Skip to main content

Posts

Showing posts from December 28, 2025

यो दिक्क लाग्दो सहर

दिक्क लाग्दो सहर दिक्क लाग्दो सहर, उही बिहान, उही साँझ, उही बाटोमा हिँड्दै उही जाममा अड्किएका लस्करै सवारी, धुवाँ र हर्नको आवाजले दिनको सुरुवात हुन्छ। मान्छेको भीड छ यहाँ, तर कोही कसैसँग छैन। आफ्नै सोचमा हराएका अनुहार, आफ्नै पीडामा मौन हिँडाइ। हिजो देखेको अनुहार आज पनि उस्तै, आज देखेको अनुहार भोलि पनि उस्तै। भिड त उस्तै छ, तर हरेक दिन अनुहार नुहाएका जस्ता छैनन्। त्यही भिडभित्र म र तिमी पनि थियौँ, एउटै बाटोमा एउटै समय बाँच्दै। हाम्रो हाँसो पनि यो भिडमै हरायो, हाम्रो मौन पनि यसै सडकले बोक्यो। भिडमै भएर पनि पाइला फरक–फरक छन्, कसैको हतार छ, कसैको बाध्यता। कसैलाई घर पुग्न छिटो छ, कसैलाई घर फर्किन डर छ। समय उही बगिरहेको छ, घडी उही घुमिरहेको छ, तर गन्तव्य फरक छन् सबैका। कसैको सपना अगाडि छ, कसैको पछाडि छुटिसकेको। यो सहर चम्किन्छ रातमा, बत्तीहरू झिलिमिली, सडक तड्क–भडकले सजिएको। तर मनहरू अँध्यारै छन्, आँखाभित्र थकान, छातीभित्र अनगिन्ती प्रश्न। यति धेरै मान्छे भएर पनि किन एक्लोपन लाग्छ? यति धेरै बाटो भएर पनि किन गन्तव्य टाढा लाग्छ? सायद दिक्क लाग्दो सहर सडकले होइन, भीडले होइन, सवारीको...

जिन्दगी

जिन्दगी कहिले भित्रभित्रै तिमीले खुशी महसुस गर्छौ। जस्तो घामले हिउँ पग्लाउँछ, त्यस्तै मन हलुका बनाउछौ। सबै कुरा ठिक जस्तो लाग्छ। तिमी मुस्कुराउँछौ, साथिभाइ सबैले देख्छ्न। त्यो मुस्कान अरूमा पनि सर्छ, जस्तो नदीको पानीले किनारका खेतबारि भिजाउछ। भित्रभित्रै पीडा पनि आउँछ। आँसुले गाला भिजाउँछ, अनि खुशी हृदयबाट हरायो जस्तो सबै कुरा भारी र गाढा लाग्छ, जस्तो बादलले आकाश ढाकेको छ। तर पनि फेरि आशाको बीउ फुट्छ जस्तो लाग्छ बिस्तारै दिन बित्दै जान्छ, नयाँ दिन आउँछ, खुशी लिएर तिमी फेरि हास्छै, खुसि हुन्छौ। र ती हरेक दिनमा तिमी आफुलाइ बुझ्छौ। अनुभवले नयाँ दृष्टिकोण दिन्छ। जीवनका रङहरू फरक फरक भए पनि अन्ततः तिमी स्वीकार्छौ। यी सबै दिनहरू नै तिम्रो आफ्नै जीवन हुन। जिवन कुनै काल्पनिक समय होइन। आखिर ,तिमिले भोगेका हरेक साना साना सुख दु:खको समय नै तिम्रो जिन्दगि हो। - सुदर्शन 28/12/2025