नेतृत्व दरबारको छायाँमा उम्रँदैन, यो त गोठको आगोझैँ आफैं बल्छ। हामी प्रत्येकको छातीभित्र एउटा बीउ निदाइरहेको छ कुनै धानको, कुनै गुराँसको, नाम एउटै हो नेतृत्व। भीडले हैन, घामतिर फर्किएको दिशाले रुखको उचाइ नापिन्छ। मानिस कति ठूलो हो उसको पछाडि लागेको खुट्टाको धुलोले होइन, उसले ताकेको क्षितिजले निर्धारण गर्छ। सानो खेत लाज होइन, तर बिउ नछरेको बाँझो मन सबैभन्दा ठूलो हार हो। नसक्ने आकाश बोकेर ढलेको काँधभन्दा, सक्ने पहाड चढेको खुट्टा बलियो हुन्छ। लक्ष्य नदी हो! नभए जीवन थामिएको पोखरी बन्छ। बगिरहेकै पानीले ढुंगा चिर्छ। आत्मविश्वास सुरुमा सानो ज्वाला हो, हावाले निभाउन खोज्छ, तर कामको दाउराले त्यो आगो भट्टी बन्छ। लडाइँ आउँछन्, पहिरो झर्छ, तर बाटो छोड्ने हैन ढुंगामाथि टेक्दै उकालो चढ्ने त्यही नै यात्रा हो। जिम्मेवारी माथि बोकेको डोको हो, अरूलाई थमाएर हलुका बन्न खोज्नु कायरता हो। आफ्नो भार बोक्न सक्ने मान्छे नै भरोसायोग्य हुन्छ। भरोसा पुल हो त्यो बिना कोही पनि तिमीपारि आउँदैन। त्यसैले, आफूलाई दीप बनाऊ, पहिले आफ्नै अँध्यारोमा। नेपालको माटोले त्यही उज्यालोलाई नेतृत्व भन्छ।
I am waiting for you....you are welcome to my blog.