Skip to main content

Posts

Showing posts from January 4, 2026

पुस्तक समीक्षा: मनका कुरा

पुस्तक समीक्षा: मनका कुरा मनका कुरा : मनका अव्यक्त तरल भावना लेखक : शारदा सापकोटा विधा : कविता–सङ्ग्रह प्रकाशित मिति: २०८२ पुस प्रकाशन : शब्दार्थ प्रकाशन, काठमाडौं समकालीन नेपाली कविता वैचारिक विस्तार, प्रयोगशीलता र भावानुभूतिको गहिराइसँग अघि बढिरहेको छ। यही परिवेशमा प्रस्तुत मनका कुरा मनुष्यको अन्तर्मन, स्मृति, प्रेम, पीडा र अस्तित्वका सूक्ष्म तहहरूलाई सरल भाषामा प्रस्तुत गर्ने एउटा उल्लेखनीय कृति हो। लेखकले अनुभूतिका तरंगहरूलाई जटिलता बिना सौम्य, लयात्मक र सिधा रूपमै पाठकका आँखासामु उभ्याएकि छन्। सङ्ग्रहका अधिकांश कविता मनभित्र उठ्ने अव्यक्त भावनाका प्रतिबिम्ब हुन्। लेखकले आफ्नो बुझाइ अनुसार ,समयको गतिशीलता, बिछोड, अपूर्ण इच्छा, स्मृतिमा बाँचेका अनुहार, कर्म र धर्म, जनजीवनको राजनीति बुझाइ , देश प्रम , जिवन सन्देश ,आदि भवनाहरु समेटने प्रयस गरेको देखिन्छ । वर्षा, आँसु, बाटो, पवन, रङ्ग र शून्यताका छविहरूले कवितालाई दृश्यात्मक बनाउँछन्। कवि आफ्ना द्वन्द्व मात्र बोल्दैनन्, पाठककै अन्तर्यात्रामा प्रवेश गर्छैन । पढिरहँदा कविताले दुःख पनि दिन्छ, उपचार पनि; खोली पनि दिन्छ, थामेर राख्छ। सरल भा...

इतिहासबिनाको भविष्य हुँदैन

इतिहासबिनाको भविष्य हुँदैन। सूर्यबाट छुट्टिएर पनि पृथ्वीले आफ्नो इतिहास बिर्सेको छैन। आफ्नै जननी सूर्य को वरिपरि घुमिरहेछ। यही स्मृतिले आज पृथ्वीमा कहिले उज्यालो त कहिले अँध्यारो ल्याएको छ, र हामीले जीवनलाई निरन्तरता दिन सकेका छौँ। पृथ्वीबाट छुट्टिएको चन्द्रमाले पनि आफ्नै जननी वरिपरि घुम्दै आफ्नो अस्तित्व प्रमाणित गरिरहेको छ। यहाँ जननी भनेको केवल जन्मदाता होइन इतिहास हो, जरा हो, पहिचान हो। यसबाट एउटा सत्य स्पष्ट हुन्छ इतिहास बिर्सने चिज धेरै समय टिक्दैन। अब यही सत्यलाई नेपालको वर्तमान परिस्थितिसँग जोडेर हेरौँ। आज म जुन माटोमा जन्मिएर उभिएको छु, र गर्वका साथ “म नेपाली हुँ” भन्छु, के यो केवल जन्मको संयोग हो? होइन। यो हजारौँ बलिदान, संघर्ष, त्याग र दूरदर्शिताको परिणाम हो। आफूलाई नेपाली भन्न पाउँदा गर्व लाग्नुको कारण यही इतिहास हो जो रगत, पसिना र साहसले लेखिएको छ। यदि पृथ्वीनारायण शाह जन्मिएका नै नहुने भए, यदि बहादुर शाह, भीमसेन थापा, भक्त थापा र असंख्य ज्ञात–अज्ञात सहिदहरूले यो माटोलाई आफ्नो प्राणभन्दा प्यारो नठानेका भए, आज नेपाल रहन्थ्यो त? सायद रहँदैनथ्यो।नेपाल नभएपछि “नेपाली” भन्ने पहि...