथ रुमलिएका यो मान्छे को भिड।
भिड त उस्तै छ तर....।
हरेक दिन नहुला लाग्ने अनुहार.....फेरी भिड उही।
त्यही अनुहार सँगै बितेको समय र म अनि तिमि।
भिड मै भएर पनि,
बाटो उही भएर पनि पाइला फरक,
समय उही भएर पानी गन्तव्य फरक।
हरेकको सोच फरक मेरो जस्तै,
हरेकको गति फरक....।
यति फरक भएर पनि किन दिक्कलाग्दो छ सहर....?
यो सडक, यो तड्क भडक,
अनि सवारी को लहर....?
Comments
Post a Comment