Skip to main content

Posts

Showing posts from February 8, 2026

डिजिटल युगको द्विविधा

डिजिटल युगको द्विविधा २१औँ शताब्दीमा कृत्रिम बुद्धिमत्ता (AI) तीव्र गतिमा हाम्रो दैनिकीमा प्रवेश गरिरहेको छ। केही वर्षअघिसम्म अनुसन्धान र प्रविधि कम्पनीहरूको प्रयोगशालामा सीमित देखिने यो प्रविधि आज विद्यालय, कार्यालय, सञ्चार माध्यम, स्वास्थ्य सेवा र व्यक्तिगत मोबाइलसम्म फैलिएको छ। सूचना खोज्न, लेख तयार गर्न, चित्र र भिडियो बनाउन, तथ्य विश्लेषण गर्न सबै काममा AI प्रयोग हुन थालेपछि एउटा गम्भीर प्रश्न उठेको छ: अब हामी कसरी छुट्याउने के सत्य हो, के असत्य? AI ले ज्ञानको पहुँचलाई अभूतपूर्व रूपमा विस्तार गरेको छ। ग्रामीण भेगका विद्यार्थीले विश्वस्तरको सामग्री केही सेकेन्डमै पाउन सक्छन्। जटिल विषय सरल भाषामा बुझ्न सक्छन्। कृषकले मौसम र बजारको जानकारी प्राप्त गर्न सक्छन् भने स्वास्थ्यकर्मीले प्रारम्भिक परामर्शमा सहयोग लिन सक्छन्। स्रोत सीमित भएका विकासशील देशहरूका लागि यो ठूलो अवसर हो। यदि सही रूपमा प्रयोग गरियो भने AI ले प्रशासनिक कार्यलाई छिटो र पारदर्शी बनाउन, अनुसन्धानलाई प्रभावकारी बनाउन र उद्यमशीलतालाई विश्व बजारसँग जोड्न महत्वपूर्ण भूमिका खेल्न सक्छ। तर अवसरसँगै चुनौती पनि उत्तिकै गम्भीर...

भोट गरौ- सहि मानिसलाइ

 भोट गरौ- सहि मानिसलाइ म यहाँ बहस गर्न आएको होइन, न त कसैलाई जिताउन, कसैलाई हराउन। तर केही प्रश्न छन्, जसले निदाएको विवेक झकझक्याउँछन्। तिमी भन्छौ आन्दोलन शान्त थियो। तर विद्यालयका नानीहरू किन अगाडि उभिए? नारा लगाउन नसक्ने हातमा झण्डा कसले थमायो? संसारभर एउटै नियम छ आगो बल्यो भने निभाइन्छ, तोडफोड भयो भने रोक लगाइन्छ। त्यो अन्याय हो कि कर्तव्य? शान्ति भन्दै सुरु भएको बाटो अचानक हिंसामा कसरी मोडियो? आफैं चिप्लियो आन्दोलन कि कसैले धकेल्यो? प्रहरी ढले, हतियार खोसिए यी कुरा किन फुसफुसमा हराए? सत्य यति तितो छ कि सुन्नै नसकिने भयो? नेताको जेल, कागज, पैसा यी प्रश्न उठाउनु अपराध हो? कि सत्ता बदलिँदा सबै पाप पखालिन्छ? भाषणले देश बन्छ भन्छौ, तर समय र परिणामको हिसाब कसले गर्छ? रंगरोगनले घाउ निको हुँदैन। आन्दोलनपछि मन्त्रीहरू किन त्यहाँ पुगे? देश बनाउन कि चुनावी कथा लेख्न? दल, नेता, छिमेकी, शक्ति सबैको चासो किन यहाँ जोडिन्छ? सीमाना बोल्दैन, व्यापारिक बाटो मौन छ, विदेशी सम्झौता हामीलाई सोधिँदैन। भारत, अमेरिका, MCC सबैको छाया किन यति गहिरो? हामी नागरिक किन सधैं मोहरा मात्र? नयाँ पुरानाहरु धेरै छ्...

देशभक्ति नारा होइन-देशभक्ति त राज्यको अन्तिम नागरिकसम्म पुग्ने सम्वेदनशीलता हो।

सेती नदीको दाहिने किनारामा अवस्थित बझाङ जिल्लाको झोता बजारबाट करिब डेढ किलोमिटर कालोपत्रे सडक उक्लिँदै माथिल्लो तटतिर लाग्दा, आँखाअगाडि अकस्मात् उभिएका पहाडहरूले राज्यको नक्साभन्दा बाहिर परेका कथाहरू सुनाउन थाल्छन्। त्यहीँबाट सुरु हुने नागबेली गोरेटो नदीको किनारैकिनार घुम्दै, घुम्दै पहाड चढ्छ। त्यो उकालो गोरेटो नछुटाइ दुई घण्टाजति मध्यम हिँडाइ गरियो भने, पहाडको मध्यभागमा लुकेको एउटा गाउँ भेटिन्छ जहाँ समय रोकिएझैँ लाग्छ, जहाँ विकासले कहिल्यै पाइला टेकेको छैन। विकास र सुविधाको कसीमा हेर्दा झोता बजार वरपरका बस्तीहरूभन्दा निकै अघि देखिन्छ। बिजुली बल्छ, पानी बग्छ, सडकले जोड्छ, विद्यालयले भविष्य देखाउँछ, पसलहरूले दैनिकी सजिलो बनाउँछन्। तर यही झोता बजारको छेउमै रहेको त्यो गाउँ राज्यको आँखाबाट ओझेल परेको आज पनि अँध्यारोमै छ। न सुरक्षित खानेपानी, न बिजुली, न सडक। शिक्षाको अवस्था कमजोर छ, सरसफाइको चेतना न्यून छ। गाउँ पुग्ने गोरेटो बाटो आफैँ धराप बनेको छ मान्छेभन्दा पहिले आशा लड्छ त्यहाँ। गाउँ रित्तिँदै छ। घरहरू मौन छन्। युवाहरू सहर पसिसके, कोही भारत त कोही खाडी मुलुकतिर। बाँकी छन् बुढाबाआमा र सा...