जीवनको यात्रा कति सपना थिए आकाश जस्तै फैलिएका, हात बढाउँदा हावामा विलाएका। कति शब्द थिए ओठसम्म आइपुगेका, नबोली नै मनमै हराएका। कति याद थिए आँखामा टल्किएका, समयको एक झट्कामा अचानक बिर्सिएका। हर्षका पलहरू क्षणभरि मुस्कुराए, दुःखका छायाँले लामो समय साथ दिए। कथा त असंख्य बने, कसैले सुनेन, कसैले बुझेन। तर जीवन— न रोयो, न हाँस्यो, न त केही गुनासो गर्यो। ऊ त बस् चुपचाप अघि बढिरह्यो, पाइलामाथि पाइला राख्दै हामीलाई नै हिँड्न सिकाइरह्यो।
I am waiting for you....you are welcome to my blog.