हल्लाभन्दा बाहिर: सहि प्रश्नको खोजी आजकल देशको कुरा धेरै सुनिन्छ। तर देश कहाँ दुखेको छ त्यो कम सोधिन्छ। सबै बोलिरहेका छन्, तर कसैले पनि आफ्नो कुरा ठ्याक्कै भन्न सकेका छैनन्। गरिबी छ भन्छन्, पिछडिएको ठाउँ छ भन्छन्, तर त्यो ठाउँमा को जान्छ? को बस्छ? को जिम्मा लिन्छ? शहरमा युवा छन्। उनीहरू चुप छैनन्, तर उनीहरूको बोली आफ्नो जस्तो पनि देखिदैन। हातमा मोबाइल छ, सूचना धेरै छ, तर बुझाइ गोलमाल जस्तो छ। बोलाइ छ, तर स्पष्ट दिशा देखिदैन। देश बनाउने कुरा गर्ने धेरैका छोराछोरी देशमा छैनन्। सायद त्यसैले देश भविष्य जस्तो होइन, अतीत जस्तो लाग्छ। नयाँ नाम आयो भन्दैमा सबै ठीक हुन्छ भन्ने होइन। न पुरानो थियो भन्दैमा सबै गलत पनि होइन। नयाँ मान्छे समयले चिनिन्छ, नाराले होइन। आजकल लाइक बढेपछि नेता भएको जस्तो लाग्छ। गाली धेरै गरेपछि सही बोलेको भ्रम छ। यहाँ बहस छैन, प्रतिशोध छ। यहाँ प्रश्न छैन, आरोप छ। इतिहास बुझ्ने फुर्सद छैन, तर दोष दिने हतार छ। तैपनि सबै सकिएको छैन। देश अझै बाँचेको छ किनकि सबैले झुटो बोलेका छैनन्। सबैले चुप बसेका छैनन्। राष्ट्रवाद ठूलो स्वर होइन, सानो इमान हो। देश बनाउने सपना भाषणमा होइ...
I am waiting for you....you are welcome to my blog.