ए युवा, तिमी ट्रेन्ड होइनौ, तिमी त भविष्य हौ। तर आज भाइरलले तिमीलाई हाँकिरहेको छ, विचारले होइन। औँला छिटो छ, बिबेक ढिलो भएको छ। एक मिनेटको भिडियोले तिम्रो धारणा बनाइदिन्छ, तर एक घण्टाको इतिहास तिमी पढ्न चाहँदैनौ। ह्यासट्यागमा देश खोज्छौ, कमेंटमा क्रान्ति गर्छौ, तर सडक, विद्यालय, र संविधानको अर्थ स्क्रोलमै हराउँछ। जो धेरै करायो उही सही ठानिन्छ, जो शान्त भएर सोच्यो उ त ‘बोर’ कहलिन्छ। यही हो त युवाको पहिचान? हेर! इतिहासले सधैं सोध्ने युवालाई सम्झिन्छ, भीड को पछि लागेकालाई होइन। भीड त हिजो पनि थियो, आज पनि छ। तर परिवर्तन सधैं केही देश र जनताको लागि सोच्नेले मात्रै ल्याए। नेगेटिभ सोच कूल देखिन सक्छ, घृणा सेयर गर्दा लाइक बढ्न सक्छ, तर देश लाइकले बाँच्दैन युवा, विचारले बाँच्दछ। त्यसैले, एक पल रोक, सोच यो म बोल्दैछु कि मलाई बोलाइँदै छ? सेयर गर्नु अघि आफ्नो विवेकलाई सोध, किनकि इतिहास तिमीलाई फेरि एउटा भिडको रूपमा होइन, एक जिम्मेवार युवाको रूपमा सम्झिन चाहन्छ। - सुदर्शन 31/12/2025
I am waiting for you....you are welcome to my blog.