गरिब परदेश गयो—पेटको बाध्यताले, यो कुरा बुझ्न गाह्रो छैन। तर आज प्रश्न गरिनुपर्ने कुरा के हो भने, धनी र शिक्षित पनि किन देश छोड्दैछन् ? यसको कारण पैसा होइन, भरोसाको अभाव हो। देशमा भविष्य देखिन छोडेपछि, मान्छे आफ्नै भूमिमा पराइँ बन्न थाल्छ। यही अवस्थाले नेपालमा बसाइ सराइलाई रोजाइ होइन, बाध्यता बनाएको छ। आजको सामाजिक चरित्र परिवर्तन हुनुको एउटा ठूलो कारण सामाजिक सञ्जाल हो। यसले सूचना त छर्यो, तर सोच गहिरो बनाउन सकेन। भाइरल बन्ने कुरा मूल्यवान् ठानियो, धैर्य र अध्ययनलाई कमजोर बनाइयो। युवाले परिश्रमभन्दा सजिलो सफलता खोज्न थाले, र विदेशको चम्किलो चित्रलाई जीवनको सत्य ठाने। यसले समाजमा असन्तोष, तुलना र निराशा बढाएको छ। राजनीतिप्रति जनताको विश्वास कमजोर हुनु अर्को गम्भीर समस्या हो। पटक–पटक भरोसा गरिएका नेताहरूले आशा होइन, निराशा दिए। भाषणमा परिवर्तनको सपना देखाइयो, व्यवहारमा उही पुरानो स्वार्थ दोहोरियो। व्यवस्था फेरिए, सरकार फेरिए, तर नागरिकको अवस्था उस्तै रह्यो। यही धोका र असफलताले मानिसलाई देशप्रति होइन, देशबाट टाढा बनायो। नेपालको अर्को ठूलो कमजोरी भनेको दीर्घकालीन राष्ट्रिय नीतिको अभाव हो...
I am waiting for you....you are welcome to my blog.